तामाङ घेदुङ इजरायलको  तामाङ भाषा/संस्कृति विषयक भर्चुअल अन्तर्क्रिया सम्पन्न

 

तामाङ घेदुङ इजरायलको  तामाङ भाषा/संस्कृति विषयक भर्चुअल अन्तर्क्रिया सम्पन्न

तामाङ घेदुङ इजरायलको आयोजनामा  भर्चुअल माध्यमबाट २०७८ साल बैशाख १९ गतेका दिन बेलुका ५.३० बजेदेखि तामाङ भाषा/संस्कृति विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल तामाङ घेदुङका महासचिवमहितकुमार तामाङसहित तामाङ घेदुङका अन्तर्राष्ट्रिय शाखाका प्रतिनिधिहरूको मात्र उपस्थित नभई  तामाङ भाषा/संस्कृतिसम्बन्धी अध्येता, अनुसन्धाताहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख वक्ता भाषाविद अमृत योञ्जन तामाङ रहनुभएको थियो भने कार्यक्रममा तामाङ घेदुङ इजरायल शाखाको अध्यक्षता रहेको थियो भने निङ्मा लामा र कुमारी तामाङबाट उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा भाषाविद अमृत योञ्जन तामाङले तामाङ संस्कृति र भाषासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतिमा तामाङ जातिको बसोबास, जनसङ्ख्या, वक्ता, धर्म, संस्कार, संस्कृति, प्रथा, दर्शन जस्ता विषयको उठान गरिएको थियो । तामाङ समुदायको मौलिक ज्ञान, विज्ञान, दर्शनसहित अब तामाङ जातिको दायित्वका विषयमा पनि भाषाविद अमृत योञ्जन  तामाङले प्रस्तुतिका क्रममा प्रष्ट्याउनु भएको थियो । त्यसपछि खुला अन्तर्क्रियाको क्रममा नवीन कुमार लामा, डा.लोकबहादुर लोप्चन, डा.सुरेश तामाङसहित अन्य सहभागीले सुझाव र जिज्ञासा राख्नुभएको थियो भने प्रस्तोता योञ्जनले प्रतिक्रियात्मक विचार राख्नुभएको थियो। त्यसपछि नेपाल तामाङ घेदुङका महासचिव सचिवसहित इजरायली तामाङ घेदुङका पदाधिकारीबाट विचार एवम जिज्ञासा राखिएको थियो भने प्रस्तोताबाट थप प्रष्ट्याउने कार्य भएको थियो ।

 

 

You might also like