नेपाल एकल राष्ट्रिय राज्य कि बहुल राष्ट्रिय राज्य ?

 

नेपाल एकल राष्ट्रिय राज्य कि बहुल राष्ट्रिय राज्य ?

डा.लोकबहादुर लोप्चन

विषय सन्दर्भ

विश्वमा राज्य निर्माणको सम्झौताको सिद्धान्त (कन्ट्र्याक्ट थियरी) अनुसार मानिसले गण वा राज्य आफ्नो सुरक्षा वा शक्ति आर्जनका लागि गरिएको हो । दैवी शक्तिमा आश्रित र गण शक्तिबाट निसृत दुई खाले आदिमकालीन राज्य वा गण व्यवस्थाहरू विश्व राज्य निर्माणको प्राप्त ऐतिहासिक तथ्यहरू पाइन्छन् । मोदनाथ प्रश्रित(नेपाल गणतन्त्र युगदेखि राष्ट्रपति युगसम्म,पृ.६१-६५) काअनुसार संसारमा मातृतन्त्री गणतन्त्र, पितृतन्त्री गणतन्त्र,गणतन्त्रात्मक राज्य, निरंकुश राजतन्त्र हुँदै आधुनिक गणतन्त्र युगको विकास भएको देखिन्छ ।

राज्य र राष्ट्र निर्माण

राज्य निश्चित प्रशासनिक र भौगोलिक सीमामा बसोबास गर्ने मानिसहरूको शासकीय र प्रशासकीय व्यवस्थासँग सम्बद्ध रहन्छ।अर्थात् कुनै निश्चित भौगोलिक सीमाभित्र शासकीय र प्रशासकीय सत्ता, शक्तिमार्फत अधिकारको प्रयोग मात्र नभई जनताप्रति जिम्मेवार, उत्तरदायी हुनुपर्ने शासक र शासितबीचको करारजन्य अधिकार र कर्तव्यको प्रयोग र अनुपालन नै राज्यको चरित्र हो । निश्चित भूगोलको सीमा र  शक्ति प्रयोगसँग सम्बद्ध रहन्छ राज्य। यही सक्ता र शक्ति अभ्यासको क्रममा आदिम कविलातन्त्रदेखि आधुनिक गणतान्त्रिक राज्य व्यवस्थाको विकास हुँदै आएको हो ।

वेनेडिक्ट एन्डरसनले कल्पित राज्यको परिकल्पना गरेका छन् । उनकाअनुसार संसारमा राज्यको निश्चित भौगोलिक सीमा हुन्छ । राज्यहरूका आधारभूत तत्वमा जनता, जाति, भाषा, धर्म आदिमा आबद्ध रहन्छन् । तर उनका अनुसार इम्याजिन्ड कम्युनिटी भनेको त्यस्तो समुदाय हो, जसमा भूगोलका सीमाहरू रहँदैनन्, तर राष्ट्र वा जनतामा राष्ट्रियतारूपीरुफाज्यहरूका आधारभूत तत्वमाउनका ्दैन ।ङ्गीन सपनाहरू फगत काल्पनिकी बन्नेछन् तर यथार्थमा जीवन, समाज र राष्ट्रको समुन्नति स्वैरकल्प पहिचानहरू अकाटय रूपमा गाँसिएका हुन्छन् । उदाहरणको लागि भारतीय मूलको अमेरिकी, अफ्रिकी मूलका बेलायती, नेपाली मूलका अमेरिकी कल्पित समुदाय हुन् ।  यहाँ अमेरिकी नागरिक भए पनि नेपाली, भारतीय वा अफ्रिकी पहिचान वा राष्ट्रियता चाहिँ सीमाहिन भएको देखिन्छ जुन एउटा व्यक्तिको उद्गम थलोसँग आबद्ध रहन्छ । जसलाई क्यै गरी मेटाउन सकिँदैन । वेनेडिक्ट एन्डरसनले त्यसैलाई कल्पित समुदाय भनेका छन् ।

