शैक्षिक यात्राका घुम्ती र पदचापहरूः प्राप्ति र उपलब्धि

शैक्षिक यात्राका घुम्ती र पदचापहरूः प्राप्ति र उपलब्धि

डा. लोक बहादुर लोप्चन

शैक्षिक यात्रा -१

जिल्ला शिक्षा अधिकारी, ओखलढुङगा

क) पाँचथर शैक्षिक प्रतिबद्धता पत्र -२०६९

शिक्षक सङ्घ सङगठनको सहकार्यः शैक्षिक सुधारका लागि पाँचथर शैक्षिक प्रतिबद्धता पत्र -२०६९

(ख)स्वच्छ र प्रतिस्पर्धाबाट अस्थायी शिक्षक  नियुक्तिको पहल र कार्यान्वयनः

स्वच्छ, प्रतिस्पर्धी र न्यायिक बनाउन, जि.शि.का.ले समन्वय, विज्ञको छनोट जिशिकाले गरेको, तर त्यस कार्यप्रति मिलिभगत तोडिएको हुँदा शिक्षक छनोट स्थलमा बम हान्ने समेत कुरा गरेको, अनियमितिता भएको एउटा नियुक्तिलाई जिशिकाले खारेज गरेको, जिल्ला शिक्षा अधिकारीलाई इलाम र पाँचथरको बीच बाटोमा गाडीसहित जलाउँछु भनी धम्की दिएको, शिक्षा मन्त्री दिनानाथ शर्मालाई भनिएको तर आफ्नो जागिर आफैँ मिलाएर खाने सल्लाह प्राप्त गरेको आफूले मागेको सरूवा नगरिएको, शिक्षा मन्त्रीको पीएले आफ्नो मान्छे नियुक्त गर्न दबाब दिएको तर आफैँले सुरूवात गरेको स्वच्छ शिक्षक छनोट पद्दतिलाई इन्कार गर्न सक्ने कुरा नभएको हुँदा शिक्षामन्त्रीको मान्छे बाहिरिएको, त्यसैलाई इस्यु बनाएर जिल्ला शिक्षा अधिकारीबाट मन्त्रालय तानेर जगेडामा राखेको, यस्तो व्यवस्था थालनीको गर्नु पर्ने कारण एक जना व्याचलर गरेको मान्छे ३ पटकसम्म आफ्नो जिशिअ क्वाटरमा आएर जागिर खुवाउन बारबार अनुरोध गरेको तर आफूले मिलिभगतमा खुवाउन नसक्ने तर तपाईकै कारण म सिस्टम बदल्छु त्यसमा उतीर्ण हुनुहोस् भनिएको र त्यही वचन पूरा गरी पद्धति बसाल्न खोजेको।

ग) बहुअपाङग महेन्द्र तामाङलाई रोजगारी प्रदान र मूढा कोसेली

एक जना बहुअपाङग महेन्द्र तामाङ जसका घरपरिवार अन्य ३ जना भाइबहिनीहरू अपाङग नै थिए।बुबा पनि काम गर्न नसक्ने र आमाको भरमा ज्याला बनी दारूण जीवन बिताइरहेको थिए, उनले एकदिन मकहाँ आएर जागिर मागे।मलाई साँच्चै छोयो किनकि उनको जीवन र पारीवारिक स्थितिले मानवीयता खोज्थ्यो, सहयोग र सहारा माग गर्‍यो मैले उनलाई परामर्श कार्यक्रमअन्तर्गत मासिक ६ हजार तलब खाने गरी नियुक्त गरेर काम दिएँ।उनले केही महिना काम गरे जिशिकामा।त्यसपछि विवाह गरेछन् सरकारी जागिर प्राप्त गरेको कक्षा ९ जति पढेकी एक जना केटीले उनलाई साथ दिएछन्।विवाहपछि श्रीमान श्रीमती नै व्यापार गर्न थालेका थिए पाँचथरको फिदिम बजारमा।म सोधिराख्थेँ के छ महेन्द्रको भनेर।तर मेरो २०६९ मा सरूवा भयो।उनको श्रीमान श्रीमतीले मेरो सरूवाको बारेमा थाए पाई अघिल्लो दिन मेरो आएर एक थान मूढा र टिभिमा छोप्ने लेस मलाई उपहार दिए।त्यतिखेरसम्म उनीहरू बाबाआमा बन्ने तरखरमा थिए।लाग्यो मैले गरेको त्यो सानो जागिर सहयोगले उनको जीवनमा त्यत्रो परिवर्तन आएछ।लाग्छ, उनको त्यो पारिवारिक व्यावसायिक जीवनमा मेरो सानो जोडाइ कति महत्वपूर्ण भएछ।अरू क्यै गर्न नसकि उनको लागि उनीसँग जोडियो तर त्यही नै पाँचथरको लागि मनमा बसेको अविस्मरणीय क्षण बन्यो।आगामी दिनमा थुप्रै महेन्द्र तामाङ जस्ता थुप्रै व्यक्तिहरू हाम्रो प्रतीक्षामा होलान् सकेसम्म जोडिदै जानु मेरो जागिरको दर्वियानसँग मानवीताको कर्तव्य पनि हुँदै जाला।

