नेपालका २१ मृतप्रायः भाषाहरूको स्थिति  (भाषिक मृत्युको काउन्टडाउन)

नेपालका २१ मृतप्रायः भाषाहरूको स्थिति  (भाषिक मृत्युको काउन्टडाउन)

भाषाविद अमृत योन्जन-तामाङ

१.पृष्ठभूमि

  • वक्ता संख्या १००० भन्दा कम भएको भाषा- मृतप्रायः भाषा । जनगणनामा ३७ रहेकोमा २१ रैथाले (नेपाल मूलका) भाषा ।
  • जानकारीमा नआएका अन्य भाषा ।
  • दुरा लगायतका भाषा जो जनगणनाको प्रतिवेदनमा संख्यागत स्थिति धेरै भए पनि वास्तवमा मृतप्रायः स्थितिमा छन् ।
  • १) सुरक्षित भाषा (१० लाख भन्दा माथि)- ५
  • (२) सुरक्षित प्रायः भाषा (एक लाख – दशलाख सम्म) १०
  • (३) लोपोन्मुख भाषा (दश हजार – एक लाखसम्मका)- ३२
  • (४) अत्यन्त लोपोन्मुख भाषा (एक हजार – दशहजार सम्मका)- ३३
  • (५) मृतप्रायः (एक हजारभन्दा कम वक्ता भएको)- २

२.नेपालका मृतप्रायः भाषाहरूको पारीवारिक तथा भूभाषिक स्थिति

क) मृतःप्राय भाषा (२१)को परिवारिक स्थिति 

अवर्गीकृत भाषा (१) एस्टो-एशियाटिक (१) भारोपेली (५) भोटबर्मेली (१४)

ख) मृतःप्राय भाषा (२१)को भूभाषिक स्थिति

तराई (५ भाषा) हिमाल (६ भाषा ) पहाड (१० भाषा)

ग) रैथाने र गैररैथाने भाषाको स्थिति

अ) मृतप्रायः रैथाने भाषा (एक हजारभन्दा कम वक्ता भएका)-२१

  • जुम्ली (८५१), ल्होमी (८०८/१,६१४), बेल्हारे (५९९), सोनाहा (५७९), डडेलधुरी (४८८), ब्यासी (सौका) (४८०/३,८९५), खाम्ची (राउटे) (४६१/६१८ ), साम (४०१), मनाङ्गे (३९२), धुलेली (३४७), फाङदुवाली (२९०), सुरेल (२८७), मालपाडे (२४७), खडिया (२३८), कुर्माली (२२७), बराम (१५५/ ८,१४०), लिङखिम (१२९), कागते (९९), बनकरिया (६९), काइके (५०) र कुसुण्डा (२८)।

आ) गैररैथाने भाषा (१६/३७)
हरियानी ८८९, पन्जाबी ८०८, उडिया ५८४, सिन्धी ५१८, आसामी ४७६, चाइनिज २४२, सधनी १२२ जोङखा ८०, गढवाली ३८, फ्रेन्च ३४, मिजो ३२, कुकी २९, रसियन १६, नागामिज १० र अरबी ८ ।

३. मृतप्राय २१ भाषाहरूको संक्षिप्त विवरण

२१. सोनाहा भाषा

१. भाषा र समुदायको नाम : सोनाहा । अन्य नाम : सुनाहा, सोन्हा, सुन्हाँ ।

२. बोलिने क्षेत्र : सुपका कैलाली, (२) कन्चनपुर (३) बर्दिया जिल्ला।

३. परिवार : भारोपेली, आर्य-इरानेली, भारतीय आर्य केन्द्रित क्षेत्र । भाषाको सामिप्यता- डगौँरा थारू, राना थारु, कठरिया थारु र खुना भाषासँग रहेको ।

४. जातीय जनसङ्ख्या- १,१७२ (शान्ति सोनाहा, २०७५ सर्वेक्षण) । भाषा वक्ताको सङ्ख्या – ५७९ ।

