कम्युनिस्ट कुण्ठा र फोटो भाईरल

मूर्ख भनेको त्यो हो ,जसलाई साचो कुरा थाहा छ र पनि झुठमा बिश्वास गर्छ । जिबनमा कठिनाई हामिलाई बर्बाद गर्नका लागि आउदैन । यो त हामि भित्र लुकेको शक्ति र सामर्थ्य प्रदर्शन गराउन आउन्छ। जहाँ सत्यको मुख थुनिन्छ त्यहाँ मिथ्याको थुतुनो खुल्छ । ( बि.पि.) आज कमाउनिस्ट को ध्याउन्न नै यहि हो ।
आज जुन फोटो लाई प्रयोग गरेर अनेक रमिता मा रमाउने ले बुझुन कि एक बर्ष अगाडी महेश्वरी मा.बि . मा भएको गाउँपालिका स्थरिय अध्यक्ष कप खेलकुद प्रतियोगिता को उदघाटन सत्रको प्रमुख अतिथी गा.पा. अध्यक्ष बर्क रोकाया थिए । उदघाटनमा खेलाडीले मार्च पास गर्ने बेला उनलाई अन्य अतिथी भन्दा अघिल्लो टेबलमा उभ्याउने आयोजकले भने पछि उहाँले यती ठुलो टेबलमा म जादैन् भन्दै गर्दा मान्छेको चाप बढी भएकाले ठुलो टेबलमा उभ्भीर गर्दा सबैले देख्न पाउछन भन्ने उदेस्यले सबैले अध्यक्ष रोकायालाई टेवल माथी जान दवाप दिए पछि उहाँ जानु भएको रहेछ । लोकतन्त्रकको परिकल्पनाले समेत जनताबाट अमुमोदन भएको ब्यक्तिले सलामी दिनु अपराध होईन लोकतान्त्रिक संस्कार र अनुसासनको एक हिस्सा भएको समेत परिकल्पना गरेको छ । यस्ता प्रतियोगितका कार्यक्रममा यस्ता फोटो आउनु सामान्य मानिन्छ तर यो फोटोलाई लिएर कुण्ठाले भरिएको आबेग भन्दा अरु केही हुनै सक्दैन् । यस्तो दृश्य नौलो होइन अधिकांस खेलकुद प्रतियोगिता सधै देखिने दृश्य पनि हो । तर सामाजिक संजालमा राजा सरह ठान्ने भनेर नियोजित रुपले ब्यक्तिको चरित्र हत्या गर्ने मनसायले अतिरन्जित गर्ने काम भैरहेको छ यो कार्य खेदजनक मात्र होईन लोकतन्त्र माथीको प्रहार समेत हो । यो खेलाडीको सम्मानको, खेल जगतको अनुसासन ,सामाजिक सद्भाव र खेलाडीको उत्प्रेरणका लागी गरिएको एक कार्य मात्र थियो तर नकारात्मक अर्थमा लगाएर बदनाम गर्न खोजिनु भत्सर्नायोग्य छ । ( अरिङ्गाल यस्तो कुरा बुझ्न सक्दैनन् उनलाई जे गर्न आउन्छ त्यही गरेका हुन बधाई छ । किनभने कमाउनिस्ट को स्कुलिङ्ग नै यहि हो नौलो कुरो होइन ।

एउटा कुरा के हो भने यो मोह होकि कार्यक्रम को नियम हो । टेबुल माथी चढेर सलामी लियर जनप्रतिनिधि ले समाजमा म अरुभन्दा ठुलो छु भन्ने सन्देश दिन खोजेका हुन त ? पक्कै पनि होइनन बर्क रोकाया कति सरल, आम जनताको बिचमा रहेर काम गर्ने मान्छे हो भन्ने कुरा समाजमा प्रमाणित भई सकेको कुरा हो । आज गणतन्त्र छ । मुलुक केन्द्रीकृत बाट बिकेन्द्रीकृत छ । पछिल्लो समय मुलुकमा सलामी लिने प्रवृत्ति, समाजमा ठुला वा बिशेष ब्यक्ती भएको मनोबिज्ञान झल्किने सलामी संस्कार गलत हो । आम मान्छेले आजको नेता नेतृत्वबाट सादगी, योग्यता र त्यागको अपेक्षा गर्छ । सरल, सहज, सामान्य भएको हेर्ने रहर हुनु स्वाभाविक हो तर यहाँ एउटा कार्यक्रममा भएको कुरालाई अरिङ्गालका लागि त के के न मसला बनेको छ । हेरिरहेको छु । त्यसैले आफुलाई अपडेट गर्दै रहनु पर्छ यस्ता कुतर्क गर्ने अरिङ्गाल लाई ठेगान लगाउन। कसका लागि प्रतिकुल समय कसरी आउन्छ थाहै हुदैन। चेतना भया।

