बझाङमा ८ जना सहित सुदूरपश्चिममा ५० जनामा कोरोना पुष्टि

बझाङ, मंगलवार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले अछामका १७, कैलालीका १५, कञ्चनपुर ८ र बझाङमा ८ जना र डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बझाङको छव्वीसपाथिभेराका ६ र दुर्गाथलीका दुई जना, अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका सात, बर्दगोरी र जानकी गाउँपालिकाका ४र४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको भूषालले बताउनुभयो । डडेल्धुराको अमरगढी नगरपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस
You might also like