५. सबै उमेर समूहले बोल्छन् । पारिवारिक तथा सामाजिक दैनिकी र प्रदर्शनी कलामा प्रयोग हुने गरेको ।

६. स्वर वर्ण ६ र व्यञ्जन वर्ण २९ । अलिखित भाषा । शब्दकोश, व्याकरण, साहित्य स्रिजना आदि छैन । बाइबलका सामग्रीहरू अनुवाद । संचार, शिक्षा, सरकारी कार्यालय आदिमा प्रयोग विस्तार छैन ।
स्रोतव्यक्ति : अनिलदत्त चौधरी र इन्द्रेश ठाकुर 

२०. सुरेल भाषा

भाषा र समुदायको नाम : सुरेल । अन्य नाम : छैन। २. बोलिने क्षेत्र : बाग्मती प्रदेशको दोलखा जिल्ला गौरीशंकर गापा-५ सुरीगाउँ। ३. परिवार : भोट-बर्मेली । भाषाको निकट सामिप्यता- हायु, सुनुवार भाषासँग रहेको ।

४. जातीय जनसङ्ख्या- देखाइएको छैन। भाषा वक्ताको सङ्ख्या-२८७ ।

५. प्रयोगको अवस्था : १० जना प्रौढ पुस्ताले मात्र राम्ररी बोल्न र बुझ्न सक्छन् । पारिवारिक तहमा भाषा बोल्दैनन् । सामाजिक-सांस्कृतिक सन्दर्भमा समित प्रयोग।

६. स्वर वर्ण १३ र व्यञ्जन वर्ण २५ (डा दुबिनन्द ढकाल र डा. कर्णाखर खतिवडा) । अलिखित भाषा । शब्दसङ्‌कलन २०७४ । शब्दकोश, व्याकरण, साहित्य स्रिजना आदि छैन । भाषा आयोगबाट शब्द सङ्‌ग्रह, पाठ सङ्‌ग्रह र वर्ण पहिचान (२०१८) भएको। संचार, शिक्षा, सरकारी कार्यालय आदिमा प्रयोग विस्तार छैन ।

स्रोतव्यक्ति : प्रा.डा. दुबिनन्द ढकाल ।  

१९. साम भाषा

१.   भाषा र समुदायको नाम : साम (किराती) । अन्य नाम : बुङ्‌ला, सामब्या।

२.   बोलिने क्षेत्र : प्रदेश-१ को भोजपुर र इलाम जिल्ला।

३. भाषा परिवार : भोट-बर्मेली, मध्य किराती । भाषाको सामिप्यता- कुलुङ, लुङ्‌खिम र याम्फु भाषासँग रहेको ।

४. जातीय जनसङ्ख्या- उल्लेख छैन । वक्ताको सङ्ख्या-४०० र अन्य १०० जति (स्थलत अध्ययन, २०७५)।

५. वक्ताको उमेर समूह थाहा हुनसकेको छैन । परिवारमा नाती पुस्ताबाहेकले प्रयोग गर्ने । आन्तरिक संचार, प्रदर्शनी कला र पूजाआजामा प्रयोग हुने ।

६. वर्ण पहिचान भएको छैन । अलिखित भाषा । शब्दकोश, व्याकरण, साहित्य स्रिजना आदि छैन । संचार, शिक्षा, सरकारी कार्यालय, कानुनी प्रक्रिया आदिमा प्रयोग विस्तार छैन ।

 स्रोतव्यक्ति : भीमलाल गौतम  

१८. ल्होमी भाषा

१.   भाषा र समुदायको नाम : ल्होमी । अन्य नाम : भोटेभाषा, ल्होकेत, सिङसावा। २.     बोलिने क्षेत्र : प्रदेश-१ को संखुवासभा र सुनसरी जिल्ला।

