यार्साले बदल्यो दलितको जनजिवन, खरले छाएको छानो पक्की

बझाङ। खरले छाएका स–सना घरहरु । अस्त ब्यस्त बसाई बसाई । जताजतै फोहोरै फोहोर आज कुरा आज भन्दा दश बर्ष अगाडी हो । सुर्मा गाउँपालिका ३ गैरीगाउँमा बसोबास गर्दै आएका दलित समुदायको जिबनशैली परिबर्तन भएको घेरै भएको छैन् । आजभोली झट्टै हेर्दा यो गाउँ हुने खाने गैर दलितहरुको बस्ती जस्तै लाग्ने मात्र होईन दुर्गम गाउँको सुगम बजार जस्तै पनि लाग्छ ।
यो गाउँमा बस्ने झण्डै पाँच सय परिबारहरु सवै दलित समुदायकै छन् । प्राय सबै घरहरु सिमेन्ट लगाएका पक्की छन् । केही बर्ष पहिला खरले छाएका घर भएपनि पछिल्लो समयमा भने सामान्य परिवारका घरहरु पनि पक्की सिमेन्टले निर्माण गरिएका एक देखी तिन तला सम्मका छन् । ‘एक दशक अघि मात्रै यो सुर्मा गाउँपालिका ३ गैरिगाउँमा प्राय सबै दलितका घरहरु खरले छाएका एक तलेमा थिए सुर्मा १ स्थानीय कलक बोहराले भन्नुभयो, आज भोली त कसले पत्याउछ र ?’
अहिले भने यो क्षेत्रका मानिसहरुको गाउँ नजिकै रहेको हिमालको आसपासमा यार्सा गुम्बा टिप्ने र सोहीबाट आम्दानी बढाए पछि दलित समुदायको जिबनस्तरमा सुधार आएको छ । पालिकाको सबै भन्दा बाक्लो दलित बस्ती रहेको गैरीगाउँका दलित समुदायले पनि यार्सा संकलन र अन्य जडिबुटीको बिक्रि गरेर आम्दानी गरेको रकमले पुराना खरले छाएका घरहरु हटाएर पक्की घरहरु निर्माण गर्ने काम दिन प्रतिदिन बढ्दो छ । दलित समुदायको घर आगन र अन्य घरायसी ब्यवस्थापनमा पनि सुधार भएको छ । कार्यपालिकाका सदस्य तथा गैरी गाउँका स्थानीय कलक बिकले भन्नुभयो, ‘अहिले पनि खानलाई त प्राय सबै दलित परिबारलाई समस्या नै हुन्छ , तर घरको बनावट भने फेरिएको हुँदा गाउँको सुन्दरता बढेको छ । अधिकांस स्थानीयले यार्सा संकलन गरेर दिने भन्दै ठेकदारहरुबाट पैसा सापटी मागेर घर निर्माण गरेको हुन् ।’ पछिल्लो समयमा मुक्त हलिया पुर्नर स्थापना कार्यक्रमबाट पनि यहाँका दलित समुदायले घर बनाउनका लागीका रकम पाएको हुँदा यो रकमले पनि सहयोग गरेको उहाँको भनाई छ ।
यसरी पक्की घर र जिवन शैलीमा परिवर्तन भएपछि समाजमा दलितहरुलाई हेर्ने दृष्टिकोण समेत पहिलेको तुलनामा परिवर्तन समेत यहाँका दलित अगुवाहरुको भनाई छ । यार्सा संकलन हुन अघि यहाँका ९० प्रतिशत स्थानीयहरु भारत गएर रोजगारी गर्ने गरेका भएपनि अहिले भने १० प्रतिशत मात्रै भारतमा रोजगारी गर्न जाने गरेका छन् भने बाँकी यही यार्सा लगायत अन्य जडिबुटी संकलन गरि आफ्नो जिबिकोपार्जन गर्दै आएका छन् ।

आफ्नो खेतीयोग्य जमिन खासै कम भएका यहाँका दलित समुदाय अहिले पनि हलिया , खलिया प्रथाबाट खाने गुजरा गर्दै आएका छन् । यस वडामा दलित समुदायको बाहुल्यता बढी हुँदा वडा अध्यक्ष समेत दलित समुदायकै रहेका छन् । पाँच सय घरधुरी रहेको यस गाउँमा पाँच सात परिबारको खरले छाएको घरहरु देखिन्छन् । भौगोलिक रुपमा बिकट र दुर्गम, खाद्यान्न अभाब हुने सुर्मा गाउँपालिकामा गैर दलितहरुमा पनि घर पक्की बनाउने प्रतिस्पर्धा हुँदा यस क्षेत्रमा प्राय सबै घरहरु सिमेन्टेड र पक्की घरहरु रहेका छन् ।

यो पनि पढ्नुहोस

सुर्मा गाँउपालिका क्षेत्रमा यस अगाडी पिछडिएको क्षेत्र भएको बताउदै गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले भन्नुभयो, बिगत दश , बाह्र बर्ष यता यार्साको कारोवार साथै अन्य जडिबुटीको कारोबार हुन थाले पछि मान्छेहरुको जिवन शैलीमा पनि सुधार आएको हो । उहाँले अहिले घर भित्र सौचालय तथा नुहाउने छुट्टै कोठा छन् । सबैका घर घरमा पानीका धाराहरु , बिद्युतले गाउँ झिलीमली हुनुका साथै सबै टोल बस्तीहरुमा सडक बाटो भएकाले अब केही गरि खाने मान्छेका लागी धरै अबसर भएको समेत बताउनुभयो । ग्रामिण भेगका मान्छेहरुको पनि कतै न कतैबाट आर्थिक अवस्थामा सुधार भएपछि जिल्ला भरिमा देखिने परम्परागत पुराना खरले , स्लेटले छाएका घरहरु भत्काएर अहिले सुबिधा सम्पन्न आधुनिक पक्की घरहरु बनाउने प्रचलनै बढ्दो छ ।

You might also like