पूर्वमन्त्री माननीय हितबहादुर तामाङबाट छैटौँ तामाङ ज्ञान महोत्सवको उद्घाटन
तामाङ न्हाङ्खोर संस्थाले तामाङ ज्ञान, संस्कृति, भाषा, साहित्यको संरक्षण, संवर्धन, विकास र पुस्तान्तरणसहित प्रयोग विस्तारका लागि केही वर्ष अघिदेखि वर्षेनी तामाङ ज्ञान महोत्सव आयोजना गर्दै आएको छ। यस वर्ष पनि बुद्धिमान मोक्तानको जन्म दिवसको अवसर पारी तामाङ पहिचान दिवस मनाउँदै भर्चअल माध्यमबाट देश विदेशको तामाङ अध्येता, विज्ञ विद्वान एवम तामाङ सङ्घसंस्थाको सहभागिता यही २०७८ साल भदौ ६,७ र ८ गते ३ दिनसम्म विभिन्न कार्यक्रमहरूका साथ मनाउँदै छ । यस कार्यक्रमको पहिलो दिनको कार्यक्रममा मिति २०७८ साल भदौ ६ गतेका दिन पूर्वमन्त्री माननीय हितबहादुर तामाङबाट समुद्धाटन भएपछि शुभारम्भ भएको छ ।
यस कार्यक्रमको समुद्घाटन सत्रको अध्यक्षता पूर्वराजदूत डा.गणेश योञ्जन तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथिमा पूर्वमन्त्री माननीय हितबहादुर तामाङ रहनु भएको थियो । पत्रकार सञ्चु ब्लोन तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा शुभकामना मन्तव्य राखिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै तामाङ न्हाङखोरका महासचिव निष्णु थिङले यस तीन दिने तामाङ ज्ञान महोत्सवमा कार्यपत्रहरूको प्रस्तुति हुने, पुराना पुस्ताको स्मृति वाचन कार्यक्रम रहेको र विभिन्न प्यानलमा समसामयिक विषयमा छलफल गरी कार्यान्वयनका आधार निर्माण हुने र त्यसबाट यस कार्यक्रमको सार्थकता पुष्टि हुने विचार व्यक्त गर्नुभएको थियो ।
शुभकामना मन्तव्यकै क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानमा मातृभाषा विभाग प्रमुख लक्ष्मी मालीले तामाङ भाषा र साहित्यको संरक्षणको लागि तामाङ न्हाङखोरबाट गरिएको यो महोत्सव उदेश्यमूलक र तामाङ भाषा साहित्यको विकास र विस्तारका लागि लाभदायक हुने विचार राख्दै कार्यक्रमको सफलताको शुभकामना अभिव्यक्त गर्नुभयो । त्यसपछि नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले तामाङ पहिचान र ज्ञानको लागि यस्ता महोत्सवले विशेष योगदान पुर्याउने विचार व्यक्त गर्दै विभेद र बहिष्करणबाट तामाङ जातिको सीमान्तीकरण भएको हुँदा त्यस विरूद्ध लागी अधिकार प्राप्तिको लागि तामाङ ज्ञानको खेती गर्नुपर्नेमा जोड दिनुभयो ।साथै उहाँले वर्तमान विश्व पूँजीवादको दलदलमा तामाङ समाज फस्दै गएकोले तामाङ मौलिक ज्ञान र संस्कृतिमा विकृति आउन थालेको स्मरण गर्दै अब तामाङ ज्ञानको रैथानीकरण र भाषा तथा ज्ञानलाई सँगसँगै प्रविधीकरण गर्दै जानुपर्ने बताउनुभयो । त्यसैगरी मन्तव्यकै क्रममा नेपाल तामाङ घेदुङ अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाले राज्य संरचनामा तामाङहरूको सहभागिता, प्रतिनिधित्व र पहिचानको स्थापना गर्नको लागि यस्ता कार्यक्रमले बल पुर्याउने बताउनुभयो । साथै तामाङहरूको आफ्नै इतिहास, ज्ञान, पहिचान रहेको र त्यसलाई संरक्षण, विकास र उपयोग गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । वरिष्ठ संगीतकार प्रदीप बमजनले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै गोपाल योञ्जनको स्मृतिसम्बन्धी आयोजित कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्नुभयो । मन्तव्यकै सिलसिलामा दिल्ली विश्वविद्यालयका सहप्राध्यापक डा.मुनिष तामाङले यस कार्यक्रमबाट तामाङ ज्ञानको सञ्चार हुने र यसबाट लाभान्वित हुने भएकोले यो महोत्सव संसारभरिका तामाङहरूका लागि विशेष अवसर भएको बताउनुभयो ।
