१४४ औ जन्म जयन्ती बिषेसमानवताबादी राजा जयपृथ्वीवहादुर सिंह र बझाङको सामाजिक यात्रा

शैलेन्द्र रोकाया

नवताबादी आन्दोलनका प्रतिपादक राजा जयपथ्बी बहादुर सिहं समाजमा मेरो जात मानव हो , मेरो धर्म मानवतावाद हो, मेरो सिद्धान्त पनि मानवतावाद हो मेरो अन्य कुनै जात र धर्म छैन भन्दै विश्व भ्रमण गर्ने प्रथम एशियाली व्यक्ति हुन् । सर्वे भवन्तु सुखिना ः सर्वे सन्तु निरामया ः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्जन ः ।। सबै मानवजाति सुखि होउन, सबै निरोगी होउन सबैले राम्रै – राम्रो मात्र देख्न पाउन कुनै पनि मान्छे दुःखी रोगी नहोउन भन्ने भनाईका साथ आफ्नो सिद्धान्त तथा विचार नेपाल मा मात्र होईन बिश्वका बिभिन्न मुलुकमा छरेका थिए । सुदुरको बिकट बझाङमा जन्मनु भएका मानवतावादका जन्मदाता – जयपृथ्वी बहादुर सिंह एक कुसल ब्यक्तिव पनि हुन् ।

 

बुवा विक्रम बहादुर सिंह र आमा रुद्र कुमारी सिंहका कोख बाट वि.सं. १९३४ साल भाद्र ७ गते मंगलबार का दिनमा जन्म भएका हालको सदरमुकाम चैनपुर अथवा उहाँको पूखौली ठाँउ तर छविस राज्यको रजन्तोला दरबार (हाल छबिसपाथीभेरा गाँउपालिका वडा नंं.२ मुम्ला गाउँको सिरानिमा) जयपृथ्वी बहादुर सिंहको जन्म भएको हो भन्नेमा बिबाद छ ।
राणा परिवार संग नजिकको सम्बन्ध भएका कारण यिनको अक्षर सुभारम्भ दरवार बाट शुरु हुदै प्राथमिक शिक्षा राणाका बालबच्चा मात्र पढ्रन पाउने थापाथली दरवार पाठशाला बाट शुरु भयो । माध्यमिक शिक्षा दरबार हाईस्कुल बाट पुरा भएको हो वि. स. १९५१ सालमा भारतको कलकत्ता विश्व विद्यालय बाट म्याट्रिक पास गर्नुभयो । तिव्र वुघ्दिका कारण जयपृथ्वी बहादुर सिंह प्रतिभावान व्यक्तित्वका नामले चिनादै जानुभयो । वि .स १९५२ मा भारतको इलाहावाद कलेजवाट आई ए. पास गरे भने वि . स . १९६२ मा कलकत्ता विश्व विद्यालय वाट कानुन विषयमा स्नातक तह पास गर्नुभयो ।

यो पनि पढ्नुहोस

राजा जयपृथ्वी बहादुर सिंह आफ्नी चारवटा आमा मध्ये गर्भाधारणका दृष्टिकोणले भाई देविजंग बहादुर सिंह भन्दा कान्छा हुनु पर्नेमा आठ महिनामै जन्मेर बिक्रम बहादुर सिंहका जेठी रानी पट्टीका जेठा छोरा हुन् । बझाङ जस्तो दुर्गम राज्यमा जयपृथ्बी जन्म भएता पनि जंग बहादुरको छोरी पट्टीका नाती भएका कारण राणाहरुको ऐश, आरामको जिवनशैली र राज्यसत्ताका लागी गर्ने खरापती र लडाईको बारे राम्ररी बुझेका थिए उहाँले । वि.