रक्त सञ्चार केन्द्र स्थापना पछि बिरामीलाई राहत

बझाङ, भदौ ८ गते । गम्भिर खालका बिरामीहरुका लागी रगतको अभाव भई रहने बझाङ जिल्लामा पहिलो पटक जिल्ला अस्पातालले रक्त सञ्चार केन्द्र स्थापना गरि सेवा सुरु गरे पछि बिरामीलाई राहत मिलेको छ । जिल्ला अस्पतालमा गएको बुधबार एक औपचारिक कार्यक्रम गरि रक्त सञ्चार केन्द्र सेवा सुचारु गरि सेवा प्रवाह गरेपछि गम्भिर खालका बिरामीलाई निकै राहत मिलेको हो ।
बिगतका बर्षहरुमा जिल्लामा एउटा ब्लड बैकंको आबस्यकता महसुुस गरिएको भएपनि तर रकम अभावले यो सेवा सुचारु गर्न सकिएको थिएन् । गत बर्षको जिल्ला सभाले निर्णय गरेर जिल्लामा एक ब्लड बैंकको स्थापना गर्ने भने अनुसार स्थानीय पुर्वाधार बिकास कार्यक्रमबाट ५० लाख रकम बिनियोजन गरे पछि रक्त सञ्चार केन्द्रको स्थापना गर्न सकिएको जिल्ला अस्पतालका प्रमुख डा.सन्दिप ओखेडाले बताउनुभयो । यस सेवाका लागी आबस्यक सबै उपकरणहरु जडान भएर बुधबारबाट रक्तदान गर्नेहरुबाट रगत संकलन गर्ने कार्यको समेत सुरुवात गरिएको छ । जिल्लामा रगत अभावका कारणले सुत्केरी महिलाहरुलाई बढी समस्या हुने बताउदै डा.ओखेडाले भन्नुभयो, अबका दिनमा रगत अभाबका कारण कसैको पनि अकालमा मृत्यु हुने छैन् । उहाँले रगतदान जिवन दान भएकाले सबैले ब्लड बैंकमा आएर रगत दान गरि दिन हुन समेत आग्रह गर्नुभयो ।
पछिल्लो समयमा जिल्ला अस्पाताल बझाङको ब्यवस्थापकिय पक्षका साथै अस्पाताल प्रसासनको सकृयता र पहलले अस्पतालको सेवा प्रवाह सुधार भईरहेको छ भने अस्पतालमा उपचारका बिभिन्न उपकरणहरु समेत जडान भएका छन् । आउदो दिनमा थोरै बेडको भए पनि भेन्टिलेर सहितको आईसियु सेवा सुचार गर्नु पर्नेमा हामी सबैले जोड दिनुपर्ने कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य भैरबबहादुर सिंहले बताउनुभयो । २५ सैयाको जिल्ला अस्पाताल बझाङमा भौतिक पुर्वाधारको अभाव भए पनि हाल ७ जना डाक्टरहरु रहेका छन् ।

 

यो पनि पढ्नुहोस
You might also like