३. भाषा परिवार : भोट-बर्मेली, केन्द्रिय तिब्बती-बोडिस। भाषाको सामिप्यता- डोल्पो, लोवा, वालुङ्‌गे, ल्हासा तिब्बती, केरुङ, नुब्री, ह्योल्मो, शेर्पा, जिरेल भाषासँग रहेको । ४. जातीय जनसङ्ख्या- १,६१४ । वक्ताको सङ्ख्या-८०८ र अन्य स्रोत ७९८० (एथ्नोलग २०१२)।

५. सवै उमेर समूहका बोल्ने गर्दछन्। आन्तरिक संचार र लोकवार्तामा प्रयोग।

६. वर्ण पहिचान- स्वर वर्ण ८ र व्यञ्जन वर्ण ३० । लेख्य उन्मुख भाषा । देवनगरी र सम्भोटा लिपिको प्रयोग। शब्दकोश छैन। व्याकरण छ। साहित्य स्रिजना प्रारम्भिक- कविता, गीत, कथा, बालकथा, निवन्ध, लोकवार्ता। संचार (नयाँ नेपाल, पत्रिका पनि), शिक्षा (अनौपचारिकमा), सरकारी कार्यालय, कानुनी प्रक्रिया आदिमा प्रयोग विस्तार छैन।

स्रोतव्यक्ति : श्री छिङचीप्‍पा ल्‍होमी र डा. नेत्रमणि दुमीराई

१७. लुङ्खिम भाषा

भाषा र समुदायको नाम : लुङ्‌खिम । अन्य नाम : लिङखिम, लिमलिम लिङखिमे राई, साम। २. बोलिने क्षेत्र : प्रदेश-१, इलामको सूर्योदय नपा, केराबारी।

३. भाषा परिवार : भोट-बर्मेली, पूर्वी हिमाली, किरात राई । भाषाको सामिप्यता- कुलुङ र वान्तावा ।

४. जातीय जनसङ्ख्या- उल्लेख छैन। वक्ताको सङ्ख्या-१२९ र अन्य स्रोत ७ जना मात्र (राई र गौतम २०७५)।

५. ५० भन्दा माथिका ७ जनाले बोल्छन्। परिवारका बाजे र छोरा पुस्तामा आन्तरिक संचार हुन्छ र लोकवार्तामा प्रयोग हुन्छ ।

६. वर्ण पहिचान- स्वर वर्ण ६ र व्यञ्जन वर्ण ३० । भाषिक अनुसन्धान- वर्ण निर्धारण (२०७०) र समाजभाषावैज्ञानिक सर्वेक्षण (२०७५)। लेख्य परम्परा नभएको। शब्दार्थ, शब्दकोश, व्याकरण, साहित्य स्रिजना आदि नभएको।
स्रोतव्यक्ति : डा. तारामणि राई र पूर्णकुमार राई

१६.खाम्ची (राउटे) भाषा

१.   भाषा र समुदायको नाम : खाम्ची (फिरन्ते), बोतो-बोली (गैरफिरन्ते)। अन्य नाम : राउट्या, राउटे, रज्वार। २. बोलिने क्षेत्र : प्रदेश-१ को डडेलधुरा (जोगबुडाको आमपानीमा र रज्यौडा सिर्सामा), दैलेख, दाङ, सल्यान आदिमा घुमन्ते। ३. भाषा परिवार : भोट-बर्मेली, पश्चिमी तिब्बती-बर्मेली, मध्य हिमाली। भाषाको सामिप्यता- राजी भाषा।

४. जातीय जनसङ्ख्या- ६१८ । वक्ताको सङ्ख्या-४६१ । अन्य स्रोत- दुबै गरी ५८९ जना जनसंख्या (खत्री र अन्य २०७४)। ५. पुस्तागत प्रयोग- सबै पुस्ताकाले बोल्छन्। आन्तरिक संचार हुन्छ र लोकवार्तामा प्रयोग हुन्छ ।

