उत्कृष्ठ नेतृत्वः रत्नराज्य मावि बानेश्वरका पूर्व प्रअ डा. गीता खरेल

 

 उत्कृष्ठ नेतृत्वः रत्नराज्य मावि बानेश्वरका पूर्व प्रअ डा. गीता खरेल

शैक्षिक संस्था पनि डुंगा जस्तै रहेछ कुशल डुंगा चालक पाएमा नदीपारि सकुशल यात्रीलाई पार गर्न सकेजस्तै हजारौँ सिकारूको शैक्षिक जीवनलाई सकुशल गन्तव्यसम्म पुर्‍याउने। समाज, देश र विश्वका लागि सक्षम, असल र सफल मानव व्यक्तित्व वा संसार निर्माणको आर्किटेक्ट तयार गर्ने । तर बिडम्बना जहाजको क्याप्टेन सही परेन भने जसरी हजारौँ मानिसको ज्यान अनाहकमा जहाज दुर्घटनामा जान्छ । नेपालको सामुदायिक शिक्षाका कुशल शिक्षक मात्र नभई सक्षम प्रअ र रोल मोडल प्रअको जिम्मेवारी निर्वाह गर्दै बानेश्वरजस्तो नेपालकै मुटुमा नमुना सामुदायिक विद्यालय बनाउन सामर्थ्य र तागत राख्ने एक जना कुशल शैक्षिक व्यवस्थापक हुन्-डा. गीता खरेल ।

शायद गीता खरेलको नेतृत्व नपाएको भए यो विद्यालय पनि सहरमा हराएको वा मर्ज भएर बिलाएको एउटा स्कुलमा दर्ज हुन के बेर ? आजको सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ठ नमुना विद्यालयका रूपमा यसरी सफलताको इतिहास बनेर जीवन्त र गौरव गर्ने शैक्षिक संस्था बन्दैनथ्यो कि ? धन्य गीता म्याम, तपाई साँच्चैको गुरूआमा सावित हुनुभयो, असल शिक्षक र प्रअको विस्तारै खडेरी पर्दै गएको अहिलेको सामुदायिक विद्यालय व्यवस्थापनको क्षेत्रमा । तसर्थ निवृत्त शिक्षक जीवन व्यतीत गरिरहनु भएको तपाईको जीवनको बहुआयामिक व्यक्तित्वले शिक्षा जगतलाई मार्गदर्शन गर्छ।साहित्य, समाजसेवा र शिक्षासेवा जस्ता सामाजिक जीवनका पर्याय भएर पनि शैक्षिक संस्थालाई नमुना बनाउन सकिँदो रहेछ भन्ने सबक हो यो । सिक्नेका लागि सिकाइ हो र गर्नेका लागि यो मार्गनिर्देशिका पनि हो तपाईका अनुभवहरू । तसर्थ तपाईको योगदानका प्रति नमन र सलाम ।

जन्म र परिचय

दोलखा जिल्लाको तात्कालीन सुष्मा क्षमावती गाउँ विकास समिति हालको कालिन्चोक गाउँपालिकामा वि.सं.२०१७ चैत्र २९ गते जन्मन पुगेका हुन् गीता शिवाकोटी । केशवराज खरेलसँगको वैवाहिक जीवनपछि गीता खरेल मात्र भइनन् उनी । छोरा विकास खरेल, छोरी बिनीता खरेल र वीणा खरेकाका अभिभावक हुन् भनूँ जन्मदिने प्यारी आमा हुन् । साथै बुहारी डा.रोशा भन्डारीकी अभिभावक हुन् ।

शिक्षा र पेसागत जीवन

शिक्षा हासिल गर्ने क्रममा उनले विद्यालय शिक्षा हुँदै त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा एम.ए. र भरतराज मन्थलीयको खण्डकाव्यहरूको विवेचनात्मक अध्ययन विषयमा विद्यावारिधिजस्तो उच्च तहको शिक्षा हासिल गरेकी छन् ।शिक्षण पेसागत जीवनको सिलसिलामा उनी  श्री रत्नराज्य उ.मा.वि.बानेश्वर, काठमाडौँको प्राचार्य भई कुशल र सफल जिम्मेवार निर्वाह गरेर शिक्षक र प्रअमध्ये नेपालमै मौजुदा ३ लाख भन्दा बढी शिक्षकहरूको भीडमा आफूलाई अकबरी सुनसरि प्रमाणित गरिदिइन् भने बानेश्वर क्याम्पस,शान्तिनगर, काठमाडौँमा पनि उनी आबद्ध रही शैक्षिक सेवा आजको दिनसम्म पनि समर्पति छिन् ।उनी नेपाली, हिन्दी र अङ्ग्रेजी भाषा दखल राख्छिन् भने अध्ययन, सिर्जनाका साथै समाजसेवमा रूचि राख्छिन् ।

