बहुभाषिक शिक्षासम्बन्धी अन्तराष्ट्रिय अभ्यास

बहुभाषिक शिक्षासम्बन्धी अन्तराष्ट्रिय अभ्यास

क) पपुवा न्यु गिनी

यहाँ करिब ८५० जति भाषाहरू बोलिन्छन्। विश्वको भाषिक तथ्याङ्कअनुसार संसारमा छ सात हजार भाषा रहेको देखिन्छ जसमध्ये छ भागको एक भाग भाषाहरू यहाँ रहेका छन् । यहाँ सबै भाषामा पढ्ने व्यवस्था हुनुपर्ने मान्यताकासाथ भाषिक विकासको काम भएको (१९९३ बाट) देखिन्छ । यहाँ ४७० भाषामा पढ्न सकिने व्यवस्था गरिएको छ । सन् १९५५ मा अङ्ग्रेजी भाषा लेखपढको एक मात्र माध्यम रहनुका साथै तोक पिजिन उत्तरी क्षेत्रको सम्पर्क भाषा बनेको देखिन्छ । हिरी मोतु दक्षिणी भेगको सम्पर्क भाषा हो भने सरकारी कामकाजको रूपमा दुईवटा भाषा पिजिन र अङ्ग्रेजीलाई मान्यता दिइएको छ । सन् १९९० मा तीनवटा भाषामा शिक्षा विकास कार्य लागू गरिएको थियो ।

यहाँको बहुभाषिक शिक्षामा १० रणनीतिहरू अवलम्बन गरिएको पाइन्छ ः अ) व्यापक छलफलः विषय, पाठ्यक्रममा राखिएका विषय, शिक्षा व्यवस्थाका कमी कमजोरी आ) योजनाः क्षेत्र, जिल्ला, गाउँ र भाषामा सुधारको निर्देशन, शिक्षकको आँकलन, समुदाय, भाषा र जिल्लाका जान्ने बुझ्ने व्यक्तिलाई सहभागिता गराइएको इ) क्रमिकताः सन् १९९३ मा तीन प्रान्तबाट सुरु गरी सबै प्रान्तमा पुगेको, सुधारको कार्यक्रम, शिक्षक तालिम र शैक्षिक सामग्री निर्माण भएको भाषा शिक्षण सुरु ई) जातीय, स्थानीय आवश्यकता र यथार्थताको सान्दर्भिकताः जातीय चिनारी, सांस्कृतिक संरक्षण, शैक्षणिक प्रभावकारितालाई महत्व दिइएको, उ) स्थानीय इच्छा, सामुदायिक सहभागिता र स्वामित्वः तयार भएको पाठ्यक्रम र विद्यालय सञ्चालनको जिम्मा त्यहीँ ए) मातृभाषामा कक्षाको सङ्ख्या सीमित बनाउनेः स्थानीय शिक्षकलाई थोरै पैसा दिएर पढ्न लगाउने, मातृभाषामा शिक्षा केजी र एक दुई कक्षामा मात्र दिने र कक्षा ३ देखि सम्पर्क भाषामा शिक्षा दिने, ऐ) सरल पाठ्यसामग्रीः मातृभाषाको केही सय सङ्ख्या शब्दमा सीमित गरेर पुस्तक तयार गरिएको, ओ) संस्थाहरूको सहयोग लिनेः संस्था र समुदायको सहयोग, समर्थन र सहभागिता लिइएको छ भने सरकारी शिक्षा विभागका साथै बहुभाषिक शिक्षाका लागि धार्मिक क्षेत्रमा काम गरेका गैससहरूले सहयोग गरेको, औ) दाताहरूको भरः सुरुमा दातृसंस्थाहरूको खोजी गरी सहकार्यमा कार्यक्रम लागू गरिएको थियो । यहाँको शिक्षा विभागले त्रिभाषिक नीति अवलम्बन गरेको छ । यसका लागि केजी, कक्षा १ र २ मा अङ्ग्रेजी, दुईमध्ये एक पिजिन र मातृभाषामा शिक्षा दिने व्यवस्था गरेको पाइन्छ ।

ख) बहुभाषिक शिक्षासम्बन्धी सम्मेलन थाइल्यान्ड घोषणापत्र (२४ देखि २६ सेम्टेम्बर २०१९)   

ब्रिटिश काउन्सिल, युनेस्को, सेभ द चिल्डेनलगायत अन्य अन्तराष्ट्रिय गैससको आयोजनामा थाइल्यान्डको बैङ्ककमा सन् २०१९ को सेप्टेम्बर २४ देखि २६ सम्म विश्वका विभिन्न मुलुकहरुको सहभागितामा इन्क्लुजन, मोबिलिटि एन्ड मल्टिलिङ्गल एजुकेसन सम्बन्धी ३ दिने सम्मेलन आयोजना भयो । जसमा उद्घाटन सत्रमा अष्टेलियाका प्रोफेसर ग्रिनबाट कि नोट वक्तव्य प्रस्तुत गरिएको थियो भने अन्य दिनहरूमा विभिन्न प्यानल छलफल भयो।दक्षिण एसियाको तर्फबाट मातृभाषामा शिक्षासम्बन्धी भारत र नेपालको तर्फबाट प्यानल प्रस्तुतिमा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी, भारतका बहुभाषिक शिक्षा विज्ञ डा.महेन्द्रकुमार मिश्र र धीर झिग्रानबाट कार्यपत्र प्रस्तुति गरिएको थियो।

यस सम्मेलनको अन्तिम दिनमा गरिएको संयुक्त घोषणापत्रमा उल्लिखित विषयवस्तुहरूदेहायअनुसार छन्-

यो पनि पढ्नुहोस

Language in Education: An Australian Perspective

क) राष्ट्रिय शिक्षाको बहसमा शिक्षणको माध्यमकको सवाललाई उच्च प्राथमिकता दिनुपर्ने,

ख) गुणस्तरीय बहुभाषिक शिक्षाका लागि लगानी अभिवृद्धि गर्ने,

ग) बहुभाषिक शिक्षाको गणस्तर अभिवृद्धि गर्ने,

घ) शिक्षको विविधतामा जोड दिने

ङ) सम्बद्ध सरोकारवाला र साझेदारको सक्षमता अभिवृद्धि गर्ने

च) दिगो विकास लक्ष्य ४.५.२ अनुसारका प्रगतिको नियमन गर्ने ।

 

You might also like