६. वर्ण पहिचान- स्वर वर्ण ६ (अ, आ, इ ओ दीर्घ गरी १०) र व्यञ्जन वर्ण ३५ । भाषिक अनुसन्धान- वर्ण निर्धारण (ई २००६) र स्केच ग्रामर (ई २००६) र समाज भाषावैज्ञानिक सर्वेक्षण (ई २०१२)। पाठ, इतिहास संकलन। लेख्य परम्परा र सिर्जना नभएको। व्याकरण भएको।
स्रोतव्यक्ति : डा. तारामणि राई

१५. मालपाँडे भाषा

१.   भाषा र समुदायको नाम : पालपाँडे ।

२.   बोलिने क्षेत्र : प्रदेश-१ को झापा, विर्तामोड नपा ।

३. भाषा परिवार : भारोपेली । भाषाको सामिप्यता- ? ।

४. जातीय जनसङ्ख्या- उल्लेख छैन। वक्ताको सङ्ख्या-२४० ।

५. भाषाको प्रयोग- सबै पुस्ताकाले बोल्छन्। आन्तरिक संचार हुन्छ र लोकवार्तामा प्रयोग हुन्छ ।

६. वर्ण पहिचान- स्वर वर्ण १६ र व्यञ्जन वर्ण ३० । भाषिक अनुसन्धान- भएको छैन। लेख्य परम्परा छैन। शब्दकोश, व्याकरण, साहित्य स्रिजना आदि नभएको।
स्रोतव्यक्ति : डा. अम्बिका रेग्मी र प्रा. डा. माधवप्रसाद पोखरेल

१४.  मनाङ्गे भाषा

.भाषा- मनाङ्‌गे र समुदायको नाम : मनाङ्‌गे गुरूङ । अन्य नाम : ङिसाङ्‌गे, मनाङ्‌वा, मनाङ्‌गे। २.   बोलिने क्षेत्र : प्रदेश-४ को मनाङ, ङिसाङ गापा।

३. भाषा परिवार : भोट-बर्मेली, बोडिस, गुरुङ उपसमुह। भाषाको सामिप्यता- थकाली, तामाङ, छन्त्याल र गुरुङ।

४. जातीय जनसङ्ख्या- उल्लेख छैन। वक्ताको सङ्ख्या-३९२ र अन्य स्रोत ९३० जना (मनाङे भाषाको भाषिक सर्वेक्षण २०७५)।

५. सबै उमेर समुहले बोल्छन्। पारिवारिक कुराकानी तथा आन्तरिक संचार हुन्छ र लोकवार्तामा प्रयोग हुन्छ ।

६. वर्ण पहिचान- स्वर वर्ण ६ र व्यञ्जन वर्ण ३० । भाषिक अनुसन्धान- ग्रामर र शव्दावली (ई. २००४) र समाजभाषावैज्ञानिक सर्वेक्षण (२०७५)। लेख्य परम्परा नभएको। शब्दार्थ, शब्दकोश, व्याकरण, साहित्य स्रिजना आदि नभएको। आमसञ्चार र शिक्षामा प्रयोग नभएको।
स्रोतव्यक्ति : प्रा. डा. दानराज रेग्मी र डा. अम्बिका रेग्मी

१३. ब्यासी भाषा

१.भाषा- ब्याँसी । समुदायको नाम : ब्याँस, सौका । अन्य नाम : राङ बोली शौका बोली, भोटे भाषा।

२. बोलिने क्षेत्र : प्रदेश-७ दार्चुलाको ब्याँस उपत्यका र उतरी ब्याँस।

३. भाषा परिवार : भोट-बर्मेली । भाषाको सामिप्यता- धुलेली।

४. जातीय जनसङ्ख्या- ५५० । वक्ताको सङ्ख्या- ४८० र अन्य स्रोत छैन।

५. नाती पुस्ता बाहेककाले बोल्छन्। पारिवारिक कुराकानी तथा आन्तरिक संचार भाषामा हुन्छ र लोकवार्तामा प्रयोग हुन्छ ।

