मन्डनदेउपुर नपामा तामाङ/गुरूङ/दनुवार र स्थानीय विषय पठनपाठन हुँदै

    

मन्डनदेउपुर नपामा तामाङ/गुरूङ/दनुवार र स्थानीय विषय पठनपाठन हुँदै

मन्डनदेउपुर, २०७७ साल चैत्र २३ गते ।

नेपाल तामाङ घेदुङको संयोजन, भाषा आयोगको प्राज्ञिक तथ प्राविधिक सहयोग र स्थानीय मन्डनदेउपुर नगरपालिकाको सहकार्यमा २०७७ साल चैत्र २३ गतेका मन्डनदेउपुर नगरपालिकामा दिवसीय कार्यक्रम (२०७७।१२।२३-२८) को स्थानीय भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा कार्यक्रमको पहिलो दिनको कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा नेपाल डोने समाज र तमु ह्युल छोज धीको समेत सहकार्य रहेको थियो । उक्त कार्यक्रममा नगरपालिकाका सबै बालबिकास केन्द्रका सहयोगी कार्यकर्ताहरूको सहभागिता रहेको थियो । तामाङ भाषाका पाठ्यपुस्तक लेखक श्री प्रतीक तामाङ ङेसुरबाट सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता नेपाल तामङ घेदुङको केन्द्रीय कार्य समितिका महासचिव श्री महितकुमार तामाङले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि मन्डनदेउपुर नगरपालिकाका मेयर श्री टोकबहादुर वाईबा रहनुभएको थियो । कार्यक्रममा विज्ञका रूपमा भाषाविद अमृत योञ्जन तामाङका साथै भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख एवम् मातृभाषा शिक्षा विज्ञ डा.लोकबहादुर लोप्चनको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा नेपाल डोने समाजका केन्द्रीय अध्यक्ष श्री राजन डोने र कान्छा दनुवारका साथै गुरूङ भाषा विषय पाठ्पुस्तक लेखक शिक्षक श्री दिलबहादुर गुरूङ रहेका थिए । स्थानीय तामाङ घेदुङका अध्यक्ष श्री संगम तामाङ रहेका उक्त कार्यक्रममा नगरपालिका शिक्षा समितिका पदाधिकारीका साथै वडाध्यक्षहरूको समेत उपस्थिति रहेको थियो ।

नगर शिक्षा प्रमुख श्री लोकेन्द्र विस्टको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा उनले नगरपालिकाले आगामी शैक्षिक सत्र २०७८ असारबाट यस नगरपालिकाका सबै विद्यालयका कक्षा १-३ सम्म बहुभाषिक शिक्षा लागू हुने बताउनुभयो । साथै नगरपालिकाका सबै विद्यालयहरूमा तामाङ/दनुवार/गुरूङका साथै स्थानीय विषयको  पाठ्यक्रम र पाठ्यपुस्तक वा कार्यपुस्तिका तयार पारी आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयहरूमा लागू हुने कुरा जानकारी दिनुभयो । तत्पश्चात बालकक्षामा पठनपाठन गर्ने सहभागी सहयोगी कार्यकर्ता वा शिक्षकसँग परिचयात्मक अन्तर्क्रिया सञ्चालन भयो । सहभागी शिक्षककाअनुसार घरमा मातृभाषा बोल्न छोडिएको, विद्यालयमा नेपाली र अङ्ग्रेजी भाषालाई प्राथमिकता दिइएको र मातृभाषा/स्थानीय विषयका रूपमा अङ्ग्रेजी विषयको पठनपाठन गरिरहेको विषयको उठान गरे । साथै कतिपय शिक्षकले तामाङभाषी विद्यार्थी भएको कक्षामा तामाङ र नेपाली दुवै भाषा बोलेर पठनपाठन गर्ने गरेको पाइयो । एकल नेपाली वा अङ्ग्रेजी माध्यम भाषाको कारण मातृभाषी विद्यार्थीलाई जटिल भएको हुँदा गैर तामाङभाषी शिक्षकले तामाङ भाषाका शिक्षकलाई सोधेर विद्यार्थीलाई तामाङ भाषालगायत अन्य मातृभाषाको  माध्यममा पनि सहजीकरण गर्दै आएको पाइयो । भाषिक माध्यमको क्रमबद्धता र सोसम्बन्धी तालिम प्राप्त नहुँदा भाषिक प्रयोगमा अलमलिएको र अभिभावकहरूमा अङ्ग्रेजी मोह रहेको जस्ता विषय पनि अन्तर्क्रियामा उठेको थियो ।

