तामाङ फापारे गीत गायन र विचारविमर्श कार्यक्रम सम्पन्न
काठमाडौँ, २९ कार्तिक २०७७।
तामाङ न्हाङखोर र तामाङ डाजाङको सहकार्यमा पहिलो तामाङ लेखक बुद्धिमान मोक्तानको १२१ औं जन्मजयन्तीको अवसरमा कार्तिक २७-२९ गते आयोजित ३ दिने तामाङ फापारे गीत गायन र विचारविमर्श कार्यक्रम सम्पन्न भएको छ ।
पहिलो दिनको कार्तिक २७ गते, २०७७ (12 Nov 2020 ) बिहिबार साँझ ५:००-८:०० सम्म सन्चालन भएको थियो।पहिलो दिनको कार्यक्रममा नेपालका लागि जापानका पूर्व राजदूत डा.गणेश योन्जनज्यूले उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।जसमा विशेष अतिथिमा अन्तराष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा, समाजशास्त्री डा.मुक्त सिं लामा, तामाङ न्हाङखोरका अध्यक्ष भाषाविद् अमृत योन्जन तामाङको उपस्थिति रहेको थियो । साथै शैलुङ अनलाइन र रेडियो हिमालयनबाट प्रतिनिधिको सहभागिता थियो ।कार्यक्रममा तामाङ न्हाङखोरका महासचिव निष्णु थिङले स्वागत मन्तव्य राख्नुभएको थियो । तत्पश्चात बुद्ध योन्जनले फापरे ह्वाइसम्बन्धी वृत्तचित्र प्रस्तुग गर्दै यसको चुनौती र अबको प्रयासका बारेमा विचार राख्नुभएको थियो । साथै अतिथिसहित प्रमुख अथितिले तामाङ फापरे ह्वाइको नामकरण, प्रयोग, चुनौती र भावी दिशासम्बन्धी आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो।कार्यक्रमको दोस्रो सत्र चाहिँ अमृत योन्जन तामाङ सत्राध्यक्षतामा फापरे ह्वाइका गायक गायिकाबाट फापरे ह्वाइमै परिचय दिनुका साथै फापरे ह्वाइ गाइएको थियो । जसमा श्री पोङदिला च्याङ्बा च्यङबा,रामेछाप, श्री सुनीता बल, दोरम्बा, रामेछाप, श्री वैरागी मोक्तान (सुजनकुमार मोक्तान), तिल्पुङ, रामेछाप,श्री संगीता थिङ, मादानकुडारी, काभ्रे , सिन्धुपाल्चोक, श्री तेज योन्जन, रातमाटे, झागाझोली, सिन्धुली, श्री रञ्जना मोक्ताको सहभागिता रहेको थियो । कार्यक्रमको अन्तमा सहभागीसँगको अन्तर्क्रया भएको थियो ।
कार्यक्रमको दोस्रो दिन, कार्तिक २८ गते (13 Nov 2020 ) शुक्रबार समय बेलुकी ५:००-८:०० बजेसम्म सन्चालित कार्यक्रममा विभिन्न फापारे स्रष्टाबाट व्हाइ प्रस्तुति भएको थियो ।यस सत्रका सत्राध्यक्ष श्री जगत दोङ, सञ्चारविज्ञ रहनुभएको थियो। श्री मनमाया योन्जन (तिल्पुङ), श्री भीम बल तामाङ (काभ्रे), श्री माया लोप्चन तामाङ (नुवाकोट) आदि २० जना जतिबाट गायन प्रस्तुतिबा फापरे ह्वाइ गाइएको थियो अन्तमा गायक गायिकाहरूबाट फापरे गीतको समीक्षासहित दोस्रो दिनको कार्यक्र्म सम्पन्न भएको थियो ।फापरे गीत गायन कार्यक्रम राति १० बजेसम्म निरन्तर चलेको थियो।