६. वर्ण पहिचान- स्वर वर्ण ९ र व्यञ्जन वर्ण ३० । भाषिक अनुसन्धान- ग्रामर र शव्दावली (ई. २००४) र समाजभाषावैज्ञानिक सर्वेक्षण (२०७५)। लेख्य परम्परा नभएको। व्याकरण मात्र । साहित्य स्रिजना आदि नभएको। आमसञ्चार, शिक्षा, अदालत आदिमा प्रयोग नभएको।
स्रोतव्यक्ति : डा. भीमलाल गौतम र डा. नेत्रमणि राई

१२. बराम भाषा

. भाषा- बराम र समुदायको नाम : बराम। अन्य नाम : बालकुरा।

२. बोलिने क्षेत्र : गण्डकी प्रदेश, गोर्खाको बारपाकसुलिकोट गापा।

३. भाषा परिवार : भोट-बर्मेली, केन्द्रिय हिमाली, थामी-बरामु उपसमुह। भाषाको सामिप्यता- थामी भाषा।

४. जातीय जनसङ्ख्या- ८१४० । वक्ताको सङ्ख्या-१५५ ।

५. बाजे पुस्ताले मात्र बोल्छन्। यसै पुस्ताबिच कुराकानी तथा आन्तरिक संचार हुन्छ र लोकवार्तामा प्रयोग हुन्छ ।

६. वर्ण पहिचान- स्वर वर्ण ६ र व्यञ्जन वर्ण २५ । भाषिक अनुसन्धान- ग्रामर र शव्दावली र समाजभाषावैज्ञानिक सर्वेक्षण भएको । लेख्य परम्परा उन्मूख । फुटकर साहित्य स्रिजना आदि भएको । आमसञ्चार र शिक्षामा प्रयोग नभएको।
स्रोत : डा. बलराम प्रसाई

यो पनि पढ्नुहोस

स्रष्टा र सिर्जना (गीत), नभेटेको भए…

मेरो धरातल, मेरो पाइला संस्मरण-१

१०. बनकरिया भाषा

१. भाषा- बनकरिया र समुदायको नाम : बनकरिया। अन्य नाम : बनकरे।

२. बोलिने क्षेत्र : बागमती प्रदेश, मकवानपुरको मनोहरा नपा, मुसेधाप।

३. भाषा परिवार : भोट-बर्मेली, मध्य-हिमाली, थामी-बरामु उपसमुह। भाषाको सामिप्यता- चेपाङ र भूजेल।

४. जातीय जनसङ्ख्या- ७४ (पूर्ण र तामाङ, २०७५)। वक्ताको सङ्ख्या- ६९। अन्य ५ (पूर्ण र तामाङ, २०७५)।

५. छोरा पुस्ता १ जना र बाजे पुस्ताका ४ जना मात्र (२ पुरुष र ३ महिला)। आन्तरिक संचार हुन्छ र केही लोकवार्तामा प्रयोग हुन्छ ।

६. वर्ण पहिचान- स्वर वर्ण ५ र व्यञ्जन वर्ण ३१ । भाषिक अनुसन्धान- ग्रामर र समाजभाषावैज्ञानिक सर्वेक्षण भएको । अलिखित । साहित्य स्रिजना आदि नभएको । आमसञ्चार र शिक्षामा प्रयोग नभएको।
स्रोत : डा. तारामणि राई

९. फाङदुवाली भाषा

भाषा- फाङदुवाली र समुदायको नाम : फाङदुवा, कसेनी। अन्य नाम : फाङदुवाली पोटी (कुरा)।

२. बोलिने क्षेत्र : प्रदेश १, धनकुटाको पाखरिबास नपा-३, फाङदुवा टोल।

३. भाषा परिवार : भोट-बर्मेली, पूर्बी हिमाली। भाषाको सामिप्यता- मुगाली।

४. जातीय जनसङ्ख्या- २९०। वक्ताको सङ्ख्या-२९० ।

५. सबै पुस्ताकाले बोल्छन्। पारिवारिक र सामाजिक आन्तरिक संचार हुन्छ र लोकवार्तामा प्रयोग हुन्छ ।

