बझाङ । अमेरिकाको बिभिन्न स्थानमा रहे बसेका नेपालीहरुले बझाङको केदारस्यु मल्लेसीका पहिरो पीडितलाई आर्थिक सहयोग रकम प्रदान गरेका छन । अमेरिकाको टेक्सास स्टेटमा स्थाई रुपमा बसोबास गर्दै आएका तत्कालिन खप्तडछान्ना गाउपालिका ५, छोटाखेत निवासी हरिश उपाध्यायको सकृयतामा आर्थिक सहयोग गरिएको हो ।
उपाध्यायले सामाजिक सन्जाल फेसबुक मार्फत मल्लेसीको पहिरो पिडीतहरुका लागी राहत संकलन अभियान सन्चालन गरेका थिए । अमेरिकाका बिभिन्न शहरमा बसोबास गर्ने ३२ जना र एनआरएन युएसएले सहयोग गरेका थियो । जम्मा गरी दुई लाख उनन्तिस हजार एक सय सहयोग रकम बिहीवार बाढी पीडित पिपत ब्यवस्थापन समिती केदारस्यु ८ मल्लेसी बझाङको राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय चैनपुर बझाङको खाता न ४११००१००४६०१ मा जम्मा गरिएको छ । एनआरएन युएसएका अध्यक्ष सुनील शाहले यसरी एनआरएन युएसएका तर्फबाट सहयोग गरि सुदुरपश्चिम बझाङका मल्लेसी बासीलाई सानो रकम भए पनी सहयोग गर्न पाउदा खुसी लागेको र बाढीपीडितको घाउमा मलमपट्टी हुने अपेक्षा लिएको बताए । सानो(सानो रकम सो रकम संकलन गर्न हरीश उपाध्याय र प्रताप गुरुधामी लगायात व्यक्तिहरुको अग्रणी भूमीका रहेको थियो ! उक्त रकम प्राप्त गरी समितीको खातामा हरिशका भाई बसन्त पाध्यायले हस्तान्तरण गरेका थिए । देशमा बिधमान निषेधआज्ञा तथा लकडाउन जस्ता असहज परिस्थितीले गर्दा मनीग्राम मार्फत हरिश उपाध्यायले पठाएको रकम खातामा हस्तान्तरण गर्न केही कठिनाई र ढिलाई भएको बसन्त उपाध्यायले बताए । साथै सुदुरपश्चिम समाज अमेरिकाले पनी यसरी नै रकम संकलन गरी सोही स्थानका बाढी पीडितलाई सहयोग गरी चाडै एकलाख रकम हस्तान्तरण गर्ने सुदुरपश्चिम समाज अमेरिका अध्यक्ष्य प्रेम शाहीले जाकारी दिनुभयो । हरीश उपाध्यायलाई जानकारी गराएको र सो सहायोग रकम पनी यसरी नै उपलब्ध गराउने निज उपाध्यायले बताएका छन ।