यो पनि पढ्नुहोस

स्रष्टा र सिर्जना (गीत), नभेटेको भए…

मेरो धरातल, मेरो पाइला संस्मरण-१

संलग्नता र अनुभव

उनको सहभागिता र संलग्नताको क्षेत्र व्यापक र विस्तृत रहेको छ। पाठ्यक्रम विकास केन्द्र, माध्यमिक शिक्षा, प्राथमिक शिक्षा परियोजना, सेफनद्वारा सञ्चालित तालिमहरूमा प्रशिक्षकका रूपमा सहभागी भएकी छन्।विभिन्न साहित्यिक र सामाजिक संघसंस्थाहरूमा संलग्नता रहेकै छ।जसमा पञ्चकुमारी गुठीको आजीवन सदस्य, पूजा प्रतिष्ठानको सदस्य, बानेश्वर क्याम्पसको आजीवन सदस्य, हृदयचन्द्र सिंह प्रधान प्रतिष्ठानको आजीवन सदस्य), पूजा प्रतिष्ठानबाट रेडक्रसको आजीवन सदस्य, ॐउपकार वचत तथा सहकारी संस्थाका सल्लाहकार र लाइन्सक्लब अफ काठमाडौँ मेट्रोमा निर्देशकको भूमिकामा रहेकी छन् ।

प्रकाशित कृतिहरू

उनको बहुआयामिक व्यक्तित्वमध्ये साहित्यिकार व्यक्तित्व पनि एक हो।उनका प्रकाशित कृतिहरूमा संझना नित्य आउँछ (शोककाव्य), गीतकार किरण खरेलको जीवनी, व्यक्तित्व र वृतित्वको अध्ययन, आधा आकाश (कविता सङ्ग्रह),आमा(शोककाव्य), छरिएका चिन्तनहरू (कविता सङ्ग्रह),पालुवा, रजहाँस, पृथ्वी स्मारिका, पूजा, कुमाख, सत्यदर्पण, दीपशिखा र अन्य, कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक (सहलेखन), कक्षा ९,१० का व्याकरण (सहलेखन) हुन् । साथै उनको रत्नराज्य माविमा मेरा जीवनका ३८ वर्ष   प्रकाशोन्मुख छ।

पुरस्कार र सम्मान

उनले शिक्षा, सामाजिक र साहित्यिक क्षेत्रमा गरेको योगदान उनले प्राप्त गरेका पुरस्कार र सम्मानबाट कति उच्च छ भन्ने प्रस्ट हुन्छ । उनले प्राप्त गरेका सम्मान तथा पुरस्कारहरूमा राष्ट्रिय शिक्षा पुरस्कार, सिम्पल आर्टद्वारा सम्मान पत्र) पूजा प्रतिष्ठानद्वारा सम्मानपत्र, नेपाल रेडक्रस सोसाईटी काठमाडौं जिल्ला बानेश्वर उपशाखाद्वारा आजीवन सदस्यताको प्रमाणपत्र, विभिन्न सामाजिक संघ संस्थाबाट सम्मानित विशिष्ट विद्वान्द्वारा रचित गीता पद्यहारद्वारा सम्मान २०७५, काठमाडौँ महानगरपालिकाद्वारा सम्मान, २०७५ रत्नराज्य माध्यमिक विद्यालयद्वारा तीज विशेष सम्मान, श्री रत्नराज्य माध्यमिक विद्यालयका विद्यार्थीद्वारा गुरुसम्मान, २०७५ ,पाँचथर स्रष्टा सम्मान, २०७४, श्री रत्नराज्य माध्यमिक विद्यालयद्वारा दाता सम्मान, २०७४ ,मरत्नराज्य माध्यमिक विद्यालयद्वारा उत्कृष्ट महिला वर्ष पुरस्कार, २०७४ जस्ता सम्मान र पुरस्कारहरू प्राप्त गरेकी छन् ।

त्यसैगरी रत्नश्री आमा समूहद्वारा सम्मान, २०७४,नेपाल शिक्षक संघद्वारा सम्मान, २०७२ , खड्गराज खरेल,मनकुमारी तथा नारायणीदेवी प्रतिष्ठानद्वारा अभिनन्दन, २०७१,पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालद्वारा सम्मान, २०७०, पञ्चकुमारी महिला विकासद्वारा सम्मान, २०६९, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालद्वारा सम्मान, २०६९, महिला शिक्षक समाजद्वारा सम्मान, २०६९ सामुदायिक विकास तथा सेवा समितिद्वारा सम्मान, २०६९,  पञ्चकुमारी सामाजिक गुठीद्वारा सम्मान, २०६९,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.द्वारा सम्मान, २०६९, ॐ उपकार वचत तथा सहकारी संस्था लि. द्वारा सम्मान, २०६९  ,महिला शिक्षक समाजद्वारा सम्मान,२०६९, श्री रत्नराज्य माध्यमिक विद्यालयका छात्रछात्राद्वारा सम्मान, २०६९, कटुञ्जे घट्टेकुला खानेपानी जलस्रोत समितिद्वारा सम्मान, २०६७ बानेश्वर साहित्यिक मञ्चद्वारा सम्मान, राष्ट्रिय विकाश तथा सम्मान केन्द्रद्वारा सम्मान, २०६५ राष्ट्रिय शिक्षा पुरस्कार, २०५८ जस्ता विविध राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेकी छन् । यसबाट उनको शिक्षा, समाज र साहित्यिक क्षेत्रको योगदानको गरिमालाई प्रतिबिम्बन गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

You might also like