६. वर्ण पहिचान- भएको छैन। भाषिक अनुसन्धान- शव्दावली र समाजभाषावैज्ञानिक सर्वेक्षण भएको। साहित्य स्रिजना वा आमसञ्चार र शिक्षामा प्रयोग नभएको।
स्रोत : किशोर शेर्पा

८. धुलेली भाषा

. भाषा- धुलेली र समुदायको नाम : धुलेली । अन्य नाम : धुली।

२. बोलिने क्षेत्र : सुप प्रदेश, बझाङको कांडा गापा-७ र ८ धुली, जगेरा, बलदेदि र न्युना।

३. भाषा परिवार : भोट-बर्मेली, पश्चिमी हिमाली। भाषाको सामिप्यता- ब्यासी, सौका।

४. जातीय जनसङ्ख्या- (?) । वक्ताको सङ्ख्या-३४७ ।

५. सबै पुस्ताकाले बोल्छन्। यसै पुस्ताबिच कुराकानी तथा आन्तरिक संचार हुन्छ र लोकवार्तामा प्रयोग हुन्छ ।

६. वर्ण पहिचान- भएको छैन। भाषिक अनुसन्धान- समाजभाषावैज्ञानिक सर्वेक्षण भएको । अलिखित भाषा। साहित्य स्रिजना आदि नभएको । आमसञ्चार र शिक्षामा प्रयोग नभएको।

स्रोत : भीमलाल गौतम र डा. लक्ष्मीप्रसाद पण्डित   

७. डडेलधुरेली भाषा

भाषा- डडेल्धुरी र समुदायको नाम : (?) । अन्य नाम : डडेल्धुराली, मुतिउँ गर्खाली, गडपश्याली।

२. बोलिने क्षेत्र : सुप प्रदेश, डडेल्धुराको अजेयमेरू-नवदुर्गा, भागेश्वर-गन्यापधुरा गापाका सवै वडाहरू।

३. भाषा परिवार : भारोपेली। भाषाको सामिप्यता- बैतडेली, डोटेली, बझाङ्गी।

४. जातीय जनसङ्ख्या- (?) । वक्ताको सङ्ख्या-१,४२,०९४।

५. सबै पुस्ताकाले बोल्छन्। यसै पुस्ताबिच कुराकानी तथा आन्तरिक संचार हुन्छ र लोकवार्तामा प्रयोग हुन्छ ।

६. वर्ण पहिचान- स्वर ६ र व्यञ्जन ३०। शैक्षिक उपाधिको लागि भाषिक अनुसन्धान । अलिखित भाषा। साहित्य स्रिजना आदि नभएको । आमसञ्चार र शिक्षामा प्रयोग नभएको।

स्रोत : डा. मोहनप्रसाद भट्ट

६. जुम्ली भाषा

भाषा- धुलेली र समुदायको नाम : (?) । अन्य नाम : (?)।

२. बोलिने क्षेत्र : कर्णाली प्रदेश, जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोटका  गापाहरू।

३. भाषा परिवार : भारोपेली। भाषाको सामिप्यता- मझाली भाषा।

४. जातीय जनसङ्ख्या- (?) । वक्ताको सङ्ख्या-(८५१) ।

५. सबै पुस्ताकाले बोल्छन्। यसै पुस्ताबिच कुराकानी तथा आन्तरिक संचार हुन्छ र लोकवार्तामा प्रयोग हुन्छ ।

६. वर्ण पहिचान- (?)। भाषिक अनुसन्धान- भाषा, शब्दकोश र व्याकरण भएको । लेख्य उन्मुख भाषा । साहित्य स्रिजना आदि भएको । आमसञ्चार र शिक्षामा प्रयोग भएको।