उद्धधाटन कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री माननीय हितबहादुर तामाङले तामाङ भाषालाई राज्य संरचनाका विभिन्न क्षेत्र, विधा र कामकाजमा प्रयोगका लागि यस्ता कार्यक्रमहरूले विशेष मार्ग प्रदान गर्ने भएकोले कार्यक्रम सफलताको शुभेच्छा प्रकट गर्नुभयो । साथै उहाँले तामाङ भाषाको संरक्षण, विकास र प्रयोग विस्तारका लागि तामाङ सामाजिक जीवनका हरेक क्षेत्रमा तामाङ ज्ञानको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी कार्यक्रमको अन्तमा सभाध्यक्ष एवम् पूर्वराजदूत डा.गणेश योञ्जन तामङले ताम्सालिङ क्षेत्रमा तामाङ जातिको आवाज सशक्त उठान गर्नुपर्ने, त्यसका लागि तामाङ जातिले राज्य संरचनामा सहभागिताको लागि सकारात्मक हस्तक्षेप गर्दै जानुपर्ने र तामाङ आयोग गठनको लागि सशक्त पहल गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।
तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा त्यसपछि कार्यपत्र सत्रहरू सुरू भएको थियो । जसमा तामाङ ज्ञानसम्बन्धी विषयमा विभिन्न अध्येताहरूबाट कार्यपत्र प्रस्तुति र अन्तर्क्रिया सञ्चालन भएको थियो । आयोजककाअनुसार पहिलो दिनको कार्यक्रममा कार्यपत्रहरूको प्रस्तिति, दोस्रो दिनको कार्यक्रममा स्मृतिवाचन हुने र तेस्रो दिनको कार्यक्रममा प्यानल छलफलसहित समापन कार्यक्रम रहेको बुझिएको छ। आयोजकबाट प्राप्त कार्यक्रमको तालिका निम्नअनुसार रहेको छः
छैठौं तामाङ ज्ञान महोत्सव
भदौं ६, ७ र ८ गते
कार्यतालिका
उद्घाटन सत्र: (२:०० देखि ४.oo बजेसम्म)
सञ्चालन: सन्चु ब्लोन
उद्घाटन समारोह
अध्यक्षता: डा. गणेश योन्जन, पूर्व राजदूत्
प्रमुख अतिथि: हितबहादुर तामाङ, पूर्वमन्त्री तथा सांसद्
अतिथि आसन ग्रह: टासी लामा, वरिष्ठ उपाध्यक्ष अन्तर्राष्ट्रिय तामाङ परिषद्
मोहन गोले: अध्यक्ष, नेपाल तामाङ घेदुङ
लक्यान लामा: अध्यक्ष, उत्तर अमेरिका तामाङ समाज
विनिता तामाङ: अध्यक्ष, तामाङ समाज अमेरिका
रुविना तामाङ: अध्यक्ष, जापान तामाङ समाज
लक्ष्मी माली: मातृभाषा साहित्य विभाग प्रमुख, नेपाल प्रज्ञा प्रतिष्ठान
समीक्षक: डा. मुनिष तामाङ, दिल्ली विश्वविद्यालय
आयोजक संस्थाका अध्यक्षहरुः अमृत योन्जन–तामाङ (तामाङ न्हाङखोर, बौद्ध) र फूल कुमार बोम्जन (तामाङ डाजाङ, स्वयम्भु)
स्वागत मन्तव्य: निष्णु थिङ, संयोजक, छैठौं तामाङ ज्ञान महोत्सव आयोजक समिति
शुभकामना मन्तव्य: विनिता तामाङ, लक्यान लामा, रुविना तामाङ, लक्ष्मी माली, मोहन गोले र टासी लामा, हितबहादुर तामाङ ।
समापन: सभाध्यक्षद्वारा समापन
पहिलो दिन (भदौ ६ गते ४: ०५ देखि ६.०० बजेसम्म)
पहिलो कार्यपत्र प्रस्तुति सत्र सत्राध्यक्षः हसां कुर्मी
१. धन बहादुर तामाङ नेपाल सरकारको पूर्व सचिव तामाङ भाषाको सन्दर्भमा भ्रम र वास्तविकता
२. कुमारी लामा उपप्राध्यापक त्रिवि पुँजीवादी पितृसत्ताको विरुद्धमा चरिमाया तामाङको पृथक आवाज
३. सुमित्रा देवी घिसिङ उपप्राध्यापक त्रिवि र तामाङ न्हाङखोरका सदस्य तामाङ जातिमा लैङ्गिकता
४. डा.लोकबहादुर लोप्चन नेपाल सरकारको उपसचिव अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा दशक(२०२२–३२) र तामाङ भाषा
५. धनम तामाङः तामाङ साहित्यकार पश्चिमी तामाङ भाषा