मूर्ख भनेको त्यो हो ः जसलाई साचो कुरा थाहा छ र पनि झुठमा बिश्वास गर्छ। ( definition of stupid – knowing the truth, seeing the truth but still believing the lies. ) कम्युनिस्ट र कुन्ठा अन्तरसम्बन्धित छन । कुन्ठाले कम्युनिस्ट बनाउन्छ । मार्क्सवाद र लेनिनवादको बिकृत स्वरुप मार्सिबाद र लेनदेनवाद तिब्र गतिमा अगाडी बढेको छ।

बिर्सनु भो भएको छैन् होला

यो पनि पढ्नुहोस

सुन काण्ड, वाइडबडि काण्ड, गोकुले काण्ड, ओम्नि काण्ड , बालुवाटार बिष्णु काण्ड, सांसद अपहरण काण्ड, थप कति कति यो सबैको नेतृत्व के.पि . ले गरेको छ अनि देश फेरि उभो लागेन भन्या छ। यो भेडा बथान कमाउनिस्ट लाई लखेटेर नौं डाडा कटाउनै पर्ने भाको छ। जब सम्म कम्युनिस्ट ले सर्बहारा बर्गको जयगान गाउदै केही अरिङ्गाल लुट्न नपायकोमा आफ्नो कुण्ठा छताछुल्ल पारिरहेका छन। आज श्रमिक सडकमा रुदै छ। भ्रष्टाचार यहाँ छ, कारबाही कसले गर्छ ? ३३ अर्ब दोहन गरेर ठेकेदार पोस्ने खेल, टेन्डर मूल्यांकन नहुँदै रेलका ५४ ठेक्का बाँडफाँड, ७२ करोड सर्प पाल्नलाई दिन्छन, चिया नास्ता मै कम्युनिस्ट ले २० अर्ब खर्च, साढे दुई अर्ब खर्चर मन्दिर पनि बनाउला तर यो कोरोना कहर मा आम श्रमिक बर्ग लाई एक छाक खाना दिन सक्दैन अझै घरघरमा ग्यास पाइपलाइन, पानीजहाज, रेल जस्ता सपना देखाउने भिजनकर्ता अहिले हर्केहवलदार भयर निस्के। के पि ओलि जस्तो झुठो तथ्यांक दिदै सिमित गुट चलायर निर्लज्जताको साथ व्यंग्यात्मक उखान चुट्किला भनेकै भरमा ङिच दात देखायर बस्ने नौटकि नेता अनि यस्ता गफ तथा सपनालाई पत्याउने खासमा लोकतन्त्र का लागि बढी खतरापूर्ण हुन्छन।
हाम्रो भ्रष्ट राज्य ( डा. गोबिन्द्र केसि संग डराउन्छ। किनकी मार्सीहरु सत्तामा छन। डा. के सि ले भयको दियका छन लियका केही छैनन। थोडा सरम करो अरिङ्गाल हो। आज मात्र एउटा उर्दि जारी गरेछन कम्युनिस्ट ले ः आफ्ना पार्टी बिरुद्ध लेख्न बोल्न नपाउने हुनत छौडाहरुले कहिले पो आफ्नो दलालहरु विरुद्ध लेखेका थिए र, फेसबुक र ट्विटरमा हामी विरुद्ध लेखि हेर्लाउ भन्दै उर्दी जारि गरेको मालिकहरुले। अझ कतिपय भन्लान हामिले गर्दा स्वतन्त्र रुपले बोल्न पायौ। अझै राजाको पालामा बोल्न पाइदैन थियो भन्दै भुस्या कुकुर जस्तो भुक्छौ ? यी कम्युनिस्ट धारीहरु के गर्दा के बोल्दा ख्वामित खुसी हुन्छन, त्यसैमा धेरै उर्जा खर्चिन्छन र मुल जिम्मेवारी भन्दा चाकरी तिनीहरुको प्राथमिक काम बन्न पुग्छ।