सं. १९४७ मा जयपृथ्वी बहादुर सिंह काठमाण्डौमा अध्ययन गरिरहेकै बेला राजा बिक्रम बहादुर सिंहले कान्छि रानी पार्वति भित्राईए पछि दरबारमा जयपृथ्वी बहादुर सिंहका आमाबुवाले पार्वतिलाई भित्र्यानी (कमसल जातकी) भनेर भान्छा चलायनन् सोही भात भान्छा नचलाएका कारण राणा शासक वर्गहरुले बिक्रम बहादुर सिंहको राज्य खोसेर लगत्तै यूवराज जयपृथ्वी बहादुर सिंहलाई राजा घाषित गरेका थिए । आफ्ना बुवा हुदै आफुलाई राजा बनाएको प्रति आफु सन्तुष्ट समेत थिएनन् । बुवाको राज्य खोसेर आफुलाई राजा बनाए पछि जयपृथ्वी बहादुर सिंह एक तिर वुबाको बिस्वास समेत गुमेको सोचेका थिए भने राणा संग बैचारिक दृष्टिकोणले समेत टाढीन थालेका थिए । जस्का कारण राणाहरुका ज्वाई भान्जाहरु आफ्नो नाम संग जंग जोडेर राणा परिवारका नातेदार हुँ भन्न मन पराउँथे जस्तो देवी जंग ,राम जंग, तर जयपृथ्वी ब. सिंहले त्यो स्वीकार गर्नुभएन । जंग बहादुर राणाका छोरी पट्टीका नाति भएपनि उहाँको प्रतिभा लाई देखेर राणाहरुले उनलाई आफ्नो लाइनमा उभ्याउन चन्द्र शमशेर राणाकी छोरी खगेस्वरी राणा संग वि.सं. १९५१ सालमा वैवाहिक सम्बन्ध जोडी दाम्पत्य जीवनको शुरुवाती गर्नुभयो । विवाह भएको दुई वर्ष वि.स. १९५३ मा एउटा छोरीको जन्माएका जयपृथ्वी बहादुर सिंह हिै दाम्पत्यले जन्मेको ६ महिना मै छोरीको मृत्यु भए पछि फेरी केटाकेटीको बुवा हुन बाट बन्चित भएका थिए ।

राजा जयपृथ्बी काठमाण्डौ मै अध्यायन गर्दै गर्दा उहँका बुवाको राज गद्घी खोसेर राणहरुले आफ्ना भान्जा जयपृथ्बी बहादुर सिंह लाई बि.स. १९४७ मा बझाङ राज्यको राजा घोषित भए संगै वहाँको बझाङको बसाई एकदमै छोटो रहेको बिभिन्न अध्यायनले देखाउन्छ । वहाँ प्राय राजा भई सके पछि पढाईको सिलशिलामा लामो समय सम्म काठमाण्डौ तथा भारतमा रहेका देखिन्छन् तर बझाङ राज्यमा बसेर शासन चलाउदा उहाँले गर्नु भएका कार्यहरु अझै पनि बझाङी जनताका अगाडी अहिल्य सम्म समेत लोकप्रिय र जनप्रिय छन् ।

जयपृथ्बी र गोर्खापत्र प्रकाशन
जयपृथ्बी आाफैमा स्वतन्त्र हुन चाहन्थे र प्रजाहरु समेत स्वतन्त्र हुनु पर्दछ भन्ने मान्यता राख्ने गर्दथे । यही कारणले राणाशासक तथा आफ्ना मावली तथा ससुरा चन्द्र समशेर संग कुरा नमिल्दा आपसमा खटपट देखाप¥यो । त्यस पछि वि.सं. १९५७ मा गोर्खापत्र स्थापनाका लागि आवश्यक सामाग्री संकलन गर्नु भयो । वि.