तेस्रो दिन, कार्तिक २९ गते (14 November 2020 ) शनिबार । समय बेलुकी ५:००-८:०० बजे। तामाङ फापरे ह्वाबारे विचार प्रस्तुतिका कार्यक्रम थियो भने यसका सत्राध्यक्ष मानवशास्त्री डा. मुक्त सिं लामाले गर्नुभएको थियो।कार्यक्रममा फापारे ह्वाइका विज्ञहरू प्रेम लोप्चन सिन्धुपाल्चोक, श्री फुलकुमार बोम्जन, सिन्धुली, श्री पासाङ मोक्तान, पोङदी, रामेछाप, श्री विश्व दोङ, काभ्रेले विभिन्न कोणप्रतिकोणबाट फापरे ह्वाइको बारेमा आफ्नो विचार राखेका थिए।तेस्रो दिनको कार्यक्रमको दोस्रो सत्र फापरे ह्वाइको समीक्षा सत्रलाई डा.लोकबहादुर लोप्चनले अध्यक्षता गर्नुभएको थियो। जसमा निष्नु थिङ सर्लाही, रमेश तामाङ दोलखा, मोक्तान थेबा मकवानपुर र रोशन फ्युबा धादिङले फापरे ह्वाइको समीक्षा गर्नुभएको थियो। डा. लोप्चनले तामाङ भाषाको गीत वाचनसहित दोस्रो सत्रको कार्यक्रम सम्पन्न भएको थियो। त्यसपछि ३ दिने कार्यक्रमको समापन सत्र भाषाविद अमृत योन्जनको अध्यक्षतामा सन्चालित कार्यक्रमको प्रमुख अतिथि जीतविर लामा तामाङ र विशेष अतिथि डा. मुक्त सिं लामाका साथै जापान तामाङ समाजबाट रूविना लामा र अमेरिकाबाट उत्तर अमेरिकी तामाङ समाजका रामबहादुर तामाङसहित दार्जिलिङ उत्तर बङ्गाल विश्वविद्यालयबाट सोनाम लामा हुनुहुन्थ्यो।कार्यक्रमको प्रारम्भमा उत्तर बङ्गाल विश्विवद्यालयका अध्यापक सोनाम लामाले ३ दिने कार्यक्रमको विशेष समीक्षा गर्नुभएको थियो तत्पश्चात फापरे ह्वाइका गायक पोङ्दिला च्याङबा र सुनिता बलले आफ्नो मन्तव्य राख्नुभयो भने कार्यक्रमका प्रमुख अतिथि जीतवीर लामाले फापरे ह्वाई दोलखाको विभिन्न ठाउँमा चाडपर्व र जात्रा विशेष गाइने प्रचलन रहेको बताउँदै यो कार्यक्रम फापरे ह्वाइ र तामाङ जाति समुदायको लागि कोशेढुङ्गा साबित भएको उल्लेख गर्नुभयो । त्यसपछि रमेश तामाङले ३ दिने कार्यक्रमको आयोजकको तर्फबाट समीक्षा गर्नुभएको थियो।अन्तमा यस कार्यक्रमका सूत्राधार एवम भाषाविद अमृत योन्जन तामाङले भर्चुअल माध्यमबाट गरिएको यो कार्यक्रमले ३ दिनसम्म तामाङ फापरे हवाइका साथै संस्कृतिसम्बन्धी विषयमा गाउँदेखि काठमाडौँ नेपालबाहिर छरिएर रहेका तामाङहरूलाई सहभागिता गर्दै सक्रिय गराएको र झकझकाएको विचार राख्नुभयो।तामाङ लोकवार्तालाई आफूहरूले स्कुल, क्याम्पसदेखि विश्वविद्यालयसम्म पठनपाठनको लागि छलफल गरिरहेको बताउँदै त्यसलाई साकार रूप दिन आफूहरू लागी पर्ने र यस्ता कार्यक्रमहरूको निरन्तरताको लागि आफ्नो समूह सदैव तयार रहेको मन्तव्यसहित अन्तमा दिपावलीको शुभकामना प्रदान गर्दै फेरि यसैगरी कार्यक्रममा भेटिने प्रतिबद्धतासहित कार्यक्रमको समापन गर्नुभयो ।