तसर्थ राष्ट्र भनेको कुनै भौगोलिक सीमाबद्ध राज्य होइन । राष्ट्र भनेको त जनता (पिपल) हो । विश्वमा बसोबास गर्ने जनतालाई नै राष्ट्र भनिन्छ । नेपालको सन्दर्भमा नेपाली जनता नै समष्टिमा राष्ट्र हुन् । जसले साझा जाति, भाषा, धर्म, संस्कृति, संस्कारलाई समष्टिमा अभिव्यक्त गर्दछ। अर्थात् नेपाल राष्ट्र भन्नाले नेपालका सबै जाति वा समुदायको साझा भाषा, धर्म, संस्कृति, संस्कारको समष्टि हो। तसर्थ राष्ट्र भनेको मानिस वा जनताको भावनात्मक विविधता वा साझा संगम हो वा भावनात्मक एकताको अनुभूति हो ।उदाहरणको लागि अमेरिकी नेपाली भन्ने वित्तिकै उसको राष्ट्रियता नेपाली हो जसमा विभिन्न जाति, भाषा, धर्म, संस्कृतिसहितका मानिसहरूलाई समष्टिमा उद्बोध गर्दछ । ती चाहे हिमाल, पहाड, तराई वा हालको सात प्रदेश वा जिल्ला वा स्थानीय तह जहाँसुकै बसोबास गरेको किन नहोस् ती समग्रमा नेपाली राष्ट्रियताभित्र पर्छन् । नेपाली राष्ट्रियताको छाता अवधारणाभित्र चाहिँ ब्राम्हाण, क्षेत्री, तामाङ, मगर,राई लिम्बू, दलितदेखि राउटे, कुसुन्डासम्म नै पर्ने भए पनि सबैको राष्ट्रियता नै नेपाली नै हुने भयो । तसर्थ राष्ट्रियता वा राष्ट्र मानिसको साझा पहिचान हो, प्रतिनिधित्व हो र कल्पित समुदाय हो । यसलाई सूक्ष्म रूपमा हेर्दा नेपालको सन्दर्भमा यो तामाङ समुदाय, मगर समुदाय, राउटे समुदाय, दलित समुदाय, ब्राम्हाण क्षेत्री  समुदाय, हिमाल, पहाड र तराईवासी समुदाय हुँदै नेपाली समुदाय नै नेपाल राष्ट्रको समष्टि रूप हो ।

एकल राष्ट्रिय राज्य र बहुल राष्ट्रिय राज्य

विश्व राज्य व्यवस्थाको प्रागऐतिहासिक कविला राज्य वा आदिम गणराज्यदेखि वर्तमानसम्मको कालखण्डमा मूलतः कविला गणराज्य, निरंकुश राजतन्त्र र लोकतन्त्र वा गणतन्त्रको प्रचलन वा विकास भएको हो। राज्य र राष्ट्र निर्माणको प्रारम्भिक चरणमा कविला गणराज्यमा बहुल अस्तित्व, साझा पहिचान  र संस्कृति सकारिए, अभ्यासमा आए र प्रयोग भए । उदाहरणको लागि नेपालको राज्य निर्माणको इतिहासमा किराँत, गोपाल, लिच्छवि, मल्लकालसम्म थुप्रै गणराज्यहरू मौजुद थिए। तर  शाह राजाहरूका नेपाल एकीरणको बेलामा भूगोलको एकीकरण पश्चात भने एकल नेपाल राज्यको प्रारम्भ भयो।बाइसे चौबीसे राज्यहरू एकल नेपाल राज्यभित्र समाहितीकरण भए, जुनपछि पन्चायतकाली एकदलीय शासन व्यवस्थासम्म आइपुग्दा एक भाषा एक भेष, एकल भाषा र संस्कृतिसम्म आइपुग्यो।यसरी नेपालमा एकल राज्यको निर्माण गरेर बहुल राष्ट्रियतालाई निषेध वा बहिष्कृत गर्न पुग्यो । फलतः नेपालको राज्य सत्तामा केही जाति, भाषा, संस्कृति, धर्म र संस्कारको वर्चस्व कायम भयो । एन्टोनी ग्राम्सीका नेपाल राज्यमा कुनै एकल जाति, भाषा, धर्म, संस्कति, संस्कारको वर्चत्व वा हेजेमनीलाई जब रजस्त स्थापित गरिन पुग्यो । त्यतिखेर घोषित हिन्दु अधिराज्य नेपाल, राष्ट्रिय भाषा एकल नेपाली, दौरा सुरूवालरूपी एकल राष्ट्रिय भेष, राष्ट्रिय जनावरमा एकल गाई घोषित गरिनु जस्ता एकल राज्य वा राष्ट्रियतामा नेपालका बहुजाति, भाषा, धर्म, संस्कृति, संस्कार परित्यक्त भए वा किनारामा धकेलि वा केन्द्रीकृत शासन व्यवस्थामा एकल राष्ट्रियतालाई अँगालियो (पोलिटिक्स अफ रेसिस्टेन्स, नेफिन, २०२०:शंकर लिम्बु, भोगिराज चाम्लिङ)।

