बझाङमा निषेधाज्ञा पाँच दिन थपियो

बझाङ । समुदायमा कोरना संक्रमण फैलदै गएपछि एक हप्ताका लागी जिल्ला निषेधाज्ञा गरेको बझाड जिल्लामा थप ५ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बुधवार बसेको बैठकले भदौ ३० गते सम्मका लागी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनु भयो ।
यस अगाडी भदौ १७ गते वाट २५ गते सम्म निषेधाज्ञा गरेको थियो । केहि न्युनिकरण हुन्छकी भनेर हामीले सुरुमा एक हप्ताका लागी जिल्लामा निषेधाज्ञा गरेका थियौ प्रजिअ भण्डारीले भने समुदायमा थप संक्रमित बढ्दै गएपछि ५ दिनका लागी निषेधाज्ञा बढाएको छौ । जिल्लामा ४ सय ३६ जना संक्रमित मध्ये ३ सय ६२ जना निको भएर घर गएका छन भने ७४ जना आइसोलेसनमा रहेको बताउनु भयो । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि बन्द गरिने भएको छ ।
यस्तै बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु खुला गरिने भएको छ । समितिको आजको बैठकले देशका विभिन्न जिल्ला लगायत भारत र तेस्रो मुलुक बाट अउने लाई अनिवार्य क्वारेन्टाईनमा राखी छ दिन पछि स्वाव सकलनको व्यवस्था गर्ने रिपोर्ट नआउन्जेल क्वारेन्टाईनमा राख्ने र क्वारेन्टाईन तथा अईसेलेसन व्यवस्थापनलाई थप शशक्त बनाउने निर्णय पनि गरेको छ ।

यो पनि पढ्नुहोस
You might also like