चितुवाको छाला सहित समातिएकाहरु जमानतमा छुटे

बझाङ । चितुवाको छाला र हड्डीसहित आइतवार प्रहरीले नियन्त्रमा लिएका बुंगल नगरपालिकाका घर भएका दुई जनालाई बन कार्यालयले जमानतमा छुटाएको छ । तिन दिन प्रहरी हिरासतमा राखेका उहाँहरुलाई छाला र हड्डी कस्को हो भनेर परिक्षण गर्नका लागी काठमाण्डौ प्रयोगशालामा पठाएर रिपोर्ट आउनजेल जमानतमा छुटाएको हो । बुंगल नगरपालिका ६ का वडा अध्यक्ष धन बहादुर सिंहको रोहवरमा रिपोर्ट आए पछि हाजिर हुने गरि छुटाएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख कर्ण खातीले बताउनुभयो । उहाँले भन्नुभयो , “मुद्धा चलाउनका लागी सरकारी वकिलको राय मागेर वरामद गरेको छाला र हड्डी हेर्दा चितुवा बाघकै जस्तो छ तर त्यो कस्तो छाला र हड्डी हो काठमाण्डौ प्रयोगशालामा पठाउनु पर्ने र त्यहाँको रिपोर्ट पछि मुद्दा चलाउनु पर्ने भएकाले त्यतिन्जेल सम्म अभियुक्तहरुलाई पछि उपस्थित हुने गरि घर पठाइको हो”। आइतबार राति २ः४१ बजे बुङगल नगरपालिका ३ विजगडाबाट बागथला तर्फ भारी बोकेर पैदल हिडी राखेका बुङ्गल न.पा. ६ का २७ वर्षिय हरजित बोहरा र सोही ठाउँका २३ वर्षिय बिरेन्द्र बोहरा चितुवाको छाला र हड्डीसहित पक्राउ परेको थिए ।
बाघको छाला बोकेर धनगढी तिर हिडि रहेका उहाँहरुलाई बागथलामा नियन्त्रणमा लिएको थियो । उहाँहरुको साथवाट २ थान चितुवाको छाला र ९ किलो हड्डी बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस

स्रष्टा र सिर्जना (गीत), नभेटेको भए…

मेरो धरातल, मेरो पाइला संस्मरण-१

You might also like