बूढानीलकण्ठ मा.वि.काठमाडौँको सफलताको कथा

 

बूढानीलकण्ठ मा.वि.काठमाडौँको सफलताको कथा

१. विद्यालयको संक्षिप्त इतिहास

बूढानीलकण्ठ नगरपालिका स्थित  यस विद्यालयको  विगत खोतल्दा वि.सं. २०२१ सालतिर राजा महेन्द्रबाट बेलायती महारानीसँग एउटा आदर्स विद्यालय खोल्न अनुरोध भए अनुसार २०२१  सालमै  स्वीकृत हुन पुगेको देखिन्छ । जसमा बेलायती भूगोलबेत्ता जोन टाइसनले विभिन्न क्षेत्रको सम्भाव्यता अध्ययन गरेकोमा यस क्षेत्रलाई छनोट गरेर विद्यालयको स्थापना हुन पुगेको पाइयो। यसै सालबाट विद्यालयमा पठनपाठन सुरु भएकोमा त्यसबेला विद्यालयको एउटा भवन, एक दर्सन जति शिक्षक र ८२ जना विद्यार्थी रहेका थिए भने वि.सं. २०३६ सालमा एस. एल. सी. परीक्षामा यस विद्यालयको सहभागिता हुँदा १३ जनामा ११ जना  एस एल सी बोर्डमा परेर सफलताको इतिहास रच्न पुगेको थियो ।

वि.सं. २०३७ सम्ममा विद्यालयमा ४७५ विद्यार्थी पुगेको थियो भने यस बेलासम्ममा विद्यालयमा केटाको लागि ४ वटा छात्रावास बनेको थियो । वि.सं. २०४० मा जोन टाइसन आएर विद्यालयको प्रिन्सिपलको जिम्मेवारी वहन गर्नका साथै विद्यालयको शिक्षणका माध्यमलाई अंग्रेजी बनाए र उनले नै यस विद्यालयको स्वामित्व नेपालीलाई हस्तान्तरण गर्न जनशक्ति विकासको तालिमको परियोजना ल्याए । यसै विद्यालयमा पढेका विद्यार्थीहरुलाई नै बेलायतमा पढ्ने र विद्यालयमा शिक्षकको जिम्मेवारी दिने कार्य गरेका थिए । वि.सं. २०४२ सालबाट नै विद्यालयमा बेलायतको क्याम्ब्रिज विश्वविद्यालय ए लेभल कक्षा सन्चालन भयो जसमा १४ जना यसै विद्यालयका विद्यार्थीले अवसर प्राप्त गर्न पुग्यो भने त्यसबेलमा विद्यालयको विद्यार्थी संख्या ६०० जति पुगेको देखिन्छ ।

वि.सं.२०४८ सालमा विद्यालयलाई सहविद्यालयको रूपमा स्थापना गर्न ११ जना छात्रालाई भर्ना लिएको थियो भने छात्राका लागि छात्रावासको निर्माण गरिएकोमा यसको उद्घाटन बेलायती युवराज्ञी डायनाबाट भएको पाइयो । वि.सं. २०५५ सालमा छात्राको लागि अर्को छात्रावास निर्माण भई यसको उद्घाटन तत्कालीन सम्मानीय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट भयो देखिन्छ । वि.सं. २०६२ सालमा कक्षा ४ बाट विद्यार्थीको प्रवेश गराउन छोडेर कक्षा ५ बाट नयाँ विद्यार्थीको भर्ना गरी अध्यापन गर्न थालिएकोमा हालसम्म सोही व्यवस्था कायम रहेका पाइन्छ । यसै वर्षदेखि जम्मा नयाँ विद्यार्थी ९९  जना वार्षिक भर्ना लिने गरेकोमा १२० जना विद्यार्थीलाई भर्ना गरिन थाल्यो भने हाल १३० जना विद्यार्थी वार्षिक भर्ना लिने गरेकोमा निजी शुल्क तिरेर पढ्ने ९० जनालाई विद्यालयले प्रत्येक वर्ष खुला प्रतिस्पर्धाबाट छनोट गरिन्छ भने बाँकी ४० जना विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी शिक्षा मन्त्रालयको छात्रवृत्ति पाउने गरी छनोट हुन्छन् भने यस परीक्षाको सञ्चालन र व्यवस्थापन शिक्षा मन्त्रालयबाट हुने गर्छ ।