तथापि नेपालको सन्दर्भमा दश वर्षे सशस्त्र माओवादी युद्ध र २०६२/२०६३ पछि विकसित राजनीतिक व्यवस्थाले नेपालको संविधान २०७२ जारी भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन भएको छ । मुलुकको शासन व्यवस्थाको संरचना नै सङ्घ, ७ प्रदेश र ७५३ स्थानीय तहहरूमा संविधानतः एकल र साझा अधिकारसहित क्रियान्वित छ । यसबाट मुलुक शासकीय स्वरूप एकल वा केन्द्रीकृत स्वरूपबाट बहुल स्वरूप र संरचनामा रूपान्तरित भइसकेको छ। एकल प्रशासकीय केन्द्र सिंहदबारबाट सात प्रदेशीय सिंहदबार स्थापना मात्र भएको छैन, ७५३ वटै स्थानीय तहहरू स्थानीय प्रशासनिक सेवा केन्द्र वा गाउँकै सिंहदरबार बनेका छन् । अर्थात घरदैलोको राज्य वा सरकारमा विनिर्माण भएको छ।

कुनै पनि स्थानीय तहमा  बसोबास गर्ने नागरिकको पहिलो राज्य त्यही स्थानीय तह हो उसको प्रथम स्थानीय राष्ट्रियताष्ट्रिय सेवा केन्द्र वा गाउँकै त्यही पालिकास्तरीय राष्ट्रियता हो । दोस्रो उपराष्ट्रियता प्रदेशस्तरीय राष्ट्रियता हो भने तेस्रो चाहिँ सङ्घीय वा नेपालको समष्टितगत राष्ट्रियता हो। उदाहरणको लागि धनबहादुर कुसुन्डा घोराही उपमहानगरपालिकाका बासिन्दा हुनाले उनको पहिलो राष्ट्रिय वा पहिचान घोराहीबासी हो।दोस्रो उपराष्ट्रियतारपालिकाका बासिन्दा हुनाले उन लुम्बिनी प्रदेशबासी हो भने अन्तिम राष्ट्रियता नेपाली नागरिक वा राष्ट्र हो। यसरी राज्य तहमा पनि एकै व्यक्तिको राज्यको स्वरूप वा तहको आधारमा बहुल राष्ट्रियता झल्किन्छ । यसलाई भावनात्मक राष्ट्रियता वा साझा संस्कार, संस्कृतिमा पनि हेर्न सकिन्छ। उदाहरणको लागि धनबहादुर कुसुन्डा जातिमा कुसुन्डा हो, जनजाति हो, कुसुन्डा भाषिक समुदायको हो, कुसुन्डाका आफ्नै धर्म संस्कृति छन्, उनीहरू प्रकृति पूजामा विश्वास गर्छन्, वनराजा भन्न रूचाउँछन् ।कुसुन्डा जाति वा राष्ट्रयो नेपालभित्रको १२५ जाति वा राष्ट्रमध्ये एक राष्ट्र हो अन्य १२४ राष्ट्र वा १३१ भाषाहरू छन् ती पनि अलगअलग जाति वा राष्ट्रहरू हुन् ती जातजातिबाट स्थानीय राष्ट्रको पहिचान र प्रदेशगत राष्ट्रको पहिचान हुँदै समष्ट्रिमा नेपाल राष्ट्रको निर्माण हुन्छ ।

