नेकपा त्यागेर २०० जनाले गरे बाजुरामा कांग्रेस प्रवेश

काठमाण्डौ । जिल्लाको त्रिवेणि नगरपालीका  ६ मा नेकपाका २०० जना नेतारकार्यकर्ताले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छ्न । चुनाव ताका जनतालाइ विभिन्न किसिमका झुटा नारा र आश्वासन दिएर सत्तामा पुगेको नेकपा दिनानुदिन कुर्सीको लुछाचुडी र भ्रस्टाचारमा लिप्त भए पछि उनीहरुले पार्टी परित्याग गरेको नेपाली कांग्रेस बाजुराका का युवा नेता मीन बहादुर भण्डारीले बताए ।
पछिल्लो पटक कोरोना भाइरसका कारण जनतालाइ लक डाउनको नाममा घर भित्रै थुनेर सिंगो नेकपा स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा कमिसन देखि विभिन्न किसिमका बिकास निर्माणका काममा समेत भ्रष्टाचार गर्न थाले पछि उनीहरुले नेकपा परित्याग गरेका हुन् ।
दुई तिहाइ बहुमतको नेकपा सरकार गठन भएको २७ महिना बितिसक्दा पनि नागरिकाका गास,बाँस र सुरक्षाको ब्यवस्थापन गर्नुको सट्टा प्रधानमन्त्री ओलीले उखान टुक्का मै अनर्थको समय बर्बाद गरेको उनीहरुको आरोप छ ।
नेकपा परित्याग गरेका उक्त २०० जनालाइ नेपाली कांग्रेस बाजुराका भुतपुर्व पार्टी सभापति मान बहादुर रावलले पार्टी सदस्यता प्रदान गरेका थिए भने त्रिवेणी नगर पालिकाका प्रमुख राम सिंह रावलले खादा तथा अबिर लगाइदिएर स्वागत गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै सभापती रावलले ूनेकपा को चरित्र भनेकै ठुला ठुला भासण र आश्वासन दिएर सत्तामा उक्लिने अनि सत्तामा पुगेपछि आफन्त र नातागोताको ब्यवस्थापन गर्दै ब्यक्तिगत सम्पतिको आर्जन तिर लम्किने होू भनेर बताएका थिए ।
नव प्रवेशि सम्पुर्ण कार्यकर्ताहरुले पनि बीपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवाद नै मुलुकको सुन्दर भविस्यको मार्गदर्शन रहेको भनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दिएर सत्तामा पुगेका केपी ओली स्वयं आफै भ्रस्टाचारीहरुलाइ जोगाउन मै उद्दत हुनुका साथै कात्रोमा समेत कमिसन खोज्ने नेकपाको प्रवृति र चुनाव ताका नेकपाले दिएका आश्वासन र घोषणापत्र बमोजिम एउटा काम पनि नगरेको भनी २०० जनाले आक्रोश ब्यक्त गरेका थिए । अब उप्रान्त नेपाली कांग्रेस पार्टी र भातृ संगठन भित्रै रहेर समाजको विकास र परिवर्तनका लागि निरन्तर काम गर्ने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

यो पनि पढ्नुहोस
You might also like