नयाँ विद्यार्थी भर्ना छनोटको क्रममा ४० प्रतिशत छात्रा र ६० प्रतिशत छात्र रहने गरेका छन् । हाल  विद्यालयमा १०८७ जना अध्ययनरत रहेका छन्, शिक्षक कर्मचारी गरी २५० भन्दा बढी रहेको देखिन्छ जसमा आवासीय विद्यालय भएकोले शिक्षक विद्यार्थी आवासमा नै बस्नुपर्ने व्यवस्था गरिएको पाइयो ।

२. विद्यालय विद्यमान अवस्था

यस विद्यालयको वर्तमान अवस्था अन्तर्गत विद्यालयको दुरदृष्टि, विद्यालयको दर्शन, भौतिक,  व्यवस्थापन, शैक्षिक, शिक्षक व्यवस्थापन, परीक्षा र गुणस्तरको पाटोबाट हेरिएको छ ।

क) विद्यालयको दुरदृष्टि (Vision)

नमुना विद्यालय बनाएर सर्वागीण विकास गर्ने, योग्यतम विद्यार्थी छानेर लिने, जीवनका हरेक पक्ष समेटका विद्यार्थी गरीबदेखि गरीब र धनीभन्दा धनी, जातिभाषी र वर्गको समावेश गर्ने र एकतामा बाँड्ने, समानताको भावना जगाउने ।

ख) विद्यालयको दर्सन( Philosophy)

Equality is the best philosophy. We respect diversity and believe in simple living thinking high.

राजा महेन्द्रबाट बच्चादेखि नै सबै खाले बच्चाहरूलाई राखेर पढाएमा समानताको भावना जगाउनका लागि यस किसिमको विद्यालयको परिकल्पना गरेर स्थापना भएको भन्ने विद्यालयको इतिहास अभिलेखित भएको पाइन्छ । तसर्थ यस विद्यालयमा अहिले पनि सबै जाति, भाषा, वर्गको विद्यार्थीलाई समान व्यवहार गर्ने,  विद्यार्थीको रोल्नं र पहिलो नाम मात्र प्रयोग गर्ने उदाहरणको लागि ८००१ विवेक भनेर विद्यार्थीलाई चिनाउने गरेको छ भने उसको पूरा नाम कार्यालयको अभिलेखमा रहने गर्छ ।

ग) विद्यालयको भौतिक अवस्था

विद्यालयको जग्गा जम्मा ५७० रोपनी रहेको देखिन्छ । सुरुमा यस ठाउँमा बस्ती नभएको, विद्यालयको स्थापनासँगै मानिसको बसाइ हुन थालेको, रोजगारीकै सिलसिलामा यस ठाउँमा बसाइको विस्तार भई सहरीकरण भएको देखिन्छ । प्रस्तुत भएको विद्यालयको वरिपरिको पुराना तस्वीरले विद्यालयको आसपासको क्षेत्रमा बस्ती नभएको, शिवपुरी डाँडा पनि नांगै रहेकोमा नेपाली सेनाले शिवपुरी जलाधार निर्माणसँगै विरुबा रोपी वनको विकास गरेको देखिन्छ भने हाल शिवपुरी राष्टिय निकुन्ज नै घोषित भई यो क्षेत्र सुन्दर हरियाली शिवपुरी वनको काखमा अवस्थित रहेको देखिन्छ भने विद्यालयको कम्पान्ड पनि युवराज दीपेन्द्र र निराजनको अध्ययन यस विद्यालयमा भएको बेला निर्माण गरिएको विद्यालयको गौरवमय इतिहास रहेको पाइन्छ ।

