नेपाली साङकेतिक भाषा दोभासे तालिम (विस्तारित) पाठ्यक्रमको मस्यौदा तयारी
काठमाडौँ। २०८२ साल कार्तिक २४ गते ।
नेपाल बहिरा महासङ्घ र राष्ट्रिय दोभासे सङ्घलगायतका संस्थाहरूको आयोजनामा साङकेतिक भाषा तालिमका लागि विस्तारित पाठ्यक्रम तयारी भई मस्यौदामाथिक सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल बहिरा महासङ्घको अध्यक्ष सन्तोष के.सी.को अध्यक्षतामा भएको यस कार्यक्रममा भाषा आयोग, महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रसहित काठमाडौँ विश्वविद्यालयसमेत विज्ञ एवम् सरोवालाहरूको उपस्थिति रहेको थियो । साङ्केतिक भाषाको पाठ्यक्रम मस्यौदा विज्ञ डा. बाबुराम ढुङगानाबाट भएकोमा उहाँले यसको मुख्य मुख्य विषयवस्तुको बारेमा एक प्रस्तुत गर्नुभएको थियो ।
नेपाल साङकेतिक भाषाको तालिम पाठ्यक्रमको मस्यौदाउपर सहभागीहरूले राय र सुझाव पेस गरिएका थिए। जसमाराष्ट्रिय साङकेतिक भाषा दोभासे सङघका अध्यक्षः श्री टीकाराम लामिछानेले साङकेतिक भाषाको अधिकार विना मानव अधिकार सम्भव छैन भन्ने नारासहित तालिम सञ्चालन गर्दै आएको बताउँदै राष्ट्रिय बहिरा महासङ्घ र दोभासे सङघको सहकार्यमा तालिम पाठ्यक्रम निर्माण गरिएको जानकारी दिनुभयो । उनले साङकेतिक भाषा तालिम २०७३ सालमा साङकेतिक भाषाको पाठ्यक्रम निर्माण गरी तालिम सञ्चालन गरिएकोमा हाल रोजगारका लागि पहुँचयुक्त बनाउन विस्तारित पाठ्यक्रम तयार गरिएको कुरा खुलाउनु भयो । यस तालिमा पाठ्यक्रमबाट दोभासेहरूको विभिन्न किसिमका समस्या समाधान भई पेसागत सुनिश्चितता हुने र आचारसंहिता समेत पालना हुने अपेक्षा गरिएकोमा जोड दिनुभयो । त्यसैगरी उनले वि.सं.२०५१ सालमा ५०० शब्द रहेको त्यसपछि ७२०० साङकेतिक शब्दहरू अनुमोदन भइरसकेको तर दोभासेको योग्यता वा तालिमको प्रमाणीकरण गर्नुपर्नेमा त्यो हुन नसक्दा समस्या रहेको र अन्योलता रहेको समेत बताउनुभयो । यी समस्या समाधनाका लागि बहिरा समुदाय बञ्चित रहेकोमा सरकारले उत्तरदायी भई काम गर्नुभयो बताउनु भयो । प्रस्तोता डा. बाबुराम ढुङगानाले साङकेतिक भाषा तालिम पाठ्यक्रम मस्यौदा प्रस्तुत गर्दै यसमा साङकेतिक भाषा जोड्ने काम गरेको तर पर्याप्त शब्दहरू अभाव रहेको जुन विद्यालयमा नपुगेको चर्चा गर्नुभयो । साथै उनले यस सम्बन्धमा राष्ट्रिय भाषा आयोगले सिफारिस गरेकोमा कार्यान्वयन गर्ने सरकारहरूले संवेदनशील भई कार्य गर्नुपर्ने उल्लेख गरेका छन् । उनका अनुसार नेपाली साङकेतिक भाषाको पाठ्यक्रम २०८२ का उद्देश्यहरूमा क) दोभासेको पेसागत सीप