दुई अध्यक्षबीच दुई घण्टा बालुवाटारमा छलफल, सचिवालय बैठक शनिबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी शनिबार गते बस्ने भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भएको छलफलमा यही भदौ १३  बिहान ११ बजे बैठक बस्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यो पनि पढ्नुहोस

उनका अनुसार बैठकको कार्यसूची पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदन हुने छ ।   थापाका अनुसार मंगलबार दुई अध्यक्षबीच दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।

गत साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ ।

You might also like