यो पनि पढ्नुहोस

विज्ञको तर्फबाट कार्यक्रममा भाषाविद् अमृत योञ्जन तामाङले मातृभाषा, सरकारी कामकाजको भाषा, विदेशी भाषाका साथै शास्त्रीय भाषा गरी ४ प्रकारका भाषाहरू रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको संविधान र ऐन कानुनमा नै बहुभाषिक नीति भएको हुँदा आइन्दा विद्यालयका साथै  सरकारी कामकाजको माध्यम भाषा एकल नभई बहुभाषिक माध्यम हुने बताउनुभयो । त्यसैगरी गैर नेपालीभाषी विद्यार्थीलाई नेपाली भाषा सिकाउँदा शिक्षकले दोस्रो भाषाको रूपमा शिक्षण गर्दा विद्यार्थीको लागि लाभदायक हुने विचार व्यक्त गर्नुभयो । त्यसपछि भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख तथा मातृभाषा शिक्षा विज्ञ डा.लोकबहादुर लोप्चनले विद्यालय एक भाषिक हुँदा घरको भाषा मासिँदै गएको बताउनुभयो । उनले खास गरी कक्षा १-३ सम्म बहुभाषिक माध्यम हुने, त्यसपछि मातृभाषा विषयका रूपमा निरन्तरता हुने, बालबालिकाका जुन भाषा छ त्यो भाषासहित नेपाली वा अङग्रेजी भाषाको सँगसँगै पठनपाठन गर्ने भाषिक व्यवस्थापन नै बहुभाषिक शिक्षा हो भन्नुभयो । बहुभाषिक शिक्षाको माध्यमबाट गुणस्तरीय शिक्षा वा हरेक विद्यालय, शिक्षक, विद्यार्थी विषयगत उपलब्धि कार्यक्रम लागू भएपछि प्रतिवर्ष १० % वृद्धि गर्दै जाने नगरपातमा बहुबषि छ त्यो भाषासहित नेपाली वा अङग्रेजी भाषालिकाको सम्झौतामा उल्लेख भएको हुँदा उक्त जिम्मेवारी शिक्षाको जग बसाल्ने जिम्मेवारी बाल कक्षा शिक्षकहरूबाट पूरा हनुपर्ने बताउनुभयो ।

विज्ञको प्रस्तुतिपछि मन्तव्यको क्रममा नेपाल डोने समाजका अध्यक्ष राजन डोनेले यस स्थानीय तहमा दनुवार समुदायको बसोबास रहेको हुँदा उनीहरूका बालबालिकालाई दनुवार भाषा विषय पठनपाठनका लागि नगरपालिकाले गरेको पहल प्रशंसनीय रहेको बताउनुभयो । त्यसैगरी गुरूङ छ्योज धीका पाठ्यपुस्तक लेखक श्री देवबहादुर गुरूङले प्राइभेट स्कुल भए पनि देवदेह गाउँपालिकामा एक विषय गुरूङ भाषा विषय पठनपाठन गरी राम्रो नतिजा प्राप्त गर्दै आएको उल्लेख गर्नुभयो । यस कार्यक्रममा सिकेर देशभरि नै गुरूङ भाषालाई पठनपाठनमा विस्तार गर्न विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवम नगरपालिका मेयर श्री टोकबहादुर वाईबाले यो नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरेको बताउनुभयो । नगरपालिकामा वडा तहमा स्वास्थ्य चौकी स्थापनादेखि शिक्षाका लागि सबै विद्यालयमा पर्याप्त दरबन्दी व्यवस्थाअन्तर्गत माविमा ५ दरबन्दी र निमावि ४ दरबन्दी कायम गरेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्र सुधारको लागि बालकक्षाका शिक्षकका लागि नेपालको श्रम ऐनअनुसार प्रत्येक सहयोगी कार्यकर्ता वा शिक्षकका लागि १३,४५० तलबको व्यवस्था गरेको जानकारी गराउनुभयो ।साथै नगरपालिकामा खेल शिक्षक र सांस्कृतिक शिक्षकको समेत व्यवस्था गरिएको समेत उल्लेख गर्नुभयो । उहाँले शिक्षकका लागि सबै सेवा सुविधा उपलब्ध गरेपछि विद्यालयको सिकाइ उपलब्धि वृद्धि गर्नुपर्ने र आगामी दिनमा प्रअ र शिक्षकलाई कार्यसम्पादन करार गरी नतिजा प्रति उत्तरदायी बनाउने योजना रहेको बताउनुभयो ।

अन्तमा, कार्यक्रमका अध्यक्ष एवम् नेपाल तामाङ घेदुङका केन्द्रीय कार्य समितिका महासचिव महितकुमार तामाङले मन्डनदेउपुर नगरपालिका काभ्रे र  भाषा आयोगको सहकार्यमा मातृभाषा शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्न सफल भएको बताउनुभयो । नेपाल तामाङ घेदुङले भाषा संरक्षण र विकास एवम संरक्षणको लागि लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

You might also like