लोक सेवा आयोगबाट  विज्ञापन भई कर्मचारीको पदपूर्ति हुने

लोक सेवा आयोगबाट  विज्ञापन भई कर्मचारीको पदपूर्ति हुने

यो पनि पढ्नुहोस

नेपाल सरकार मन्त्रिपरिषदको असोज १४ गतेको बैठक निर्णयअनुसार रोकिएको परीक्षालाई सुचारू गर्न र पदपूर्ति हुन बाँकी रहेका सम्पूर्ण पदहरूमा  पदपूर्ति प्रक्रिया अगाडि बढाउनका लागि लोक सेवा आयोगलाई बाटो खुला गरिदिएको छ । मन्त्रीपरिषदको निर्णय सार्वजनिक आयोजना गरिएको पत्रकार सम्मेलनमा  सञ्चार मन्त्रालय समेत जिम्मेवारीमा रहेका परराष्ट्र मन्त्री एवम् सरकारका प्रवक्ता माननीय मन्त्री प्रदीप ज्ञवाली विगतमा कोरोना विपदको प्रतिकूलताको कारण राज्य संयन्त्रका नियमित कार्यहरूमा अवरोध पुगेको बताउनुभयो ।उहाँले अझै पनि सङ्कट कायम रहेको स्मरण गर्दै स्वास्थ्यसम्बन्धी सरकारबाट निर्धारित मापदण्ड पूरा गरेरै भए पनि लोक सेवा आयोगमार्फत् कर्मचारीको पदपूर्ति प्रक्रिया अगाडि बढाइने मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्नुभयो ।

You might also like