बाघको छाला र हड्डी सहित बुङगलका दुई जना पक्राऊ

बझाङ : पाटे बाघको छाला र हड्डीसहित बुंगल नगरपालिकाका दुई जना पक्राउ परेका छन् । आइतबार राति २:४१ बजे बुङगल नगरपालिका ३ विजगडामा बागथला तर्फ भारी बोकेर पैदल हिडी राखेका बुङ्गल न.पा. ६ का २७ वर्षिय हरजित बोहरा र सोही ठाउँका २३ वर्षिय बिरेन्द्र बोहरा पाटे बाघको छाला र हड्डीसहित पक्राउ परेका हुन् ।

यो पनि पढ्नुहोस

मेरो धरातल, मेरो पाइला संस्मरण-१

बूढानीलकण्ठ मा.वि.काठमाडौँको सफलताको कथा

उनीहरुको साथबाट प्रहरीले ८ फिट ७ ईन्च लम्बाई , ४ फिट ६ ईन्च चौडाई र ७ फिट ६ ईन्च लम्बाई, ३ फिट ८ ईन्च चौडाइका २ थान छाला र अन्दाजी ९ किलो पाटे बाघको हड्डी भेट्टाएको जनाएको छ ।

You might also like