५ बर्ष देखि अलपत्र बझाङको ईमिल्दारको झोलुङगे पुलको काम सुरु

बझाङ। पाँच बर्ष देखी अलपत्र अवस्थामा रहेको बझाङ जिल्लाकै विकट साईपाल गाँउपालिकाको ईमिल्दारको झोलुङ्गे पुलको काम सुचारु भएको छ । एक हप्ता अघि मात्रै हेलिकप्टर मार्फत झोलुङगे पुलको सामान ढुवानी भएपछि पुल को काम अघि बढेको हो । जिल्लाको दुर्गम साइपाल गाउ“पालिकाको वडा नं ४ मा इङलद्धार पुल ठेक्का सम्झौता भएको पा“च वर्ष पछि सुरु हुन लागेको हो । समयमै पुल निमार्ण हुन नसक्दा खोला तर्ने क्रममा पछिल्लो पा“च वर्षको समयमा ७ जनाले ज्यान गुमाइसकेका छन । पुल नबन्दा गत बर्ष सा“घुबाट नदी तर्ने क्रममा सा“घु भाचिएर २ जना यार्सा संकलकको ज्यान गएको थियो भने २०७५ सालमा एकै घरका तीन जना किशोरको ज्यान गएको थियो । त्यो भन्दा अघि पनी जयपृथ्वी नगरपालिका वडा नम्बर १ का तिन जना समेत बेपत्ता भएका स्थानीय बासिन्दाले बताएका छन् । २०७३ साल मंसिरमा स्थानिय विकास मन्त्रालय अन्र्तगतको डोलिडार परियोजनाले पुल निर्माणको लागि टेन्डर आव्हान गरेको थियो । १ सय २० मिटर लम्बाई भएको उक्त पुल १ करोड ७८ लाख २८ हजारको लागतमा निर्माण गर्ने गरि हरीहरी निमार्ण सेवाले ठेक्का पाएकोे थियो । पाँच बर्ष संग निमार्णको जिम्मा पाएको कम्पनिले विभिन्न बाहाना दिदै काम सुरु गरेको थिएन । अहिले हेलिकप्टर मार्फत निर्माण सामाग्री ढुवानी गरेर पुल निर्माणको काम सुरु गरिएको हो ।
पुलको सामान मान्छे र खच्चर मार्फत ढुवानी गर्न सम्भव नभएकाले हेलिकप्टर मार्फत सामान ढुवानी गरिएको ठेकेदार कम्पनि हरीहरी निर्माण सेवाका प्रमुख प्रकाश जंङ शाहले बताए । यो क्षेत्रमा झोलुङगे पुल निर्माणका लागि चाहिने सामग्री ढुवानी गर्न निकै चुनौती समेत रहेको उहाँको भनाई छ । झोलुङगे पुल निर्माणको लागि आवश्यक पर्ने लठ्ठा, डेग, सरिया, सिमेन्ट लगायत सम्पुर्ण सामानहरु हेलिकप्टर मार्फत निर्माण स्थल पुगाई सकेका छौँ । अबको दुई महिना भित्र पुल निमार्ण भईसक्छ । असोज १५ गते सम्म हस्तान्तरण गर्ने गरि निमार्णमा जुटेका छौँ । पुल निर्माण स्थल अत्यन्तै विकट ठाउ“मा भएको र सामाग्री ढुवानीमा कठिनाई भएकाले निर्माण कार्य ढिला भएको उनको भनाई छ ।
पुल निर्माण हुन लागेको ठाँउ साइपाल गाउ“पालिकाको धुली गाउ“बाट झण्डै २० किलोमिटर उत्तर तिर पर्छ । यही बाटो भएर बर्षेनि हजारौंको संख्या यार्सा तथा जडिबुटी संकलक र कैलास मानसरोवर जाने तिर्थयात्रीहरु हिड्ने गर्दछन । साइपाल गाउ“पालिकाका बासिन्दाको दैनिक कामकाज र पशुपालनका लागि ओहोर दोहोर गर्ने बाटो पनि हो । हिँउदको समय नदीमा पानीको बहाव कम भए पनि बर्षातको समयमा यहाँका स्थानियहरु जोखिम मोलेर जंघार तर्ने गरेका छन । ढिलै भए पनि पुल निर्माण हुने पक्का भए पछि साईपालवासी खुसी भएका छन ।