यसरी के भन्न सकिन्छ भने, नेपाल राष्ट्र भनेको १२५ जाति र १३१ भन्दा बढी भाषासहितको एउटै माला हो जहाँ प्रस्तुत जाति र भाषा, संस्कृतिहरूको सिङ्गो माला उनिएको हो। तर एउटा फूलको माला भने होइन । सयथरि बाजाको एउटै तालजस्तै हो । यसको मतलब नेपाल राष्ट्र भनेको १२५ जाति वा १२३ भाषिक थुँगाहरूबाट गाँसिएको एउटा माला हो । १२५ जाति वा १३१ भाषारूपी बाजाहरूबाट निस्किएको विविध तालसुरको सामूहिकता हो। तर यसको आशय नेपाली जाति भन्नाले सबै १२५ वटै जाति र नेपाली भाषा भन्नाले १३१ वटै भाषाहरू राज्यको कानुनको दृष्टिमा कोही माथि कुनै तल हुँदैनन् कुनै माथि, कुनै साना कुनै ठूला हुँदैनन् भन्ने हो। नेपाली सबै नागरिकमा समान हक, अधिकार, प्राप्त गर्नुका साथै समान कर्तव्य र उत्तरदायित्व संविँधानतः अभिव्यक्त गर्न खोजिएको छ। यसर्थ नेपाल एकल राष्ट्रिय राज्य नभई बहुल राष्ट्रिय राज्य हो ।जुन राज्यको संरचना व्यवस्था र र राज्यको संवैधानि मर्म र  भावनाको कसीमा परिभाषित  गरिएको मात्र छैन । स्थुल रूपमा नेपालको संविधानको धारा र स्थानीय तहको कानुनमा समेत समेटिएका छन् ।

नेपालको संविधान २०७२ को उपधारा ३ मा राष्ट्रअन्तर्गत बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका एकता आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्ट्रिमा राष्ट्र हो भनिएको छ।स्थानीय सरकार सञ्चालन ऐन दफा ९९ मा स्थानीय तहले सङ्घ, प्रदेशको परामर्शमा स्थानीय तहको कुनै वडा वा क्षेत्रलाई विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गरी विशेष कार्यक्रम सञ्चालन गर्न सकिने कानुनी व्यवस्था गरेको छ।

नेपालमा एकल/बहुल राष्ट्रियताको अवस्था

विश्व परिदृश्यमा पनि एकल वा बहुराष्ट्रिय राज्यहरूको विविध स्वरूप वा संरचनाहरू पाइन्छन्। सङघीय शासन  व्यवस्था अवलम्बन गरिएका देशहरूमा पहिचान र सक्षमतामा आधारित राज्यहरू निर्माण मात्र भएको छैन, ती देशहरू बहुल राष्ट्रिय राज्यको दीर्घ परम्परामा अभ्यस्त छन् ।संसारकै उत्कृष्ट मुलुकहरूमध्ये स्वीजरल्यान्डमा जाति, भाषा, संस्कृति सापेक्ष बहुराष्ट्रिय विशिष्ट अभ्यास भएको पाइन्छ । त्यसैगरी बंगलाबन्धु (बंगलादेशका राष्ट्रपिता) बाट बहुल राष्ट्रियताको मागसहित थालनी गरिएको आन्दोलनको सुनुवाइ नहुँदा बंगाली भाषाकै नामबाट राष्ट्रिय मुक्तिको आन्दोलन सुरू भई अन्ततः स्वतन्त्र बंगलादेश राज्य नै स्थापित हुन पुग्यो ।