सं. १९५८ सालमा गोरखापत्र प्रकाशनमा ल्याउनु भयो । गोरखापत्रको सिरानमा लिखित ‘सर्बे भवन्तु सुखिनाः सर्बे सन्तु निरामयाः सर्बे भद्राणि पश्यन्तुमा कश्चिद दुःख भाग्जनः ।। भन्ने मानवतावादी उद्धगार लेख्ने चलन पनि बसाले समेत वहाँले बसालेको वहाँका धेरै पुस्तकहरु बाट देखिन्छ । जनता लाई स्वतन्त्र हुन दिनु पर्दछ र नागरिक अधिकारका लागी सञ्चारको भुमिकामा समेत उहाँ दखल हुनुहुन्थो । आफै गोरखापत्र संस्थानका संचालक र प्रधान सम्पादक भएका नाताले वि.सं १९५८ देखि वि.सं. १९७३ सम्म उहाँले गोरखापत्रमा लेख, रचना, कथा ,कविता, नाटक, जानकारी सुचना प्रकाशन गरी जनसमक्ष पु¥याउने काम गरे यस समयलाई गोरखापत्र तथा पत्रकारिता जगतको स्वर्णिम युग भनिन्छ ।
वि.सं. १९५९ मा भारतको कलकत्तामा नेपालका तर्फबाट काउन्सलरमा समेत नियुक्त भएका उहाँ वि.सं. १९६२ मा शैक्षिक विकासका लागि नक्साल को नाग पोखरी देखि उत्तरपूर्वमा रहेको ८३ रोपनी आफ्नै घर जग्गामा आफै प्र.अ. नियुक्त भई सत्यवादी पाठशाला खोल्नु भयो । सोही जग्गामा गोरखापत्रको प्रकाशन गरेको रफाज नेपालको जयपृथ्बी जिवन यात्रा पुस्तकमा उल्लेख छ । सोही समयमा जयपृथ्वी बहादुर सिंहले निजामति सेवामा प्रवेश गर्दा पारिक्षा लिने व्यवस्था मिलाए जसलाई “जयपृथ्वी पास” भनिन्थ्यो । यो नै लोकसेवा आयोगको पहिलो अवधारण हो । गोरखापत्रको प्रकाशक र सम्पादक भएकै हैसियतले वि.सं. १९६५ सालमा बेलायत जाँदा उहाँको काम तथा प्रतिभा संग प्रभावित भई बेलायतका सप्तम् सम्राट एडवर्डले मानार्थ “कर्णेल” को उपाधिले सम्मान गरेका थिए ।
वि.सं. १९७२ मा अष्ट्रियाका राजकुमार आर्कड्यक फर्डिन्यन्डको हत्याको निहुबाट शुरु भएको पहिलो विश्व युद्धमा ८५ लाख मानिसको ज्यान गएको घटनाले राजा जयपृथ्वी बहादुर सिंह लाई पिरोल्यो जसका कारण आफुले सम्हालेको राज्यको सम्पूर्णकाम बुबालाई सुम्पि भारतको देहेरादुन –नैनिताल) भन्ने ठाँउमा बसे । लगभग ६ वर्षको बसाईमा “मानवतावाद” पुस्तक लेखे जुन किताब नेपालको दर्शन सहितको सबभन्दा पहिलो पुस्तक हो ।
बझाङमा गरेका सामाजिक कार्यहरु
उद्योग तथा ब्यापार
राजा सानै उमेर देखि नेपालको शैक्षिक , समाजिक , आर्थिक अवस्थाबारे चिन्तित समेत थिए । बझाङ्गी राजाले वि.सं. १९५५ सालमा आफ्नो बझाङ राज्यमा जातका आधारमा कस्ले के काम गरी रहेको छ त्यसको विकासका लागि तालिम दिलाउन केहि व्यक्तिलाई काठमाण्डौ समेत पुरयाएका थिए । तत्कालिन अबस्थामा वहाँले बझाङ राज्यको पिछडिएको समुदायका ब्यक्तीहरु सिलाई कटाईको तालिम लिनका लागी रबिदास दमाई , फलाम सम्बन्धी कार्य गर्नका लागी रनि ल्वार ,जुत्ता तथा छाला सम्बन्धी काम