स्रोत : हर्कबहादुर शाही र प्रकाशचन्द्र खत्री 

५. खडिया भाषा

भाषा- खडिया र समुदायको नाम : खडिया । अन्य नाम : ०।

२. बोलिने क्षेत्र : प्रदेश १, झापाको मेची गापा मोरङको  कटहरी गापा ।

३. भाषा परिवार : अस्ट्रो-एशियाटिक, मुण्डा, दक्षिणीमुण्डा, खडिया-जुवाङ। भाषाको सामिप्यता- ? ।

४. जातीय जनसङ्ख्या- (?) । वक्ताको सङ्ख्या-२३२ ।

५. सबै पुस्ताकाले बोल्छन्। यसै पुस्ताबिच कुराकानी तथा आन्तरिक संचार हुन्छ र लोकवार्तामा प्रयोग हुन्छ ।

६. वर्ण पहिचान- भएको छैन। भाषिक अनुसन्धान- समाजभाषावैज्ञानिक सर्वेक्षण भएको । अलिखित भाषा। साहित्य स्रिजना आदि नभएको । आमसञ्चार र शिक्षामा प्रयोग नभएको।

स्रोत : प्रा.डा. दानराज रेग्मी र प्रा.डा. देवनारायण यादव 

४.कुसुन्डा भाषा

भाषा- कुसुन्डा र समुदायको नाम : कुसुन्डा । अन्य नाम : गिपन।

२. बोलिने क्षेत्र : प्रदेश ५, दाङको लमही नपा-६ कुलमोहर र रोल्पाको रुम्टीगढी गापाको रुम्टीगडी ।

३. भाषा परिवार : परिवार निश्चित नभएको। भाषाको सामिप्यता- नभएको।

४. जातीय जनसङ्ख्या- २७३ (अन्य १५० जना) । वक्ताको सङ्ख्या- २८ । अन्य स्रोत- २ जना (१ को हालै मृत्यु।

५. हाल दोस्रो पुस्ताका १ जना मात्र। बुझ्न सक्ने र राम्ररी बोल्न सक्छन् बुझ्ने तर बोल्न नसक्ने ५ जना ।

६. वर्ण पहिचान- स्चर ६ र व्यञ्जन २५ । अनुनासिक । भाषिक अनुसन्धान- शब्दकोश, व्याकरण भएको। अलिखित भाषा। साहित्य स्रिजना आदि नभएको। आमसञ्चार र शिक्षामा प्रयोग नभएको।

स्रोत : उदयराज आले र प्रा. डा.माधवप्रसाद पोखरेल

३.कुर्माली भाषा

. भाषा- कुर्माली र समुदायको नाम : कुर्माली । अन्य नाम : कुर्मी।

२. बोलिने क्षेत्र : प्रदेश १, झापाको हल्दिबारी गापा, विर्तामोड नपा।

३. भाषा परिवार : भारोपेली, भारतीय/आर्य-पूर्वी-कुर्माली। भाषाको सामिप्यता- राजवंशी, बंगाली, ताजपुरिया, सन्थाली, मेचे, कोचे, मैथिली ।

४. जातीय जनसङ्ख्या- (?) । वक्ताको सङ्ख्या-२२७ ।

५. सबै पुस्ताकाले बोल्छन्। यसै पुस्ताबिच कुराकानी तथा आन्तरिक संचार हुन्छ र लोकवार्तामा प्रयोग हुन्छ ।

६. वर्ण पहिचान- भएको छैन। भाषिक अनुसन्धान- समाजभाषावैज्ञानिक सर्वेक्षण भएको। अलिखित भाषा। शव्दकोश, व्याकरण, साहित्य स्रिर्जना आदि नभएको । आमसञ्चार र शिक्षामा प्रयोग नभएको।