शैक्षिक यात्रा-२

जिल्ला शिक्षा कार्यालय ओखलढुङगा, जिल्ला शिक्षा अधिकारी

(क) शैक्षिक सुधारका मार्गचित्र तयारी र प्रतिबद्धता  र नमुना विद्यालय घोषणा

 

शिक्षामा गुणस्तरका लागि सिकाइ उपलब्धि सुधार कार्यक्रम सञ्चालनः वि.सं.७३ मिसन ७५ राखिको थियोः जसको अर्थ वि.सं.७१ सालमा थालिएको यो अभियानबाट प्रत्येक विद्यालय, प्रत्येक विषय, प्रत्येक शिक्षक र प्रत्येक विद्यार्थि सिकाइ उपलब्धि लागू गरिएको आधार वर्षको सिकाइ उपलब्धि ५० % मानेर थप २५ वृद्धि गर्ने लक्ष्य राखिएको थियो।जसमा जिल्लका शिक्षक सङ्घसंगठनको सहकार्यमा १० विद्यालय नमुना घोषणा भए, सबै विद्यालयका प्रअहरू उपस्थिति रह्यो।उक्त कार्यक्रम लागू भएको थियो।

कार्यक्रमको प्रभावः जिल्लाका  धेरै विद्यालयहरूको सिकाइ उपलब्धि बढको थियो भने दुई विदयालय दृष्टान्त उत्कृष्ठ भएः

क)वरूणेश्व मावि रामपुर ओखलढुङ्गाः पटक पटक पूर्वाञ्चल प्रथम वा प्रदेश एक कायम भई राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल, अभियानको नतिजा रह्यो।

 

ख)सगरमाथा जनता उमावि ओखलढुङगाः कार्यक्रम

सुरू गरेको अघिल्लो वर्ष वि.सं.२०७० सालको एसएलसी नतिजा १९ प्रतिशत थियो त्यस विद्यालयको तर १ अभियान सुरू गरेको १ वर्षपछि ९० प्रतिशत एसएससीको नतिजा आयो ।

 

ग) नौ महिनादेखि बन्धक जिल्ला शिक्षा कार्यालयख समस्याः हाजिरी भएको ७ दिनमै समाधान

मलाई तात्कालीन सिडिओ सूर्यबहादुर ज्यूले जिशिअसाब ९ महिना जति भयो।शिक्षक अवकाशको एउटा केसले जिशिका बन्धक छ।तपाईले यो समस्या सल्ट्याउन सफल हुनु भयो भने तपाईको ठूलो सफलता हुनेछ भन्नुभएको थियो।त्यही केस मैले ७ दिनमा सल्ट्याएको थिएँ शिक्षक संघसङ्गठनको सहकार्यमा।हुनतः पहिलो सात दिनमा ओखलढुङगाको शैक्षिक क्षेत्रको विषयमा छलफलमा शिक्षक सङ्घले अनुपस्थिति जनाएको थियो।

 

ग) जिशिअलाई ज्यान मार्ने धम्की

कानुन र नियम पालना, अनुगमन र कार्बाहीः मद्यमान गर्ने दुई जना शिक्षकलाई राजीनामा गराएको।एक जना महिला बाल कक्षामा पढाउने।अर्को एक जना पुरूष।एक जना व्यक्ति दुई विद्यालयको विव्यस अध्यक्ष थिए त्यसो नगर्न भन्दा जिशिअलाई मारेर टुक्रा टुक्रा पारेर फालिदिन्छु समेत भन्न भ्याएका थिए ती विद्यालय व्यवस्थापन समितिका अध्यक्षले।जुन मानव अधिकार वर्ष पुस्तक २०७२ मा समेत प्रकाशन भएको छ।