नेपालको सन्दर्भमा राज्यको मूलप्रवाहबाट किनारीकृत वर्ग, जाति, समुदायले पन्चायतकालदेखि २०४६ सालको प्रजातन्त्रको पुनस्थापना हुँदासम्म बहुल राष्ट्रियताको सवाललाई सडक र सदनसम्म उठान गर्दै आएको छ। दोस्रो जनआन्दोलन २०६२/६३ को सफलतापछि पहिलो संविधान सभामा पनि ककस समूह गठन गरी नेपालका विविध जाति, भाषा, धर्म र संस्कृतिउपर राज्य र सरकारबाट समान, समान्यायिक र सन्तुलित व्यवहार गरिनुपर्ने विचार अभिव्यक्त नभएको होइन । तथापि संविधान सभाको दोस्रो निर्वाचन पश्चात नेपालको संविधान २०७२ जारी हुँदासम्म पहिचानमूलक प्रदेश र स्थानीय तह स्थापना गर्नमा नेपालका राजनीतिक दलहरूबीच मतैक्यता हुन सकेन । अन्ततः बहुपहिचानयुक्त राज्य संरचनाको निर्माण, ऐतिहासिक विरासतको सम्मान, किनारीकृत वर्ग र क्षेत्रका लागि अग्रधिकारको विषय दमित हुन पुगे । तथापि मुलुकको बहुल संरचना, स्वरूप, सोच र संस्कृतिको नोल्टाल्जिक हुने गर्दछ अर्थात त्यो सीमान्तकृत वर्ग र क्षेत्रबाट अकस्मात उठ्ने क्रान्तिकारी बुलन्द आवाज बन्न पुग्छ भने कहिलेकाहीँ पतन, पराजय वा विलीन भासमा डुब्दै गर्दा पनि आफ्नो असली स्वरूपमा उच्चारित हुन पुग्छ वा एकखाले बर्बराहट, बहुल राष्ट्रियताको लागि गरेको मधेश आन्दोलनको एउटा बुमर्‍याङ । नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोबाट उठान गरिएको बहुल राष्ट्रिय सन्दर्भ एकल राज्य संरचना वा सत्तामा विलय हुँदै गर्दाको उपज भन्दा फरक पर्दैन । जिन्दगीभर गोरेबहादुर खपाङ्गीहरूले बहु राष्ट्रियताका लागि जीवन अर्पण गरे तर अन्ततः एकल राष्ट्रियताका पक्षधर राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालको मन्त्री पद ग्रहण गरी जिन्दगी भरिको राजनीतिक, सामाजिक सांस्कृतिक मूल्य र मान्यताका साथै जीवनको आदर्शलाई नै दिलाञ्जली दिन पुगेको पलायनका विस्मयकारी परिघटनाहरू हाम्रा सामू अविस्मरणीय साक्ष्य बनेका छन् ।

नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिकलगायत तमाम आयामहरू एकल बढी, बहुल कम छन् । बहुल चरित्रलाई सम्बोधन गरी हरेक पृष्ठधारका नागरिकका  लागि सही स्थान र सम्मान प्रदान गर्नको लागि राज्य, सरकार, जनता सबैको उत्तिकै जिम्मेवारी र कर्तव्य रहेको छ ।तथापि , नेपालको विगत ३०० वर्षको सामन्ती संरचना, सोच, संस्कारबाट वशीभुत हुँदै आएको हाम्रो नियति र वर्तमान पूँजीवादी उपनिवेशीकरणको माखेसाङलोमा जिम्मेवार व्यक्ति, निकाय र सचेतवर्ग नै किंकर्तव्यविमूढ छन् । हामी दुई खाले अतिवादी राष्ट्रियताको धारको चेपुवामा छौँ कि एकथरि मान्छेहरू नेपालमा जाति वा भाषिक नाम गरेको कुनै जात वा समुदायको नाममा एकल राज्यको नवीन संस्करण सिर्जना गर्न चाहन्छन् भने अर्काथरि यस्ता मान्छेहरू छन् जसले बहुल राज्य भन्ने वित्तिकै विखन्डन वा राष्ट्रप्रतिको विद्रोहको आक्षेप लगाउन पुग्छन् ।यस्ता खाले अतिहरू नै नेपालको सन्दर्भमा बहुल पहिचानसहितको राष्ट्र निर्माणका असली बाधक हुन् चाहे ती सडकमा हुन् या सत्तामा । तसर्थ वर्तमान नेपालको सन्दर्भमा आजतक प्राप्त प्रजातान्त्रिक वा लोकतानत्रिक उपलब्धिलाई संस्थागत गर्दै समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको सबै संरचना वा तहमा समानुपातिक, समन्यायिक र सार्थक प्रतिनिधित्व गराउँदै राज्यको सबलीकरण गरिनुपर्दछ।जसले मझधार वा सम्यक मार्ग प्राप्त भई सबैलाई समेट्छ वा संकुचित जात, समुदायबाट बृहत र बहुल राष्ट्रियताको साझा फूलबारी तयार हुन्छ । जब राज्यरूपी ऐनामा सबै जाति, समुदाय, भाषा, क्षेत्र, वर्ग,  संस्कृति र संस्कारको प्रतिबिम्बन हुन थाल्दछ, त्यही विन्दुबाट बहुल राष्ट्र निर्माणको जग तयार भई बहुल राष्ट्रियताको तला थपिँदै जान्छ । त्यो बहुल राज्य नभई बहुल राष्ट्रियता हो तर विखन्डन होइन । बरू त्यो बहुलताको अङ्गीकरण हो, यसबाट त राष्ट्रियताको बहुरङ्गी इन्द्रेणी रङको सिर्जना मात्र नभई यो बहुल राष्ट्रियतातर्फको यात्रा विविधतामा एकता सिर्जनाको मूलमन्त्र हो।

निष्कर्ष

देशको समुन्नति र समृद्धिको लागि आम नेता, शासक, प्रशासकदेखि  तमाम जनतासम्मको क्षमता मात्र विकास भएर मात्र पुग्दैन, उनीहरूमा उच्च लोकतान्त्रिक संस्कार विकास भई व्यवहारमा झल्किएको हुनुपर्छ । अहिलेको मूल समस्या भनेको मुलुकले अँगालेको व्यवस्था गलत नभई नेता, शासक, प्रशासकदेखि जनताको सोच, संस्कारमा सदियौँदेखि जकडिएको राजसीपन वा रजाइँ गर्ने एकाङ्की वा अलोकतान्त्रिक/ तानाशाहीपनको पुनरावृत्ति हो । तसर्थ संसार बदल्नको लागि व्यक्ति वा संस्था बदलेर मात्र रूपान्तरण हुँदो रहेनछ, त्यसका लागि व्यक्तिको संस्कार र संस्थाको संस्कृति नै बदलिनु जरूरी छ ।साथै देशको एकल संस्कार वा संस्कृतिलाई बहुल संस्कार र संस्कृतिमा रूपान्तरित गरिँदै जाँदा बहुल संस्कार वा संस्कृतिको सामूहिक यात्राको सुभारम्भ हुन्छ। त्यही बहुल सोच र संस्कारजन्य व्यवहारबाट नै एकल राष्ट्रको ठाउँमा बहुल राष्ट्रियताको गर्भधारण भई जन्मन्छ, हुर्कन्छ र एउटा सशक्त, सबल राष्ट्र निर्माण हुन्छ ।अन्यथा हाम्रो मुलुकको राजनीतिक परिवर्तन र  शासकीय व्यवस्था फेरबदलले मात्र सत्ता र जनताका सुख र समृद्धिका रङ्गीन सपनाहरू फगत काल्पनिकी मात्र बन्नेछ । नेपालको बारम्बारको आन्दोलन र शासकीय व्यवस्था परिवर्तनहरूको उपलब्धिहरू केवल राजनीति, सत्ता र जनताका लागि मीठो स्वैरकल्पना त बन्ला तर समृद्ध नेपाल र सुखी नेपालीको यथार्थ भने अगम्य वा अप्राप्तिको विषय बन्न पुग्नेछ ।

 

 

 

 

You might also like