काठमाडौँमा जवाफदेहिता र सुशासनका लागि नागरिक मार्च

 

काठमाडौँमा जवाफदेहिता र सुशासनका लागि नागरिक मार्च

मितिः २०७८ पौष ३ गते

सङ्घीय प्रणालीमा गईसकेपछि देशमा सुशासनकायम हुन्छ भनेर आमनागरिकले विश्वास गरेका थिए । तर, त्यसको विपरित भ्रष्टाचारले निरन्तरता पाएको छ । भ्रष्टाचारले कोभिड – १९ महामारीको प्रतिकार्य, आर्थिक पुनरुत्थान र लोकतान्त्रिक अभ्यासलाई समेत ओझेलमा पारेको छ । भ्रष्टाचार जन्य ठुला मुद्दाहरूले राजनीतिक प्रश्रय पाईरहेको अवस्था छ । नतिजा स्वरुप दण्डहिनता, सामाजिक विभेद, हिंसा, बेरोजगारी र युवामा नैराश्यता बढेको यथार्थ हाम्रोसामु छर्लङग छ । मानवअधिकार, जलवायु परिवर्तन, लैंगिक समावेशिता, आर्थिक समृद्धि लगायतका मुद्दाहरू प्राथमिकताका साथ अगाडि आइरहेका छन् । तर, खुला, पारदर्शी र जवाफदेही प्रणालीको स्थापनान गरी यस्ता मुद्दाको सम्बोधन गर्नु असम्भव जस्तै छ ।

जवाफदेहिता र पारदर्शितालाई प्रवर्धनका लागि सरकार र नागरिकको ध्यानाकर्षण गर्न आज काठमाण्डौमा नागरिक मार्च भएको छ । विभिन्न पेशासँग आबद्ध करिब २०० जना व्यक्ति सहभागी नागरिक मार्च भृकुटीमण्डपबाट सुरु भएर बसन्तपुरमा एक समारोहकाबीच  समापन भएको थियो । जवाफदेहिताको क्षेत्रमा कार्यरत दुई गैर–नाफामूलक संस्थाहरू एकाउन्टबिलिटी ल्याब नेपाल र सेन्टर फर इन्टरप्रेन्योरसिप एन्ड इनोभेसनको सहकार्यमा कार्यक्रमआयोजना गरिएको थियो ।  यस कार्यक्रमका प्रमुख वक्ता एवं सामाजिक अभियान्ता जगन्नाथ लामिछाने र एकाउन्टबिलिटि ल्याब नेपालका प्रमुख नारायण अधिकारीले मार्चलाई सम्बोधन गर्ने क्रममा खुला र पारदर्शि संरचनाका लागि सरकार र नागरिकबिचको सहकार्यको महत्वलाई उजागर गरेका थिए ।

एकाउण्टबिलिटि ल्याव नेपालले सुशासन, पारादर्शिता, जवाफदेहिता र खुला सरकारको अवधारणालाई अवलम्बन गर्दै काम गरिरहेको छ। सरकारी सेवामा रहेर काम गर्ने सक्षम, इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवककर्मचारीलाई २०७२  साल  देखि हरेक वर्ष इन्टेग्रिटी आईकन नेपालबाट सम्मानगर्दै आईरहेको छ । सुशासन प्रवर्धन  र  सामाजिक रुपान्तरणका निमित्त स्थानीय तहहरु सँगको सहकार्यमा विभिन्न क्रियाकलाप पनि गर्दै आइरहेको छ।  सेन्टर फर अन्टरर्प्रेनरशिप एण्ड सोसल इनोभेशनले  २०७६ सालदेखि नागरिक सहभागिता, उद्यमशिलतालाई महत्व दिँदै विभिन्न काम गर्दै आइरहेको संस्था हो ।

 

 

You might also like