(घ) शिक्षक दरबन्दी मिलानको प्रयास र सरूवाः

शिक्षक दरदन्दी मिलान गरी सबै शिक्षकलाई आवश्यकताको आधारमा व्यवस्थापन गर्ने पहल गरियो तर शिक्षक सङ्घ सङ्गठनको असहमित हुँदा सरूवा गर्न पुग्यो।उनीहरूको भाषामा जिशिअलाई कारबाही भन्थे तर धनुषा तालिम केन्द्रमा सरूवा गरिएको थियो।यसरी मेरो सरूवा कहिले पनि जिल्ला शिक्षा अधिकारीबाट सोही पदमा भएन बरू जिल्ला शिक्षा अधिकारी नबनाएर कतै थन्क्याउने प्रयास गरिएको थियो।

शैक्षिक यात्रा-३

जिल्ला शिक्षा अधिकारी, दोलखा

क)दोलखा शैक्षिक सुधार गन्तव्य प्रारूप घोषणा र कार्यान्वयन

 

दोलखा शैक्षिक सुधार प्रारूप घोषणा र कार्यान्वयन साथमा मनोसामाजिक परामर्शको कार्यक्रम” १० भन्दा बढी विद्यालयहरूले स्वतः नमुना घोषणा गरी कार्यान्वन भयो ।प्रत्येक वर्ष प्रत्येक विद्यालय शिक्षक र विद्यार्थीको प्रत्येक विषय सिकाइ उपलब्धि १०% वृद्धि गर्नुपर्ने लक्ष्य राखी कार्यान्वयन गरिएको थियो।

 

ख)दोलखा साक्षर जिल्ला घोषणा-२०७२

नेपालमा गएको भूकम्प वि.सं. २०७२ को बैशाख २९ गतेको भुकम्पको केन्द्रविन्दु दोलखा हुँदा दोलखा क्षतविक्षत अवस्थामा रहेको थियो।तथापि त्यही वर्षमा नै वि.सं.२०७२ सालमा तत्कालीन शिक्षामन्त्री मा.गिरिराजमणि पोखरेलज्यूको प्रमुख आतिथ्यमा दोलखा साक्षर जिल्ला घोषणा गरियो।

 

ख)शिक्षक व्यवस्थापन तथा नियमन

सट्टा शिक्षक राखेर सदरमुकाम बस्ने, विद्यालय नगई अन्यत्र काम गर्ने, मादक पदार्थ सेवन गरी ७ दिनसम्म डेरामा सुत्ने शिक्षकलाई कारबाहीःजसमा २० भन्दा बढी शिक्षक कारबाहीमा परे, भने २ जना मद्यपान गरेर सात दिनसम्म सुत्ने प्रवृत्ति रहेका शिक्षकलाई समुदायले ट्रकमा हालेर जिशिका ल्याएका थिए, उनीहरूलाई प्रहरी केस गरेर अवकाश दिइएको थियो।

ग) बहिरा विद्यालय स्थापना

बहिरा विद्यालय अनुमति, शिक्षक दरबन्दी प्रदान र नमुना विद्यालय भवन निर्माणः ४० जना विद्यालय आवासीय रूपमा अध्ययन गर्ने उक्त विद्यालय अस्थायी रूपमा सञ्चालित थियो, न अनुमति थियो न भवन तर कालिन्चोक माविको सहकार्य भनिएको थियो।भनूँ विद्यालय बेवारिसे जस्तो थियो।हाल उक्त विद्यालय बहिरा आवासीय विद्यालय बनेको मात्र छैन सामुदायिक विद्यालय नै बहिरा विद्यालय बनेको छ।प्रअ पनि श्रवण शक्ति गुमाएकालाई नै नियुक्ति गराइएको थियो।नेपाल प्लान इन्टरनेसनलको सहयोगमा नमुना विद्यालय निर्माण गरिएको छ।

 

 

 

You might also like