गर्नका लागी कालु सार्की समेत अन्य पाँचजना गरि आठजना थिय र अन्य सिपमा हातेकागज उद्योग, निगालाको काम, तामा तथा ढलौट प्रसोधन व्यवस्थाका लागि तालिम दिलाउनु भयो । उहाँले आफ्नो राज्यलाई आर्थिक हैसियत बाट माथी उठाउनका लागी जिल्लाका बिभिन्न ठाँउहरुमा खाजीजन्य उध्योग समेत सन्चालनामा ल्याएका थिए । बझाङ्गको व्यासीको तामा खानी, कडेलको धाउ –फलाम) खानीको प्रसोधन, धमेनाको फलामखानी , बुङ्गलको फलाम समेत प्रसोधन गरी सामान बनाउन लगायका हुन् । त्यसबेलाका बुङ्ली भदाला र धमेनाको फलाम खानीका अवशेष आजसम्म पाइन्छन् । आफ्नो राज्यमा उद्योग धन्दा खोल्न साथै तालिम दिलाए पछि बझाङ ल्याएर त्यस सम्बन्धी कार्य गर्नका लागी उत्पेरणा समेत जगाउनु भएको थियो । समेत हालको सुर्मा गाँउपालिको को लेकमा सुनखानी छ त्यहाँको सुन प्रसोधन गर्न थकुन्नाडा गाँउ भन्दा माथी वाणा (सुन प्रसोधन गर्ने मान्छे) ल्याई कामगर्न खोज्दा त्यतिबेला सुर्मा देवी ले नमान्दा वाणाले काम गर्ने सबै जमिन समेत भासियर खाल्डो परेको इतिहास छ जमिन भासियर खाल्डो हुनुलाई बझाङ्गी भाषामा भाउतो भन्ने चलन छ । त्यस कारण भाउतो परेको ठाँउलाई भौतोली भनिन्छ ।
नागरिक अधिकार तथा सामाजिक न्यायवि.सं. १९५६ सालमा बझाङ्गी जनतालाई स्वतन्त्र रुपमा बाच्न पाउने अधिकारको समेत सुनिश्चित गर्न कानुनी अधिकार दिलाउन न्यायालय खडा गर्नुभयो । जो बझाङ्गको न्यायालय सम्बन्धी काम गर्ने एक बैधानिक संयन्त्र हो । जस्को प्रमाण गाँउमा आफुलाई कसैले अन्याय ग¥या त्यस्का विरुद्धमा न्यायालयमा जानु भनि आफ्नो राज्यको प्रत्येक गाँउमा ओखेडाहरु बाट ठुलो स्वरले कराउने चलन बसालेको व्यवस्थाबाट स्पष्ट हुन्छ । साथै एक लिपीबद्ध सुचना समेत गाँउगाँउमा टास्न लगाउनुभएको थियो । रफाज नेपालले प्रकाशन गरेको किताबका अनुसार जसको अशं यस प्रकार छ ।
स्वतिश्री बझाङ तहबिलकस्य पडेस नौबिस दरा गाँउका मुषिया भलाआदमी रयेतगैरके पुर्जी उप्रान्त अब उपान्त अमालले अन्याये गर्या अदालत सकार गर्नु ,अदालतले अन्याय गर्या अपिल तहबिलमा दिन आउनु , तहबिलले गर्याका निसापले पनि चित्त नबुझ्याहरुका लागी नेपाल लेखि पठाउनु नेपाल जाहेरी गरि पठाया पछि हामी पनि जानु पर्लाकी ,कारिन्दाका नाउमा कराया पछि हाम्रो पनि पत्ता लाग्दैन की भन्या डर दुनियाँले कत्ति लिनु पर्दैन निसाप पाँउन्या छौ भन्या बेहोराको देख्न्या थाहा पाउन्या हक्तिहार टासी दिनु भन्या यस तहबिलका हाकिम खर्दार जयेनारायण जोशीका