अहिले विद्यालयको भवन, छात्रावास र चर्चेको क्षेत्रबाहेक खाली जमिन पनि रहेको देखिन्छ।विद्यालयमा पर्याप्त कक्षाकोठाहरु, शिक्षक आवास, छात्रावास, विश्रामस्थल, स्वीमिड पुल, खेल मैदान रहेको पाइयो भने विद्यार्थीहरुले मकै खेती गरेको पनि पाइयो ।शिक्षा मन्त्रालयका सहयोगमा विद्यालयमा थप छात्रावास निर्माणाधीन रहेको पाइयो ।

घ) विद्यालयको  प्रशासन तथा व्यवस्थापन

अ) विद्यालयको बोर्ड, समिति र कार्यकारी अंगहरु

विद्यालय सन्चालनको सुरुवाती अवस्थामा यसको मुख्य सञ्चालन व्यवस्थापनको अवयवमा बोर्ड अफ गभर्नेन्स रहेकोमा पहिलो अध्यक्ष चन्द्रकला किरण रहेकोमा पछि प्रा.डा. सुरेशराज शर्मा, डा. सुरेश चालिसे लगायतका व्यक्तित्वहरूबाट यसमा अध्यक्षता गर्न पुगेको देखिन्छ जसमा चिफ मिसन अफ ब्रितिश काउन्सिलको प्रमुख पदेन सदस्यमा रहने गर्दथ्यो ।

शिक्षा ऐनको पछिल्लो संशोधनसँगै विद्यालय गुठीअन्तर्गत दर्ता भएको सञ्चालन भएकोले यसमा गुठीयार र विद्यालय व्यवस्थापन समिति रहेको पाइयो । विद्यालयमा कक्षा ११ र १२ सञ्चालन हुन थालेपछि उच्च माध्यमिक शिक्षा परिषद्को प्रतिनिधि हुन थालेको, अभिभावको प्रतिनिधित्व रहने गरेको पाइन्छ । विद्यालयको बोर्ड अफ गभर्नेन्स वा गुठीको अध्यक्षता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव रहन्छ भने सदस्यमा अर्थ मन्त्रालयका सहसचिव, अभिभावकको सदस्यता, विद्यार्थी अल्मुनाइको सदस्यता, मनोनीत शिक्षाविद् रहने गरेका छन् भने विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शिक्षा मन्त्रालयको सहसचिव रहने गरेको देखिन्छ । ५ वर्षदेखि शिक्षा मन्त्रालयको सहसचिव पदेन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहने गरेकोमा पदेन बाहेक अन्य सदस्यको पदावधि २ वर्षको रहने गरेको छ ।

आ) विद्यालयको प्रशासनको प्रशासनिक संरचना

यो पनि पढ्नुहोस

विद्यालयको संगठनात्मक संरचनालाई हेर्दा गुठियार समिति, विद्यालय व्यवस्थापन समिति पछि प्रिन्सिपल रहेका छन्।यसका लागि विद्यालयमा विद्यालयको विधान, शिक्षक व्यवस्थापनसम्बन्धी नियम र आर्थिक नियम रहेको छ । अधिकारको दृष्टिले गुठियार समितिले नीति निर्माण गर्ने बजेट पास गर्ने, समितिको परिवर्तन जस्ता कार्य गर्दछ भने विव्यसले नीतिको कार्यान्वयन गर्ने, शिक्षक नियुक्ति, बढुवा, पुरस्कार प्रदान गर्दछ । यसमा प्रअले विद्यालयको दैनिक प्रशासन सन्चालन तथा व्यवस्थापनको कार्य गर्दछ । विद्यार्थीको छनोट सम्बन्धी पूर्ण अधिकार प्रिन्सिपललाई दिइएको छ निर्धारित नियमभित्र रहेर सोको कार्यको सम्पादन गरिन्छ ।

