डा.लोप्चन लिखित गाइने दाइको सारङ्गीमा गीत सङ्ग्रह विमोचित

 

डा.लोप्चन लिखित गाइने दाइको सारङ्गीमा गीत सङ्ग्रह विमोचित
काठमाडौँ २०७८ साल बैशाख १० गते ।
गीतकार डा.लोकबहादुर लोप्चनबाट लिखित र बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.काठमाडौँबाट प्रकाशित १०१ वटा गीतहरू समेटिएको गाइने दाइको सारङ्गीमा गीत सङ्ग्रह तामाङ राष्ट्रिय पुस्तकालयमा जापानका पूर्व राजदूत डा.गणेश योञ्जनबाट विमोचन भएको छ। उक्त कार्यक्रम तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योञ्जनको अध्यक्षता सञ्चालन भएको थियो भने कार्यक्रममा तामाङ लेखक, कलाकार र भाषा संस्कृतिकर्मीहरूको उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय पुस्तक दिवसको सन्दर्भमा तामाङ लेखनसम्बन्धीछलफल गरिएको उक्त कार्यक्रममा भाषाविद अमृत योञ्जन तामाङले तामाङ पुस्तकालयको ५ वर्षे रणनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने सहभागी लेखकहरूबाट लिखित रूपमा सुझाव समेत लिइएको थियो । पुस्तक विमोचन कार्यक्रममा भने गीतकार डा.लोप्चन, प्रमुख अतिथि डा.गणेश योञ्जन र भाषाविद अमृत योञ्जन तामाङले मन्तव्य राख्नुभएको थियो ।उक्त गीत सङ्ग्रहको भूमिका लेखन वरिष्ठ सङ्गीतकार प्रदीप बमजन र शुभकामना मन्तव्य गीतकार प्रा.डा.कृष्णहरि बरालले लेख्नु भएको छ ।यसअघि डा.लोप्चनको दोर्जे सरको पदचाप नाटक प्रकाशित छ ।

You might also like