विकास ख) दोभासेको आचारसंहिता र जिम्मेवारी ग) नेपाली साङकेतिक भाषाको ज्ञान घ) नेपाली साङकेतिक संवेदनशीला र बुझाइ र ङ) प्रयोगात्मक बुझाइ र नेतृत्व विकास गर्नु रहेको देखिन्छ । उनका अनुसार साङकेतिक भाषाका सङ्केतहरू, सैद्धान्तिक पाठहरू, व्याकरण, अन्तरक्रियात्मक सत्रहरू, अन्तरक्रियात्मक सत्रहरू, अभ्यासका क्रियाकलापहरू यसमा समेटिएका छन् । कुल ५४० घण्टाको पाठ्यक्रमको क्रेडिट आवर ५४० घण्टा रहेकोमा तीन महिनामा सञ्चालित हुनेछ । यसलाई दुई खण्डमा विभाजन गरिएकोमा पहिलो खण्डमा ४५ दिने २७० घण्टाको पाठ्यवस्तु समावेश गरिएको छ जुन नेपाली साङकेतिक भाषाको विभिन्न विधालाई समेटेर लेखन गरिएको छ ।
पहिलो खण्डको शब्द सङकेत र वाक्य २७० घण्टा ४५ दिनको नेपाली साङकेतिक भाषा सिकाइका विधिमा भिडियोमा आधारित सिकाइ, भर्चुअल सिकाइ, प्रत्यक्ष सिकाइ , शारीरिक सङकेत, दृश्य सामग्रीको प्रयोग, संवाद अभ्यास खेल र भूमिका सिकाइ जस्ता विधिहरू सिफारिस गरिएका छन् । त्यसैगरी सिकाइमा सामग्रीमा कथा र गीतमार्फत सिकाइ, छापा सामग्री, दृश्य सामग्री, डिजिटल सामग्री, शिक्षक सहायता सामग्रीहरू, सामुदायिक र सार्वजनिक सामग्रीहरू, कक्षा व्यवस्थापनका सामग्रीहरू, श्रव्यदृश्य सामग्रीहरू आदि प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।
यस पाठ्यक्रममा नेपाल साङकेतिक भाषासम्बन्धी विषय क्षेत्र शब्दहरू समावेश भएकोमा पेसा व्यवसाय र प्रशासन ५२ शब्द, राजनीति र कानुन १४४ वटा ,स्थान जनाउने ६४ शब्द, अवस्था र क्रियाकलाप १०० शब्द , व्यक्ति र व्यक्तित्व ८० शब्द, वातावरणी तत्व २४ शब्द, क्रियापदः १३६ शब्द, साहित्यिक शब्दः ८८ शब्दहरू, स्वास्थ्य र शरीर १०० वटा, धर्म र संस्कृति ६४ शब्द, नकारात्मक शब्द ६८, बानी व्यवहार ३६ , सामाजिक प्रक्रिया १०८, सरसामान ८४ शब्द, आकार प्रकार ३६ शब्द, भावनात्मक ५२ शब्द, आर्थिक क्रियाकलाप ३६ शब्द, गुण र दोष २० शब्द, खानेकुरा २४ वटा शब्द, मापन २४ शब्द, खेलकुद २० शब्द, वनस्पति १२ शब्द, राष्ट राष्ट्रियतासम्बन्धी १३६ शब्द, जिल्ला र ठाउँ १८४ शब्द, शिक्षा २२४ शब्द, कम्प्युटर र प्रविधि ९२ शब्द, सिलाइ सामग्री २० शब्द, विद्युतीय सामग्री ४४ शब्द र विविध १७६ शब्दहरू सङकलित छन् ।
त्यसैगरी पाठ्यकर्मि खण्ड २ मा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यासका लागि २७० घण्टा ४५ दिन निर्धारण गरिएको छ । जसमा अपाङगताको परिभाषा, बहिरा संस्कृति, सञ्चार,साङकेतिक भाषाको इतिहास, दोभासे आचार संहिता, आपतकालीन र अनलाइन प्रविधिमा प्रयोग , कला सङ्गीत र साहित्यमा दोभासेको प्रयोग, पेसागत विकास र अधिकार, सेवा सुरक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास अवलोकन तथा सिकाइ भ्रमण र परीक्षा र मूल्याङ्कसम्बन्धी पाठ्यवस्तुहरू रहेका छन् ।