नाउका नाउमा १९५६ साल मार्ग बदी १० रोजमा श्री राजा जयपृथ्बीबहादुर सिंह बाट सनद गरिपठाई बक्स्याको हुनाले सो बमोजिम ईक्तिहार को पुर्जी टासि दियाको छ । आज उप्रन्त अमानले अन्याये गर्या अदालतले निसाप दिन्या छन् अदालतले अन्याय गर्या तहबिलमा कराउन आउनु र तहबिलबाट निसाप पाउन्या छौ । तहबिलले पनि अ‍ैन छोडी अन्याये गरयो भन्या, अन्याये गर्याको पक्का प्रमाराा जुटाईनेपालराजा श्री जयपृथ्बी सिंहबाट निसाप दिबक्सीन्या छ हाकीम कारिन्दाका नाउमा कराया भन्या हाम्रो पत्ता लाग्दैन भन्या डर तीमी दुनीया रयेतीहरुले कत्ति मान्नु पर्दैन भन्या ईक्तिहार पुर्जी टासी दियाको छ सो बमोजीम गर्ने काम गर ईति संम्बत १९५६ माघ बदी १० रोज ६ शुभम्………….
बि.सं १९६७ बझाङ बस्दाको अबधीमा राजा जयपृथ्बी बहादुर सिंहले क्रान्तिकारी भुमिसुधार ब्याबस्था समेत लागु गरि बझाङ्गी राजराजौटाको नाममा रहेको जग्गा लाई मोहयानी हक दिलाई सर्ब साधारण जनताका नाममा दर्ता गराई दिनुभयो । त्यसका साथ साथै खेत तथा जग्गा कसैले पनि बाँझो राख्न नपाउने गरि उर्दि जारी गर्नु भएको थियो । साथै गाँउका साँहु महार्जनकको जम्मा गरेको पैसा लाई सर्ब साधारणलाई समेत बितरण गर्नुभयो ।
भौतिक पूर्वाधार
बि.स १९६७ र ६८ सालमा बझाङ्ग बाट डोटी सम्मको घोरेटो बाटो कटाउनुभयो । भारतको टनकपुर सम्म जानका लागि डासा, फलिण्डे, तवापड, स्वर्गाद्वरी जस्ता कडा चट्टानकाटी बाटो बनाउन लगाएर जनताका माझमा लोकप्रिय राजाका रुपमा सबैको मन मनमा बस्न सफल हुनुभयो । साथै चिनको को ताक्लाकोट हुदै मानासरोबर जाने बाटो र बिच बिचमा धर्मशाला समेत निर्माण गर्नुभयो ।
शिक्षा
बझाङ राज्यमा तथा सुदुर तथा पश्चिमको शिक्षाका ताराका रुपमा समेत राजा जयपृथ्बी लाई लिईन्छ । बि.स. १९६८ सालमा काठमाण्डौको नक्सालमा रहेको सत्यबादी पाठ शाला लाई बझाङको मेल्लेकमा ल्याएर स्थापना गरेपछि पश्चिम क्षेत्रको शिक्षाको बिकासको काल खण्ड यही बाट सुरु भएको हो । बझाङमा सबै नगरिकका बालबालिकालाई शिक्षा बालबालिकाका अभिभाबकहरु लाई प्रत्येक हप्ताको मंगलबार भोज खुवाउने गर्दथे । सत्यबादी पाठशाला नजिकै हाते कागज उद्योग समेत थियो । दिउसो तिर बालबालिकाहरु लाई हाते कागज उद्योगका लागी आबस्यक कच्चा पदार्थ बनाउन लगाउन्थे र त्यही बाट उत्पादित कागज र कटुसका पातको मसी बनाई निगालेको कलमले लेख्ने बानीको बिकास गर्ने संस्कारको बिकास गर्नुभयो । कुनै एक बिध्यार्थी गयल भएमा सेही बिध्यार्थीको