पुल नहुदा साह्रै जोखिम यात्रा गर्नु परेको थियो । एउटा काठको सहारामा नदी तर्दा काठ भाचिने र तर्दा तर्दै साँघु हल्लीएर विच भंगालोमा खस्ने डर हुन्थ्यो । नदी तथा खोलामा आएको बाढीले सा“धु पनि पटक पटक बगाउने गरेकोले साह्रै सास्ती खेप्नु परेको स्थानिय बसन्त बोहराले भने इङगलद्धारमा पुल बन्ने भए पनि यस गाउ“पालिकाका अन्य धेरै नदी खोलाहरुमा पुल नहु“दा अझै जोखिम छ । गाउ“पालिका र स्थानियको सक्रियतामा बनेका काठेपुलहरु पनि बर्षायाममा बाढीले बगाउने गरेको छ । अझे पनि अधिकासं खोलामा काठको सा“घुको भरमा वा जंघार तरेर नदी तथा खोला पार गर्नु परिरहेको छ । बर्खाको उर्लदो भेलमा काठको सा“घुको सहायताले खोला तथा नदी पार गर्दा अत्यन्त जोखिम हुने गरेको बोहराको भनाई छ ।
ठेक्का सम्झौता भएको बर्षौ विते पनि पुल बन्ने संकेत नदेखिए पछि गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामी ठेकेदार खोज्दैे पटक पटक काठमाण्डौं समेत धाउदै आएका थिए । यो पुल निर्माण भए पछि आवत जावतमा सहज हुनुका साथै छिमेकी राष्ट्र चीन स“गको व्यापार व्यवसायमा पनि फस्टाउने देखिने गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामील्े बताउनु भयो । पुल निमार्णका लागी सम्झौता भएको पाँच बर्ष वित्दा पनि केहि संकेत नदेखिए पछि आफै काठमाडौँ गएर ठेकेदार संग पुल निमार्णका लागी ध्यानाकर्षण गराएको र ढिलै भए पनि पुल बन्ने निश्चित भएको धामीले बताए । उनले भने यहा“का विभिन्न नदी र खोलाहरुमा कम्तीमा ७ वटा पुलको आवश्यता रहेको छ । ढुवानीका कारण एउटा झोलुङ्गे पुलको लागत एक करोड भन्दा बढी लाग्ने भएकाले गाउ“पालिकाको बजेटबाट सम्भव छैन । पुल निमार्णका विभिन्न ठा“उमा धाए पनि कतैबाट सुनुवाई नभएको उनको भनाई छ । सदरमुकाम चैनपुर भन्दा तल तिनचार किलोमिटरको दुरीमा झोलुङ्गे पुल निर्माण गरीएका छन् । तर साईपाल गाँउपालिकामा धेरै ठाँउ पुलको आवष्यकता छ । यस प्रति आफुहरुले धेरैपटक माननीइ मन्त्री देखी सबैको ध्यान आकर्षण गराएको भएपनि सुनुवाई सम्म हुन नसकेको बताए । वाटोमा झोलुङ्गे पुल नहुदा साइपाल हिमालको बेसक्याम्प र तिब्बत तिर जाने पर्यटक र स्थानियहरु गन्तव्यमा नपुगी विच बाटो बाटै पmर्कनु पर्ने बाध्इता समेत रहेको उहाँको भनाई छ । यसका साथै यहाँका बालबालीकाहरु विरामीहरुलाई बोकेर ल्याउदा र एक गाँउ बाट अर्को गाँउ जान समेत बर्खाको समयमा ज्यानको जोखीम राखेर आवत जावत गर्नु पर्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस
You might also like