बझाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

बझाङ। जिल्लामा थप एक जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ । बिहिबार डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा संक्रमण पुष्टि हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ की एक २१ वर्षीय युवती रहेकी जिल्ला अस्पातालले जनाएको छ ।
योसँगै बझाङमा कोरोना संक्रमितको संख्या २ सय ९४ पुगेको छ । यसैबीच एक जनाको कोरोना संक्रमणका कारण र एक जना पोजेटिभ रिर्पोट आएको भन्दै आत्महत्या गरेका छन् ।
यस्तै २ सय ७७ जना भने कोरोना जितेर घर फर्किसकेका छन् भने १७ जना एक्टिभ कोरोना संक्रमित जिल्लाका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा रहेका छन् ।

यसैबीच आज सुदूरपश्चिमका ३६ जनामा कारोना पुिष्ट भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज ३६ जनामा संक्रमण पुष्टी भएको हो । तीन वटै प्रयोगशालामा पछल्लिो २४ घण्टामा नौँ सय २१ जनाको कोरोना परीक्षण भएकोमा बैतडीका १७, कैलालीका १२, डोटीका ६ र बझाङका एक जनामा संक्रमण पुष्टी भएको छ ।

यो पनि पढ्नुहोस

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ९४ पुगेको छ । संक्रमण पुष्टि भएका चार हजार सात सय बढिले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भईसकेको छ ।

You might also like