घरमा गएर बोलाउने चलन पनि थियो । आफु बेंलोरमा बस्दा पनि सत्यबादी पाठशालाका हेड मास्टर रामदत्त अबस्थीलाई प्रगती प्रतिबेदन र कार्ययोजना मागी रहन्थे र केही मार्ग दर्षन पनि दिई रहन्थे । रपाmज नेपालले प्रकाशन गरेको पुस्तकको जयपृथ्बी बहादुर सिहले दिएको मार्ग दर्षन केही अशंबझाङ राज्यका प्रत्येक (दरा ) क्षेत्र बाट चार चार जना बिध्यार्थी ल्याउने र पढाउने , गरिब बिध्यार्थीलाई एक कम्बल र (सिधा) खाना दिने । बिध्याथीहरु लाई नेपाली र हिसावमा बढी जोड दिने तर हिन्दी भाषमा बातचित गर्न दिने् ताकि भारत तिर रोजगारी तथा कुल्ली काममा जादा चिठ्ठी लेख्न न सकुन आफ्नो आय आर्जन बाट नठगिन । बिध्यार्थी लाई सत्यबादी बनाउने । ह्यूमानिस्ट पत्रिका पढाएर सो सम्बन्ी ब्याबहार गर्न लगाउने । दुनियाँका छोराहरु लाई निशुल्क अग्रेजी पढाउने राजाका भाईभारादारका छोराहरु लाई समेत निशुल्क अग्रेजी सि काउने । लगायतका मार्ग निर्देशन हरु दिने गर्दर्थे ।
यीनले शिक्षा क्षेत्रको विकासका …………..लागि वि.सं. १९५८ “अक्षेरांक शिक्षा” नामक पुस्तक लेखी पाठशालामा पढाउने व्यवस्था गरे । जुन नेपालको प्रथम पुस्तक पनि हो । जसमा क का …….कि की अंक ……..पहाड….सवाय………पौने…….समय, नाप तौल महिना, बार, राशि, नक्षेत्र, ऋतु सम्मका सबै विषयवस्तु थिए । त्यस पछि बालबोध ज्ञानमाला, श्रेष्ता दर्पण, पदार्थ तत्व भूगोल विद्या, प्राकृत, व्याकरण शिक्षा दर्पण, तत्व प्रसंसा, व्यवहारमाला जस्ता थुप्रै किताबहरु लेखे ।
स्वास्थ्य
बि.स. १९६६ सबै नागरिक स्वस्थ्य हुन सबै नागरिक निरोगी हुन भन्ने मान्यताका साथ बंगलादेश बाट काले डाक्टर ल्यायर खग् आयुर्वेद औषधालयको बझाङमा स्थापना गरी शारीरिक चिरफार तथा औसधी मुलो गर्ने ब्यबस्था समेत मिलाए । त्यसै गरि हालको छबिसपाथीभेरा गाँउपालिका २ मेल्लेकमा हावाबाट चल्ने घट्टको व्यवस्था गर्नुभयो । साथै मेल्लेकमा इटा भट्टीको निमार्ण गरी “श्री जय” लिखित इटा बनाए त्यसका अबशेष सहित मेल्लेकमा जताततै भेटाउन सकिन्छ । साथै हुलाक, अदालत कारागार, मालकार्यालय स्थापना समेत मेल्लेकमा गर्न लगाउनु भयो । नक्साल दरबार छोडेर बझाङ्ग सर्नु ले राणा प्रशासनको मन दुख्यो र शंका उब्जायो तब बझाङ्गी राजालाई आफ्नै निगरानीमा राखिराख्ने उद्देश्यले वि.सं. १९६४ मा उनलाई भारादारी अड्डाको प्रमुख अर्थात प्रधानन्यधीस पदमा नियुक्ति गरी काठमाण्डौ बोलाइए ।
(लेखक बझाङमा पत्रकारिता गर्नु ह्न्छ)

You might also like