६. डा. बालकृष्ण बलः प्रमुख सूचना प्रविधि विभाग, काठमाडौं विवि भाषाको अध्यापन र सिकाइमा आवाजमा आधारित प्रविधिको प्रयोग
अन्तरक्रिया १५ मिनेट र सत्राध्यक्षको मन्तव्यसहित समापन ७ मिनेट
दोस्रो कार्यपत्र प्रस्तुति सत्र (६.०५ देखि ७.४० बजेसम्म) सत्राध्यक्षः डा. आशालाल तामाङ
१. निष्णु थिङ लेखक तथा अनुसन्धाता तामाङ संस्कृतिमा मामा–भान्जाको सम्बन्ध
२. सेतेमान तामाङ मानवशास्त्री तामाङ समुदायमा म्हाने नाचको महत्वः एक मानवशास्त्री अध्ययन
३. सूर्य तामाङ मानवशास्त्री ल्हाप्साङकर्पोक्षेत्रका तामाङ जातिको धार्मिक अवस्थाः एक मानवशास्त्रीय विवेचना
४. डा.विमला तामाङ मानवशास्त्री तामाङ विवाह परम्पराः एक तुलनात्मक अध्ययन
५. नवीन कुमार लामा अनुसन्धाता, न्यू एरा तामाङ जातिको सामाजिक–राजनैतिक अनुसन्धान
६. डिबी तामाङ तामाङ खानाको प्रवर्धकःतामाङ खाना
अन्तरक्रिया १५ मिनेट र सत्राध्यक्षको मन्तव्यसहित समापन ७ मिनेट
तेस्रो कार्यपत्र प्रस्तुति सत्र (७.४५ देखि ९.४५ सम्म) सत्राध्यक्षः केशव बल
१. अन्जना तामाङ इतिहासकार, सिक्किम सिक्किममा तामाङ जातिः एउटा ऐतिहासिक अध्ययन
२. हिरामान तामाङः विद्यार्थी उर्गेनको घोडामा तामाङ प्रतिनिधित्व
३. रमेश तामाङः प्राध्यापन, शंकरदेव कलेज मौलिक तामाङ फापारे गीत
४. गोपाल फ्युवाः शिक्षक तामाङ गाउँखाने कथा
५. सन्तोष योन्जनः विकास अभियन्ता वैद्य थर कि पद ?
६. कर्म डी. लामा प्राध्यापन त्रिचन्द्र कलेजः के नेपालको पश्चिमोत्तरका हिमाली जातिहरु तामाङ हुन् ?
अन्तरक्रिया १५ मिनेट र सत्राध्यक्षको मन्तव्यसहित समापन ७ मिनेट
दोस्रो दिन (भदौ ७ गते १२ देखि ८ बजेसम्म)-स्मृति वाचन सत्र
सत्राध्यक्षः अमृत योन्जन–तामाङ
१. काजीलाल वाइवा राजनीतिज्ञ सिराहा
२. मदन तामाङ पहिलो नृत्यकर्ता महाराजगन्ज, काठमाण्डौं
३. जीतवीर लामा पूर्व सांसद दोलखा
४. वीरबहादुर गोले राजनीतिज्ञ रौतहट
५. राम बहादुर थिङ लाबोन हेटौंडा
६. कुल बहादुर तामाङ शिक्षक भोजपुर
७. डिग तामाङ डिसी, युएस
८. धना लामा सञ्चारकर्मी महाराजगन्ज
९. डिबी योन्जन कालिम्पोङ
१०. डि.के.बुद्धिष्ट पाइलट सिराहा
तेस्रो दिन (भदौ ८)
प्यानल छलफल एक (२.०० देखि ४.०० बेलुकासम्म)
नेपालका विश्वविद्यालयमा तामाङ अध्ययनको सम्भावना, चुनौती
सहजकर्ताः कुमार यात्रु
प्यानलिष्टहरुः डा. मुक्त सिंह लामा, मानवशास्त्री, त्रिवि, डा. ओमकारेश्वर श्रेष्ठ, विभागीय प्रमुख नेपाल भाषा केन्द्रीय विभाग, त्रिवि, डा. रमेश ढुङ्गेल, अध्यक्ष हिमालयन एण्ड बुद्धिष्ट स्टडिज, चावहिल र विष्णु कुमार सिंजाली, अध्यक्ष मगर लेखक संघ
प्यानल छलफल दुई (४.१० देखि ६.१० बेलुका सम्म)
बागमती प्रदेशमा सरकारी कामकाजमा तामाङ भाषाको सम्भावना र अवसर
सहजकर्ताः डा. लोकबहादुर लोप्चन
प्यानलिष्टहरुः अमृत योन्जन–तामाङ, भाषाविद्, डा. तारामणि राई, भाषाशास्त्री, राधिका तामाङ, उपसभामुख बागमति प्रदेश सभा, प्रेम तामाङ, बागमति प्रदेश सभा सांसद, दोर्जे मोक्तान, बागमति प्रदेश सभा सांसद, शान्ति थिङ, सचेतक नेकपा एमाले ।
समापन समारोह (६.१५ देखि ८.१५ सम्म साँझ)
अध्यक्षताः फूल कुमार बम्जन
प्रमुख अतिथिः
अतिथिहरुः कुमारी तामाङ र इन्द्र तामाङ संरक्षक, तामाङ न्हाङखोर ।
समीक्षकः डा. मुनिष तामाङ
धन्यवाद मन्तव्यः धन लामा
समापन मन्तव्यः सभाध्यक्षद्वारा समापन मन्तव्य ।