चैनपुरको रिङ्गरोड नजिकै सेतीको किनारमा एक जना मृत अबस्थामा फेला

बझाङ। सदरमुकाम चैनपुरको रिङ्गरोड नजिकै सेती नदीको किनारामा एका जना मृत अबस्थामा फेला परेका छन् । मृत अबस्थामा फेला पर्ने हुम्ला जिल्ला नाम्खा गाउँपालिका १ दिङ्ला बस्ने बर्ष ४४का बुमदोर तामाङ्ग रहेको प्रहरीले जनाएको छ ।
सदरमुकाम चैनपुरको रिङ्गरोडको किनाराको डिलमा तामाङ्गको झोला , लुगा कपडा, नागरिकता , जुता र सिरक भेटिएको छ । मानसिक सन्तुलन समेत गुमाएका तामाङ्ग सोमबार राती डिलमा सुति रहेको बेला पल्टिए तल सेती नदीको किनारमा खसेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका ईनीस्पेक्टर लोकेन्द्र कार्कीले बताउनुभयो । मृतक तामाङ्गको टाउकोमा गहिरो चोट लागेको छ । एक बर्ष देखि मजदुरी काम गर्दै आएका उहाँ मदिरा सेबन गरि रहने तथा मानसिक सन्तुलन समेत गुमाई सकेकोले खा बस्नको कुनै ठेगान नभएको नमृतकका आफन्त सुमन छिरिङ्ग तामाङ्गले बताउनुभयो । दुई बिवाह गरेका उहाँको दुबै श्रीमती संग छोडपत्र भए पछि मजदुरी गर्दै आएका थिए । मृतक तामाङ्गका चार छोरा र एक छोरी रहेको बताईएको छ । उहाँको लास पोष्ट मार्टमका लागी जिल्ला अस्पताल बझाङ लगिएको छ ।

यो पनि पढ्नुहोस

“असल मान्छे”

You might also like