यस पाठ्यक्रम उपर सहभागीहरूले प्रतिक्रिया दिने क्रममा नेपाली साङकेतिक भाषा रहे तापनि मातृभाषा र अङ्ग्रेजी भाषासहित स्थानीय साङकेतिक भाषालाई समेत अनुकूलन गर्न सुझाव दिएका छन् । अधिकांश सहभागीले तालिमलाई प्रमाणीकरण गरेर कार्यक्षेत्रमा पठाउने जोड दिएका छन् । त्यसमा १० वर्षदेखि दोभासेको अनुभव भएका व्यक्तिलाई प्रशिक्षकका रूपमा लिनुपर्नेमा जोड दिए । त्यसैगरी एक स्थानीय तह १ दोभासेअन्तर्गत कोशी प्रदेशसहित देशका ७५३ तहमा व्यावसायिक दोभासेको व्यवस्था गर्नुपर्ने कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेका छन् । यसमा तीनै तहका सरकार पाविके, नेपाल सरकारका निकायहरू र भाषा आयोगले राष्ट्रिय भाषाका रूपमा मान्यता प्रदान गरिनुपर्ने सुझाव प्राप्त भएको छ । कतिपयले स्थानीय पाठ्यक्रममा साङकेतिक भाषालाई विषयवस्तुका रूपमा राख्नु पर्ने सुझाव दिएका छन् ।
नेपाल बहिरा सङघका कोषाध्यक्ष कुमार रेग्मीले बहिरा व्यक्तिहरूको संस्कृतिमा केही कुरा थप गर्नुपर्ने, गाउँतिर सञ्चार गर्न कठिन हुने गरेको, हिमाली क्षेत्रमा फरक ढङग हुने, सन्दर्भअनुसार सङकेत फरक हुने गरेको ७००० शब्दहरू विकास भएको, विभिन्न विषयहरू समेटिएको, पाठ्यक्रमको आधारभूत र मध्यम तहको कुरा नदेखिएको, बृहत शब्दकोश प्रकाशन भएको, दोभासेको अनुमतिपत्रको तहमा जानुपर्ने, कक्षा १ देखि माथिल्लो तहसम्म जानुपर्ने, शिक्षक र दोभासेको समक्षकताका लागि पाठ्यक्रममा केही न केही प्रावधान राख्नुपर्ने बताएका छन्। त्यसैगरी नाथमका तर्फबाट १५ वर्षदेखि पर्यटकीय र अतिथिलाई तालिम दिने संस्था रहेकोमना नेसनल ट्रेकिङ गाइड सुरू गरेको, ६६ हजारलाई तालिम प्रदान गरिएको जानकारी दिँदै आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता जना । त्यसैगरी सालिकराम भुसाल निर्देशक, पाठ्यक्रम विकास केन्द्रले सरोकारवालाहरूको सहभागिता सुनिश्चित गर्दै विस्तारितको मापदण्ड कसरी सम्बोधन गर्ने,२७ क्रेडिट आवरलाई १ वर्षको ग्र्याजुएट र मास्टर्सको मान्यता प्राप्त गर्न सकिने, विशिष्टीकरण गर्नुपर्ने, छुट्टै प्याकेज तयार गरेर अगाडि बढ्दै प्रमाणीकरणमा मास्टर्स र ग्र्याजुएट प्रदान गर्न सकिने दिशामा जानुपर्ने उल्लेख गरेका छन् । महिला, बालबालिका र जेष्ठ नागरिका मन्त्रालयका अधिकृ अनुपा राईले शाखागत जिम्मेवारी र जानकारी प्राप्त हुँदै गएको, मन्त्रालयमा एक जना कर्मचारी राजपत्र अनंकित प्रथम श्रेणीको व्यक्ति नियुक्ति गरेर काम चलाइएको, तालिमको स्तरीकरण, पाठ्यक्रम स्पष्ट हुनुपर्ने सुझाएका छन् ।
