शिक्षा सुधारका नमुनाः मण्डनदेउपुरका निर्वतमान मेयर टोकबहादुर वाइबा

 

शिक्षा सुधारका नमुनाः मण्डनदेउपुरका निर्वतमान मेयर टोकबहादुर वाइबा

 

मण्डनदेउपुर नगरपालिकाका निर्वर्तमान मेयट टोकबहादुर वाईबा राजनीतिक यात्राम २० वर्षसम्मको जनप्रनिधिको भूमिका निर्वाह गरिसक्नु भएको छ। नेकपा एमाले काभ्रे र नेकपा (नेकपा) काभ्रे पार्टी सचिव, अध्यक्ष हुँदै हाल नेकपा समाजवादीका केन्द्रीय सदस्य रहेका वाइबा मण्डनदेउपुर नगरपालिकामा नेकपा एसको प्रतिनिधित्व गर्दै गठबन्धनको तर्फबाट नगर प्रमुख प्रत्याशी छन् ।

आफ्नो अघिल्लो कार्यकालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिई ४ करोड भन्दा बढी प्रत्येक आ.व.मा लगानी गर्ने मेयरका रूपमा उनी चिनिन्छन् । साथै हरेक क्षेत्रमा जनतासँग प्रत्यक्ष सम्पर्क रही काम गर्न मेयरका रूपमा परिचित पनि छन् । लामो स्थानीय राजनीतिक अनुभव, जिल्लास्तरमा राजनीतिक सहकार्य र केन्द्रीय राजनीतिमा समेत पहुँच राख्न वाइबा काभ्रे जिल्लामा तामाङ समुदायको अग्रज राजनीतिक नेता हुन् । उनको पालामा शिक्षा क्षेत्रमा गरिएका नवप्रवर्तनात्मक कार्यहरू निम्न छन्-

मण्डनदेउपुर  नगरपालिका काभ्रेपलान्चोक

बागमती प्रदेश

शैक्षिक गतिविधि (२०७४ देखि २०७८ सम्म)

.शैक्षिक शासन तथा व्यवस्थापन

Ø विद्यालय प्रअसँग नपाले कार्य सम्पादन करार गरिएको  र प्रअले शिक्षकसँग सिकाइ उपलब्धि अभिवृद्धिको लागि करार गरिएको

Ø विद्यालय घेरावार, बाल उद्यान निर्माण गरिएको,

Ø वार्षिक रूपमा शैक्षिक क्यालेण्डर प्रकाशन

Ø शिक्षकको हातमा डायरी र विद्यार्थीको हातमा गृहकार्य डायरी

Ø विद्यालयको स्तर निर्धारणको ढाँचा निर्माण गरी कार्यान्वयन गरिएको

 

‍२.विद्यालय एकीकरण, दरबन्दी मिलान र वितरण

Ø जहाँ विद्यार्थी त्यहाँ शिक्षक कार्यक्रम, नगरपालिकाको स्रोतबाट

क) मावि-१७ शिक्षक, ख) आधारभूत -१४ शिक्षक

Ø विद्यालयको स्तर निर्धारण, कक्षा घटुवा र बढुवा कार्य

Ø ८ वटा सहयोगी कार्यकर्ता दरबन्दी र बाल विकास केन्द्र स्थापना

३.शिक्षक स्वेच्छिक अवकाश कार्यक्रम

Ø शिक्षक स्वेच्छिक अवकाशको प्याकेज ल्याइएको, १ वर्ष बाँकी रहेका शिक्षकलाई रू. १ लाख प्रदान गरिएको

४. विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र पुस्तकालय

Ø ९ वटा विद्यालयहरूमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र पुस्तकालय स्थापना

५. विद्यालय स्वास्थ्य र नर्स कार्यक्रम

Ø ४ वटा विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गरिएको

Ø समावेशी शिक्षा तालिम र मनोपरामर्श तालिम सञ्चालन गरिएको

Ø कक्षा ६-१२ का छात्राहरूलाई स्यानिटरी प्याड वितरण गरिएको।

 

