तामाङ अध्ययन केन्द्रबाट तामाङ भाषा, साहित्य र शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन हुने

 

तामाङ अध्ययन केन्द्रबाट तामाङ भाषा, साहित्य र शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन हुने

इन्द्रसरोवर गा.पा, मकवानपुर २०७८ साल भदौ ११-१२ गते ।

तामाङ अध्ययन केन्द्रबाट इन्द्रोसरोवर गाउँपालिका स्थित मार्खुमा एक आदिवासी भाषा, साहित्य र शिक्षा क्षेत्रमा अध्ययन, अनुसन्धान, प्रकाशन विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमक छलफलको मूल विषय तामाङ अध्ययन, अनुसन्धान, अध्ययन वृत्तिका साथै समाज संस्कृति रहेको थियो । सहाप्राध्ययापक (त्रिवि) डा.मुक्त सिं लामाबाट कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जसमा तामाङ भाषा, साहित्य, संस्कृति, अध्ययन, अनुसन्धान, धर्मजस्ता विषयमा के कसरी अगाडि बढ्ने, यसको विकास र विस्तार गरी भाषिक सांस्कृतिक समृद्धि हासिल गर्न सकिन्छ  भन्ने भविष्यमा मार्गदर्शन प्रस्तुत भएको थियो ।

भाषा, साहित्य र शिक्षाको विषयमा भाषाविद अमृत योञ्जन तामाङले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले तामाङ भाषा, साहित्य शिक्षाको आगामी दश वर्षमा कसरी तामाङ भाषा, साहित्य र शिक्षाको प्रयोग विस्तार गर्ने कार्यको रूपरेखा प्रस्तुत गर्नुभयो । साथै उहाँले यस संस्थाले तामाङ समुदायको मात्र नभई समग्र आदिवासी जाति लगायत अन्य भाषा, साहित्य र शिक्षाको हरेक क्षेत्रमा सशक्त योगदानमूलक कार्य गर्न सक्नुपर्ने बताउनु भएको थियो । उक्त कार्यक्रममा पूर्वराजदूत डा.गणेश योञ्जन तामाङ, भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चनको उपस्थिति र कार्यपत्रमाथि टिप्पणीसहित सुझाव प्रस्तुत गर्नु भएको थियो । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङबाट सहजीकरण गरिएको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका महासचिव महितकुमार तामाङ र तामाङ भाषाका लेखक इन्द्रबहादुर तामाङको समेत उपस्थिति रहेको थियो ।

ताम्सालिङ नलिज सेन्टरका प्रबन्ध निर्देशक दावा दोर्जे तामाङ संयोजित उक्त कार्यक्रममा संस्थाको तर्फबाट हाल तामाङ समाजका टावरिङ व्यक्तित्वहरूको जीवनी लेखन र प्रकाशन  कार्य भइरहेको बताउनु भयो । आगामी दिनमा तामाङ भाषा, साहित्य र शिक्षाको क्षेत्रमा यो संस्था बृहत सहकार्यका साथै अगाडि बढी भाषा, साहित्य र संस्कृति क्षेत्रमा एक पायोनियर संस्थाको रूपमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

You might also like