विद्यालय व्यवस्थापन समूहले प्रअलाई सल्लाह दिने कार्य गर्छ भने प्रमुख प्रशासकीय अधिकृतले आर्थिक प्रशासनको कार्य गर्दछ । अभिभावक संगठनलाई कमै अधिकार छ तथापि महिनाको १ पटक बैठक बस्ने गरेको छ ।

ङ) शिक्षक व्यवस्थापन

सुरुमा बेलायती शिक्षकको वर्चश्व रहे पनि पछि नेपाली शिक्षकलाई बेलायतमा तालिम दिएर सक्षम बनाएको देखिन्छ । अन्य शिक्षकको हकमा बजारबाट योग्य शिक्षकलाई लिएर तालिम दिई विद्यालय आवश्यकतानुकूल बनाउने गरेको छ ।

  • शिक्षक प्रोत्साहनको लागि थप कार्यको थप सुविधाको व्यवस्था
  • विद्यालय दिवसमा सम्मान तथा पुरस्कारको व्यवस्था
  • शिक्षकका २ जनासम्म बच्चालाई ट्यूसन शुल्क नलिने
  • देश विदेशमा तालिम र अध्ययनको अवसर
  • शिक्षकको बढुवा,
  • उपादानको व्यवस्था,
  • हाउस प्रमुखलाई थप सुविधाको व्यवस्था,
  • अवकाश कोषको व्यवस्था ।

च) परीक्षा व्यवस्थापन

यस विद्यालयमा परीक्षाको सञ्चालन र व्यवस्थापनका केही विशेषताहरू देहायअनुसार छन्-

  • विद्यार्थी भर्नाको परीक्षा सन्चालन
  • सेमेष्टर प्रणालीको व्यवस्था
  • मासिक २ पटक आन्तरिक परीक्षा
  • कक्षा ८ को नगरपालिका, एसइइ, कक्षा ११ र १२ तथा ए लेभलको परीक्षा सञ्चालन ।

३. विद्यालयको गुणस्तर तथा सिकाइ उपलब्धि व्यवस्था

विद्यालयले देशकै नमुना सामुदायिक मात्र होइन सफल र ऐतिहासिक विद्यालय कायम गर्न सक्नुका भित्री रहस्यलाई निम्न रूपमा प्रस्तुत गरिएको छ।

क्र.सं. शैक्षिक गुणस्तरका रणनीति कार्यनीति क्रियाकलाप
१. Student Intake Ø कक्षा ५ मा नयाँ विद्यार्थी भर्ना गर्ने, १३० जनामा ४० जना शिक्षा मन्त्रालयबाट विभिन्न जिल्ला, वर्ग, जाति समेट्ने गरी छनोट तथा ९० जना विद्यालयले खुला प्रतिस्पर्धाबाट,

Ø परीक्षाको प्रश्नावली, परीक्षा सन्चालन, परीक्षणको निश्चित मापदण्ड पालना गरिएको

Ø औसत अंक प्राप्त गरेपछि उच्चतम योग्यताको आधारमा विद्यार्थी छनोट

Ø ए लेभलको लागि कक्षा ९ र १० मा प्राप्त गरेका सिकाइ उपलब्धिलाई समेत आधार मानेर छनोट गरिने, न्यूनतमा अंक विज्ञान बाहेक ६५ प्रतिशत र विज्ञानका लागि ७० प्रतिशत ।

 

२. शिक्षणसिकाइमा सुधार Ø विद्यालयमा सेमेस्टर प्रणाली

Ø प्रति महिना विद्यार्थीलाई ग्रेडिड गरिन

Ø क) राम्रोलाईः M

Ø ख) नराम्रोलाइः D

Ø हरेक महिना २ वटा टेस्ट लिइएको, यसमा बहस, हाजिरी जवाफ, गृहकार्य

Ø १३ वटा समूह रहेको, यसले ग्रेड समीक्षा गर्ने, यसमा ५ जना शिक्षक रहने, २० जना विद्यार्थी रहने, विद्यार्थीले ट्युटरसँग सल्लाह लिन्छन्