स्रोत : डा भीमलाल गौतम र डिल्लीराम अधिकारी

२.कागते वा स्युबा भाषा

  • १. भाषा- कागते (स्युबा)। समुदायको नाम: कागते (स्युबा) । अन्य नाम : ०।
  • २. बोलिने क्षेत्र : बागमती प्रदेश, रामेछापका लिखु-तामाकोसी, गोकुलगंगा र उमाकुण्ड गापा।
  • ३. भाषा परिवार : भोट-बर्मेली, तिब्बती। भाषाको सामिप्यता- ह्योल्मो, शेर्पा।
  • ४. जातीय जनसङ्ख्या- (?) । वक्ताको सङ्ख्या-९९ । अनुमान १,५००।
  • ५. सबै पुस्ताकाले बोल्छन्। यसै पुस्ताबिच कुराकानी तथा आन्तरिक संचार हुन्छ र लोकवार्तामा प्रयोग हुन्छ ।
  • ६. वर्ण पहिचान- स्चर ५ र व्यञ्जन २४। टोन भएको। भाषिक अनुसन्धान- समाजभाषावैज्ञानिक सर्वेक्षण भएको । लेख्य उन्मुख भाषा। सिर्जना, आमसञ्चार र शिक्षामा प्रयोग नभएको।

स्रोत : प्रदीप स्युबा र डा लाल-श्याँकारेलु रापचा 

१.काइके भाषा

१. भाषा- काइके। समुदायको नाम: मगर । अन्य नाम : तराली खाम, मगर काइके।

२. बोलिने क्षेत्र : कर्णाली प्रदेश, डोल्पाका काइके गापा- सहरतारा, तुपतारा र ताराकोट।

३. भाषा परिवार : भोट-बर्मेली, बोडिक-बोडिस। भाषाको सामिप्यता- पोइँके र भोटे।

४. जातीय जनसङ्ख्या- (?) । वक्ताको सङ्ख्या-५० । अनुमान १,०००।

५. सबै पुस्ताकाले बोल्छन्। यसै पुस्ताबिच कुराकानी तथा आन्तरिक संचार हुन्छ र लोकवार्तामा प्रयोग हुन्छ ।

६. वर्ण पहिचान- स्चर १५ र व्यञ्जन ३२। टोन भएको। भाषिक अनुसन्धान- ब्याकरण, समाजभाषावैज्ञानिक सर्वेक्षण भएको । लेख्य परम्परा नभएको। सिर्जना, आमसञ्चार र शिक्षामा प्रयोग नभएको।

स्रोत : डा अम्बिका रेग्मी

४. समस्या र चुनौती

  • जनगणनाको तथ्यांकलाई वैज्ञानिक बनाउनु ।
  • भाषाको राजनीतिलाई यथार्थपरक बनाउनु ।
  • सबै भाषाको पहिचान गर्नु ।
  • मृतप्रायः भाषाहरूको संरक्षण गर्नु ।

५. अबको बाटो

  • जनगणनाको तथ्यांकलाई वैज्ञानिक बनाउनु पर्छ। यसको लागि मातृभाषा र पुर्ख्यौली (पहिचानको) भाषालाई छुट्याउनु पर्छ ।
  • भाषाको राजनीतिलाई वैज्ञानिक र यथार्थपरक बनाउनु पर्छ (उदा० दुरा भाषा)
  • सबै भाषाको पहिचान गराउनु पर्छ (भाषा र भौगोलिक भेदको पहिचान गर्ने सर्वमान्य मानक तयार गरिनु पर्छ) ।
  • नेपाल मूलको भाषाको सूची तयार गरेर ऐनमा सूचीकृत गरिनु पर्छ ।
  • मृतप्रायः भाषाहरूको संरक्षणको लागि वक्तलाई बचाउने योजना तयार गरिनु पर्छ।
  • भाषाको संरक्षणको लागि श्रव्य-दृश्य भाषाशास्त्र (Visual linguistics)को विकास गरेर श्रव्य-दृष्य सामग्री तयार गरिनु पर्छ।
  • मृतप्रायः भाषाको संग्रहालय तयार गरिनु पर्दछ। र (Humanistic linguistics) को अवधारणालाई व्यवहारमा उतार्नु पर्छ।

स्रोतः अमृत योञ्जन तामाङबाट सम्पादकलाई वितरित कार्यपत्र ।

 

 

 

 

 

 

 

 

 

You might also like