सिदार्थको ताल्चेली घिसिङ-२ सार्वजनिक

 

सिदार्थको ताल्चेली घिसिङ-२ सार्वजनिक

सविन घिसिङ, बहुभाषिक शिक्षा, सम्वाददाता ।

गायक सिद्धार्थ घिसिङको ताल्चेली घिसिङ -२ सेलो पप गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ। गायक घिसिङको आफ्नै शब्द, संगीत र आवाज रहेको यस गीतमा संगीत संयोजन पवन वाङ लामा घिसिङको रहेको छ । गीतको म्युजिक भिडियोमा उत्कृष्ट प्रेमील भावमा मोडेलद्वय वसन्त तामाङ र नम्रता बूढाथोकीको अभिनय देख्न सकिन्छ।मोडेल तामाङ र बूढाथोकी यस अघि पनि म्युजिक भिडियोमा अभिनय गरिसकेका अनुभवी कलाकारहरू हुन् । दृश्य छायांकन मनोज बान्तवा राई र दुर्गा राईले गरेका हुन् भने कलाकारहरूको वास्तविक कलाकारिता उतार्न कोरियोग्राफी र निर्देशन भने सन्दीप फागमी मगरको रहेको छ। यस गीतमा गायक घिसिङको गायन र संगीत पक्ष तारिफयोग्य रहे पनि शब्द चयनमा भने एकाध हरफहरूमा चुकेको देखिन्छ तर युवा कलाकारहरूको बेजोड सम्मिश्रण रहेको यो म्युजिक भिडियो समग्रमा राम्रो बनेको छ।उसै त घिसिङले यस अघि नशालु नयन, भेट्ने मन छ तिमीलाई, पुर्नेको जुन जस्तै, हिँड्छ्यौ बाटो, ताल्चेली घिसिङ-१ लगायत सेलो, पप, आधुनिक गरी दर्जनौँ गीतहरू बजारमा ल्याइसकेका छन् र दर्शक स्रोताहरूको मनमा आफ्नो परिचय बनाई सकेका छन्। रामेछाप खाँडादेवी-६ कुवापानीमा जन्मेका गायक घिसिङले आफ्नो पुर्खाको इतिहासलाई उजागर गर्न घिसिङहरूको उद्गम स्थल रामेछाप दोरोम्बा स्थित ऎतिहासिक ताल्च्यो गढीलाई गीतमार्फत् वर्णन गर्ने जमर्को गरेको देखिन्छ।

 

 

 

You might also like