
बाल विकास केन्द्रका स.का.हरूको तलब मासिक १५,००० पुग्यो
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७७ साल जेठ १५ गते आ.व.२०७७/७८ को वार्षिक बजेट प्रस्तुत गर्दै विद्यालयहरूको बाल विकास केन्द्रमा कार्यरत स.का.हरूको मासिक तलब १५,००० पुर्याएको छ। यसअघि स.का.हरूको मासिक तलब ६,००० मात्र रहेको थियो । तर यस पटकको बजेटमार्फत सङ्घीय सरकारबाट विद्यालयमा कार्यरत स.का.हरूको मासिक तलबमा २,००० थप गरी ८,००० व्यहोर्ने प्रबन्ध गरेको छ भने थप ७,००० रूपैयाँ चाहिँ स्थानीय तहबाट उपलब्ध गर्नुपर्नेछ।