. शिक्षक प्रोत्साहन र कार्य सम्पादन करार

Ø बाबिके सहयोगी कार्यकर्ताको तलब मासिक रू. १४,५००,  मावि कार्यालय सहयोगीका लागि रू. १४००० र विद्यालय लेखा सहायकको रू. १५००० तलब कायम गरिएको,

Ø मासिक रूपमा शिक्षक तलबको निकासाको प्रबन्ध गरिएको

Ø शिक्षक तालिम आवश्यकतामा आधारित भई सञ्चालन गरिँदै आएको

 

७. विद्यालयमा सूचना प्रविधिको प्रयोग

Ø शिक्षक ई हाजिरी (डिजिटल सिग्नेचर) को व्यवस्था

Ø आधारभूत तहको विद्यालयमा पनि क्रमशः इन्टर जडान गरी भर्चुअल सेवा प्रवाह गरिएको

Ø खेलकुद विकासका लागि मेयर कपको व्यवस्था गरिएको

 

८. बहुभाषिक शिक्षा र स्थानीय पाठ्यक्रम कार्यान्वयन

Ø बहुभाषिक शिक्षाअन्तर्गत कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यम

Ø कक्षा १ मा तामाङ र दनुवार विषय पठनपाठनकक्षा १-८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण

Ø कक्षा १-३ सम्म नै मातृभाषामा शिक्षाका लागि कक्षा १  र बाल कक्षाका शिक्षक सहित प्रअलाई परामर्श कार्यशाला सञ्चालन गरिएको,

 

.विद्यार्थी सहायता कार्यक्रम

Ø प्राविधिक उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Ø कक्षा १-५ का विद्यार्थीलाई दिवा खाजाको व्यवस्था

Ø सामुदायिक विद्यालयमा अध्ययन गर्ने उत्कृष्ठ विद्यार्थी छात्रवृत्ति कार्यक्रम

 

१०.तहगत प्रधानाध्यापकको व्यवस्था

Ø माध्यमिक र आधारभूत तहमा तहगत प्रअको व्यवस्था

Ø प्रअसँग शैक्षिक सुधारको करार गरी प्रअ भत्ता मासिक थप १५०० नपाबाट प्रदान गरिएको।

 

११.आर्थिक पारदर्शिकता र विद्यालय लेखा

Ø सामुदायिक विद्यालयहरूको लेखापरीक्षणको लागि आर्थिक सहायता, प्रति विद्यालय रू. ५ हजार प्रदान

Ø सामुदायिक विद्यालयको समयमै लेखापरीक्षण कार्य सम्पन्न

Ø नगरपालिकाबाट लेखापरीक्षक नियुक्ति गरी पठाइएको

१२. विद्यार्थी मूल्याङकन र कक्षागत उपलब्धि परीक्षण

Ø विद्यार्थीको क्षमता परीक्षणको लागि पूर्व एस.ई.ई. परीक्षा सञ्चालन

Ø कक्षा ३, ५ , ८ र १० कक्षाको परिक्षा नगरपालिकाबाट सञ्चालन गरी सिकाइ उपलब्धि स्तर मापन गरिएको

Ø पूर्व एस.ई.ई. परीक्षाको नतिजा विश्लेषण र अभिमुखीकरण गरिएको

Ø

१३.नवप्रवर्तन

Ø नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन, मावि-१, आधारभूत-१, बाल विकास केन्द्र-१

Ø नगरपालिकाका विद्यालयका शिक्षकहरूले हप्तामा पालो पालो गरी अर्को विद्यालयमा पठनपाठन गर्ने व्यवस्था

Ø वैकल्पिक पद्धतिबाट विद्यालयमा पठनपाठन गरिएको

Ø उत्कृत्ठ विद्यालय, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई  सम्मान गरिएको

Ø लिडर विद्यालयको अवधारणा कार्यान्वयन गरिएको

 

१४.अन्य

Ø नगरपालिकाका शिक्षकहरूलाई कार्यसम्पादनमा आधारित सरूवा व्यवस्थापन गरिएको

Ø

 

 

 

 

 

You might also like