दोर्जे सरको पदचाप नाटक प्रकाशन हुँदै……

दोर्जे सरको पदचाप नाटक प्रकाशन हुँदै……

डा.लोकबहादुर लोप्चन लिखित दोर्जे सरको पदचाप शीर्षकीय नाटक सुनहरी लोप्चन फाउन्डेसन तीनचुली, बौद्ध काठमाडौँबाट प्रकाशन हुँदैछ । वि.सं. २०५७/५८ सालतिर लिखित यो नाटक वि.सं.२०६३ सालमा काभ्रेपलान्चोक जिल्लाको फलामेटारमा तिहारको अवसरमा टीका अविरलको निर्देशनमा गाउँमै मन्चन भएको थियो । नाटकको भूमिका लेखन वरिष्ठ साहित्यकार तथा विद्वान प्रा. गोविन्दराज भट्टराईले लेखेका छन् भने शिक्षाविद् विद्यानाथ कोइरालाले टिप्पणी  गरेका छन् । साथै आवरण चित्र कलाकार दावा लामाले तयार गरेका हुन् भने आवरण डिजाइन मधुप श्रेष्ठ र सुमन कार्कीले गरेका छन् ।

You might also like