युनेस्कोबाट अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक(२०२२-२०३२) विषयमा एसिया क्षेत्रीय परामर्श

 

युनेस्कोबाट अन्तराष्ट्रिय आदिवासी भाषा दशक(२०२२-२०३२) एसिया क्षेत्रमा परामर्श

बैङ्कक थाइल्याण्ड, मे १०-११, २०२१

यो पनि पढ्नुहोस

युनेस्कोको एसिया क्षेत्रीय कार्यालय थाइल्यान्डको संयोजकत्वमा अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२-२०३२) को विश्वव्यापी कार्ययोजना निर्माणका लागि रायसुझवा सङ्कलनका लागि भर्चुअल माध्यमबाट मे ११-१२, २०२१ परामर्श कार्यशाला आयोजना गरिएको छ। यस क्षेत्रको आदिवासी भाषाहरूको अवस्था, सम्भाव्यता र कार्ययोजनाको विश्वव्यापी सोच, उद्देश, लक्षित समूह र उपलब्धिमा  समावेश गर्नुपर्ने विषयमा अनलाइन सर्वेक्षण समेत गरिएको थियो । साथै यस परामर्श कार्यशालामा विभिन्न ६ वटा विषयगत क्षेत्रमा भर्चुअल माध्यमबाट जनमत (पोल) सर्वेक्षण गरी कार्ययोजनाका लागि आगामी सोच, लक्ष्य, लक्षित समूह र अपेक्षित उपलब्धिको द्रुत सर्वेक्षण गरी तत्कालै नतिजा समेत  सहभागी समक्ष प्रस्तुत गरी थप विषयवस्तु वा खुला छलफलको माध्यमबाट विभिन्न देशका सहभागीहरूबाट विचार वा सुझाव लिने कार्य गरिएको थियो ।

कार्यक्रममा एसिया क्षेत्रका देशहरूको सरकारी प्रतिनिधि, जातिभाषिक संस्थाका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, भाषाविज्ञ, भाषा र शिक्षाका क्षेत्रमा कार्य गर्ने संस्थासहित भाषिक अध्येताहरूको सहभागिता रहेको थियो । नेपालको तर्फबाट शिक्षा मन्त्रालयका प्रतिनिधि डा.लोकबहादुर लोप्चन, शङ्कर अधिकारी रहेका थिए भने भाषिक अध्येतामा डा.सोमबहादुर धिमालसहित प्यानल छलफलमा इन्दु चौधरीको सहभागिता रहेको थियो। पहिलो दिनको कार्यक्रममा सुरूमा विभिन्न देशहरूमा आदिवासी ज्ञान र भाषाका क्षेत्रमा गरिएका अभ्यास वा प्रयासहरूको श्रव्यदृश्य प्रस्तुत गरिएको थियो । त्यसपछि विभिन देशका आदिवासीसम्बद्ध विज्ञहरूले आफ्नो विचार राखिएको थियो । कार्यक्रमको प्रारम्भमा विचार अभिव्यक्त गर्नेमा भारतका डा.बेन्जामिनसहित ओसीआरका क्रेसिया चिरिजिका साथै युनेस्कोका निर्देशक सिगेरो आयोगी समेत रहेका थिए । दोस्रो चरणमा प्यानल छलफलमा नेपालका इन्दु चौधरीसहित मिस विकी ताउली कर्पज, प्रा.युधो गिरी सायगो र थाइल्यान्डकी भाषाविद् सिवाली रहेका थिए जसलाई बेट्रिसले मोडेरेसन गरेकी थिइन् । तत्पश्चात सहभागीहरूलाई प्रत्यक्ष सर्वेक्षणमा सहभागी गराई विषयगत क्षेत्रमा राय सङ्कलन गरिएको थियो । जसलाई युनेस्कोका मिङ ककले मोडेरेशन गरेका थिए । अन्तमा युनेस्कोका मिसाक आइटिओले दिनभरिको क्रियाकलापको सारांश प्रस्तुत गर्दै मे ११ मा पनि कार्यक्रमको निरन्तरता रहने हुँदा सहभागिताको लागि  आग्रहका साथ पहिलो दिनको कार्यक्रम समाप्त भएको थियो ।

 

 

You might also like