सडक दुर्घटनामा मातृभाषा आन्दोलनकर्मी बिकिन काम्बाहाङ सख्त घाइते
काठमाडौँ, २०७७ साल चैत्र २२।
मातृभाषा बचाउ आन्दोलनकर्मी बिकिन काम्बाहाङ २०७७ साल चैत्र २० गते शुक्रबारका दिन काठमाडौँ आइपुगेका हुन् । पूर्व निर्धारित कार्यक्रमअनुसार उनले २०७७ साल चैत्र २२ गतेका ४ बजे भाषिक अभियन्ता, विज्ञका साथै राजनीति नेतृत्वसहितको उपस्थितिमा मातृभाषिक आन्दोलनका विषयमा छलफल कार्यक्रम तय गरेका थिए । कार्यक्रममा आदिवासी जनजाति आन्दोलनका आङकाजी शेर्पा, भाषाविद अमृत योञ्जन तामाङ, प्राज्ञ अमर तुम्याहाङ, दिपक तुलाधरका साथै भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चनसहित व्यक्तित्वहरूलाई निम्त्याइएको थियो । तर दुर्भाग्यवश, २०७७ साल चैत्र २१ गते काठमाडौँ माछापोखरी चोकमा सडक दुर्घटनामा परी उनी सख्त घाइते हुन पुगेका छन् । भाषाविद अमृत योञ्जनका र उनको फेसबुक स्टाटसअनुसार आजै उनको हातको अप्रेसन हुँदैछ । शीघ्र स्वास्थ्यलाभको कामना । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्-
हिजो बेलुका काठमाडौं सकुशल आई पुगे तर आज मृत्युलाई नजिकैबाट देखे, माछा पोखरी चौकमा धेरै काम कुरको छलफलहरु थियो जिन्दगीले फेरि परिक्षा लियो। भोलि अप्रशेन छ ।( हिड्ने मान्छे लड्छ )$$