अविरल साहित्य समाज, खानीखोला काभ्रेपलाञ्चोक

अविरल साहित्य समाज, खानीखोला

डा. लोक बहादुर लोप्चन

परिचय

फलामेटारमा वि.सं. २०५१ सालमा फलामेटर पुस्तकालय स्थापना भएको थियो । यसको परिकल्पना लोक बहादुर लोप्चनले गर्नुभएको थियो । उनले अकलबहादुर थिङसँग पहिलो पटक कुराकानीको क्रममा फलामेटार पुस्तकालय स्थापना गर्ने प्रस्ताव राख्न पुगेका थिए । त्यसपछि समकालीन सहयात्रीहरू बलबहादुर नेपाली, नारायणप्रसाद दाहाल, पूर्णमान थिङ, सरस्वती श्रेष्ठ, चन्द्रिका लामा र इन्द्रबहादुर थिङसँग सल्लाह भई पुस्तकालय स्थापना कार्यलाई अगाडि बढाइएको थियो । यो सोचको आधार चाहिँ जन विकास मा.वि.मा कृसक (कृष्ण खुलाल, सनत बराल, कर्ण थापा) पुस्तकालय (एउटा दराज) स्थापना भई त्यसपछि पुस्तक पठनका लागि ठूलो अवसर मिलेको थियो ।

फलामेटार पुस्तकालय स्थापनाका लागि वि.सं.२०५१ सालको तिहारमा देउसीभैलो खेलेर रकम सङ्कलन गरिएको थियो । यसमा संस्थापक सदस्यहरू सबैको सहभागिता हुनाका साथै शिक्षक गोविन्दप्रसाद दाहाल, हिराबहादुर खुलाल, जनकलाल श्रेष्ठ र स्थानीय अभिभावकहरूको सहभागिता रहेको थियो । त्यसै वर्ष फलामेटार पुस्तकालय स्थापना गरी अकलबहादुर थिङको घरमा पुस्तकालय राखिएको थियो । वि.सं.२०५३ सम्म देउसी भैलो खेलेर उठेको पैसाबाट पुस्तकका साथै गितार, हार्मोनियम, मादल जस्ता सङ्गीतका सामग्री जोडेको थियो । त्यतिखेरसम्म गाउँमा यही पुस्तकालय आयोजनामा नामबाट “गरिबको दुःख” र “ बहुलाहा दिदीको अधुरो तिहार” नाटक मञ्चन गरिएको थियो । राजनीतिक कारण कतिपय संस्थापक सदस्यहरू भूमिगत भइसकेकाले पुस्तकालय नारायणप्रसाद दाहालको घरमा सारिएको थियो ।

वि.सं.२०५३ सालसम्मका दुई वटा नाटक मञ्चन र ३ वर्षजतिको निरन्तरको देउसीभैलो कार्यक्रममा टीकाबहादुर थिङको सक्रिय सहभागिता थियो । उनको निर्देशनमा वि.सं.२०६३ सालमा लोक बहादुर लोप्चन लिखित “पुलतीको लास” नाटक फलामेटारमा प्रस्तुत गरिएको थियो । तत्पश्चात टीका बहादुर थिङले “कालसितको मेरो नाता” साहित्यिक कृति प्रकाशन गरी विमोचन गरेका हुन् । साहित्यकार टीका अविरलका रूपमा उनी चिनिए । उनले अविरल साहित्य समाज, खानीखोलाको स्थापना गरी भाषा र साहित्यिक क्षेत्रमा प्रशंसनीय कार्य गरिरहेका छन् । अग्रजहरूले प्रारम्भ गरेको साहित्यिक संस्था स्थापना र सिर्जनात्मक कार्यको विरासतलाई बोक्ने एक सारथी बनिरहेका छन् ।

अविरल साहित्य समाज, खानीखोला

अविरल साहित्य समाजका संस्थापक साहित्यकार टीका अविरल हुन् । उनको जन्म वि.सं. २०४७ साल पुस १७ गते भएको हो । उनका पिता डम्बरबहादुर थिङ फलामेटार गाउँ विकासका समितिका पूर्व अध्यक्ष हुन् । उनै टीका बहादुर थिङ नै साहित्यकार टीका अविरल हुन् । उनको पहिलो साहित्यिक कृति चाहिँ “कालसँग मेरो नाता” हो । यसको प्रकाशन र सम्पादनमा काभ्रेली साहित्यकार लक्ष्मण सापकोटाको सहयोग रहेको छ । उनले यही साहित्यिक संस्थामार्फत ल्होछार पर्वको अवसरमा साहित्यिक र साङगीतिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनलाई गाउँपालिकाले साहित्यकारको रूपमा सम्मान र प्रशंसा गरेको छ ।

स्रोतः हाम्रो खानीखोला कक्षा ५ (खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोक)

You might also like