Ø विषय शिक्षकले विषयगत प्रगतिको सेमेस्टर परीक्षापछि रिपोर्टिङ गर्नुपर्ने

क) Award System Ø राम्रो काम गर्नेM Principal Merit Group

Ø कमजोर M Progressing grade

 

ख) Special support to Weak students Ø Remedial class by teacher : Prep and Quiez गर्ने,

Ø Help provided by academic project

Ø Support from HoH and Tutor

Ø Support by normal timing of school

Ø support by talent weak student or peer learning

Ø Parent meeting and discussion about progress of children

ग) Improving Behavours Ø Merit and Demerit system

Ø Highest merit get prizes individully by VP

Ø Highest Merit group get prizes from HOH : Group of house

Ø Handwriting competion

३. Classroom activities Ø प्रयोगात्मक कक्षाः कम्प्युटर र विज्ञान

Ø Audiovedeo learning

Ø Picture talking, listening and speaking test

Ø Library class 2 a week

Ø IT Time  in  Holiday

Ø A level or 11 , Labtop and tab

Ø No Mobile facility but Phone facility

Ø LRC or learning Resource centre बाट विद्याथीले खोजेर अध्ययन गर्ने

Ø using Multitextbook and supplymentary materials

४. Linkage with society Ø महिनाको १ पटक घर जाने

Ø सहक्रियाकलापः खेल खेल्नै पर्ने, पौडी खेल्नुपर्ने,

Ø हाउसअनुसार कल्चरल सो गर्नुपर्ने

Ø शैक्षिक भ्रमणमा लाने

Ø पहिला पहिला अभिभावकलाई पत्राचार गर्नुपर्ने

५. Learning Achievement Ø 70-90 percent Arerage all class, level , per student

 

४. विद्यालयको समस्या

विद्यालय प्रअकाअनुसार देशको परिवर्तित शासकीय व्यवस्थाक साथै समयसन्दर्भन्य देहायका समस्याहरू विद्यालयमा आइपरेको देखिन्छः

  • पुनसंरचित अवस्थामा नगरपालिकाभित्र रहने कि संघमा भन्ने अन्योलता
  • त्बभिलत शिक्षक आउन नचाहने
  • जनशक्ति व्यवस्थापन गर्न कठिन
  • शिक्षकलाई समय व्यवस्थापन गर्न कठिन ।
  • विद्यार्थीले कक्षा छोड्ने गरेको जस्तो ः बसाइसराइ,
  • अपांग र प्रतिभावानका लागि विशेष व्यवस्था नभएको,
  • छात्रवृत्तिअन्तर्गतको सही विद्यार्थी छनोटमा समस्या
  • अझैसम्म राउटे र कुसुन्डालाई समेट्न नसकेको

४ . विद्यालयको भावी सोच

विद्यालय प्रअकाअनुसार विद्यालयको भावी सोच निम्मअनुसार रहेको पाइयोः

  • केन्द्र सरकारको मातहतमा राखी सातै प्रदेशमा शाखा खोल्ने
  • संघको पाठ्यक्रम र शिक्षा पद्धति लागू गर्ने
  • शिक्षकका लागि त्भबअजभच तचबलष्लन ध्ष्लन खोल्ने
  • च्भकभबचअज ध्ष्लन अखखोल्ने
  • सरकार तथा अभिभावकको शुल्कबाट बजेट व्यवस्थापन गर्ने ।

स्रोतः शिक्षा सेवाको उपसचिवको तालिमा विद्यालय अध्ययन भ्रमणको क्रममा तयार पारिएको अध्ययन प्रतिवदेन, प्रिन्सिपल केशर खुलालको प्रस्तुतिमा आधारित, २०७५।०२।०२)

 

           

 

 

You might also like