त्यसैगरी केन्द्रीय बहिरा मा.वि. नक्सालका तर्फबाट सहभागी शिक्षकले दोभासे विस्तारित तालिम, औपचारिक शिक्षासँग सम्बन्धित शब्दहरूको सङकलन र दोभासे तालिममा समावेश गरिएमा विस्तारित हुने,७२ सय वटा सङकेतहरू रहेको विषय उठान भएको, शब्द निर्माण प्रक्रियामा बहिराले सङकेत निर्माण गर्ने, अभिभावकले शब्द सङकेत निर्माण गर्ने र शिक्षकले अध्यापन गर्ने क्रममा शब्द निर्माण गरेर विस्तारित तालिममा ती शब्दहरू समावेश गरिनुपर्ने सुझााव प्रस्तुत गरेका छन् ।यसका साथै उनले दोभासे भाषासँग जोडिएको हुन्छ । त्यसैले बोली भाषाको कसरी विकास गर्ने, भाषासँग विज्ञता हुनुपर्ने,सङकेतहरू स्थानीय रूपमा फरक रहेको, स्थानीय सङकेतहरू प्रयोग गरिनुपर्ने र पाठ्यक्रमलाई अनुकूलन गरी लचिला हुनुपर्ने भनी सुझाएका छन् । भाषा आयोगका सचिव डा. लोक बहादुर लोप्चनले साङकेतिक भाषाले राष्ट्रिय मान्यता प्राप्त गरेको उल्लेख गर्दै तालिमको समक्षताका लागि विश्वविद्यालयसँग सहकार्य गर्नुपर्ने बताउनुभयो।उनले पाठ्यक्रममा समकक्षता,प्रमाणीकरण र कार्यान्वयनसम्बन्धी प्रक्रिया उल्लेख गर्न सुझाव दिँदै तीनै तहमा दोभासे र शिक्षक नियुक्ति गरी साङकेतिक भाषाको सरकारी कामकाजमा प्रयोगका लागि मन्त्रालयहरू, आयोग र संस्थाहरूले संयुक्त पहल गर्नुमा जोड दिनुभयो । नेपाल दोभासे सङघका तर्फबाट दोभासेलाई लाइसेन्सको व्यवस्था गर्नुपर्नेः अनुभवीको आधारमा पाठ्यक्रममा तह समावेश गरिनुपर्ने, तहगत अनुमतिपत्रको व्यवस्था, नयाँ नयाँ दोभासेहरूको लागि बहिरा संस्कृति सिकाउन अतिआवश्यक छ भन्ने सुझाव समेत प्राप्त भएको थियो । एक सहभागीले दोभासे तालिम काम र रोजगारीका निमित्त तलबको सुविधा राम्रो नभएको, संकटको बेलामा सूचना प्राप्त नहुने, दोभासे सङ्घमा पदाधिकारीले सङकटको अवस्थामा खबर प्राप्त नभएको, पेज सञ्चालन गरेर खबर गरिनु सुझाव दिएका छन् । त्यसैगरी विज्ञडा. बाबुराम ढुङ्गानाले राज्य पद्धतिले अपनत्व लिनेगरी बनाउँदा राम्रो, के बराबरको मान्ने ? दोभासे र शिक्षक बीचको भिन्नता, सीपमा आधारित हुनुपर्ने, स्रोत र नियमितिता आएको, समक्षता, अन्तरभाषिक र कार्यान्वयन गर्ने प्रतिबद्धता, क्रेडिट पद्धतिसँग मिलान गर्ने विषयमा स्पष्ट पार्नु भएको थियो ।