अब एकचोटी यता ध्यान दिम ल ः
जब २०५२ साल यता माओवादी जनयुद्ध को कारण देशले बिकास गर्न पायन, बरु युद्दको नाममा हजारौं हजार मान्छेको मृत्यु भयो । बिकास का संरचना ध्वस्त पारियो । ठुलो धनजन को क्षति भयो । जब २०६४ सालमा निर्वाचन भो त्यसपछि बझाङ मा कम्युनिस्ट को रजाई हेर्नुहोस त शंकर खडका , भानुभक्त जोशी, धर्मराज बिक र २०७० मा मान प्रसाद खत्री , लालबहादुर रावल, अफिलाल ओखेडा २०७४ ः आशा बिक, अर्जुन थापा, देबकी मल्ल, शान्ती नेपाली, माया तामाङ, भैरब सिङ लौ यसो बिचार गरम त बझाङमा यो किसिमको राजनीतिक पहुच लामो समय देखि कम्युनिस्ट को रहदै गर्दा यिनिहरुले गरेका काम कहिले अध्ययन गर्नु भएको छ । हिजोको दिनमा छान्नामै कम्युनिस्ट ले गरेका अनेक अनियमितता, भ्रष्टाचारीता कति सम्मको थियो । आज गाउँ गाउँमा प्रदेश र केन्द्रबाट कमीसनमा आएका योजनाहरुले गाउँका कमाउनिस्टका भक्तिगान गाउनेहरुले लुटको खेती गरिरहेको कसैलाई थाहाँ छैन् र । आजपनि यिनले प्रदेशबाट प्राप्त बिकास बजेट कसरी दुरुपयोग गरेका छन कसैले नजिक बाट नियाल्ने काम गरेको छ ? कि भेडा कम्युनिस्ट नै हौ भने मेरो भन्नू केही छैन । लुट्न नपायकोमा आज जुन हर्कत, मिथ्या आरोप को रौद्र रुप देखिन्छ नि याद रहोस कसलाई चलाउदै छौ । जाबो एउटा फोटो लाई प्रयोग गरि के के गरे भने झै गर्नेलाई मुतोड जबाफ पाउनेछौ । खासमा कम्युनिस्ट लाई डर छ । किनकी तुलनात्मक रुपमा बझाङ जिल्लामै बिकासमा एककदम आगे हे खप्तडछान्ना । यो कुरा नपच्ने ले हजमला खानु होला । आजको मितिसम्म यतिकुरा दाबाका साथ भन्छु कि बर्क रोकाया छान्नामा यी कम्युनिस्ट भन्दा सयौ गुना असल र बिकासबादी नेता हा े। याद रहोस । लुट्न नपायको छटपटि छताछुल्ल पार्नु अघि सोच्नु कि कसलाई चलाउदै छु। तिमी कम्युनिस्ट भन्दा धेरै राम्रो छवि र क्षमता भयका, आफ्नो कर्ममा बिश्वास गर्ने, जनताको बिकास लाई आत्मसात गर्ने,बिकास का निम्ति नेता बनेका नेता माथी जाबो फोटो ले केही फरक पार्ने वाला छैन। वास्तविकता कसैले एकैछिन को भ्रम फैलाउने, आफ्नो औकात भुल्ने ले एकपटक सोचेर बोल्नु होला। राम्रो काम गर्नेलाई गर्न देउ भोलिको दिनमा एक बिकासबादी नेता को अभाब महसुस होला । सबै सजग सचेत हौ यस्ता अरिङ्गाल प्रवृत्ति प्रती ।

को हुन बर्क रोकाया ?
२०३६ साल देखि नेपाल बिध्यार्थी संघको राजनितीमा लागेर पटक पटक पन्चायती ब्यवस्थाका बिरुद्ध र बह’दल स्थापनाका लागी जेलनेल खाएको ब्यक्ति हुन् । २०४६ सालको जनआन्दोलनमा बिध्यार्थीहरुको नेतृत्व गर्दै चरम यातना खाएर ब्यवस्था परिबर्तनको एक सिपाई समेत हुन् । एक किसानको छोरा जो आफ्नो परिश्रम र पौरखमा बिस्वास गरि समाजमा उदाहारणिय काम गरेको ब्यक्ति जसले कृषी कार्यमा समेत जिल्ला कै उदाहरणिय किसानका रुपमा आफ्नो उपस्थिती देखाई सकेका छन् । पाटीमा रहदा पद भन्दा पनि काम गरेर देखाउनु पर्छ भन्ने उत्प्रेरणा जगाई समाज रुपान्तरणको अभियानमा लागेका एक अभियान्ता पनि हो, जो समाजमा भएका बिभेद , सोषण लाई अन्त्य गरि समानता र समाबेशीको पक्षमा लागे । २०५४ सालमा तत्कालिन माझिगाउँ गाबिस अध्यक्ष हुदा समेत जिल्ला भरिकै राम्रो अध्यक्षमा गणना भएका रोकाया पटक पटक कम्युनिस्टहरुको निशाना बनी रहे । २०५७ सालमा माओबादीहरुले चरम यातना सहित खुट्टा समेत भाचेका थिए भने उहाँलाई नेपाली काग्रेस बझाङले जिउँदो सहिद समेत घोषणा गरेको थियो । भ्रस्टाचारलाई शुन्यमा झार्नु पर्छ भन्ने अठोटका साथ खप्तड छान्ना गाउँपालिकाकाल्े लिएका हरेक कदम तथा राम्रो काममा अहिलेका नेकपाहरुको चित्त बुझेको थिएन् । अध्यक्ष रोकायाको चरित्र हत्या गर्नका लागी पटक पटक कम्युनिस्टका साथीहरुबाट प्रयास भएको भएपनि अहिले कुनै कमजोरी नपाए पछि सामान्य फाटोलाई लिएर बिबादमा ल्याउनु कती स्वाभाबिक छ ।

You might also like