मन्त्री प्रेम आलेको ल्होछारलगायतका चाडपर्वलाई सार्वजनिक विदा दिने प्रतिबद्धता

 

मन्त्री प्रेम आलेको ल्होछारलगायतका चाडपर्वलाई सार्वजनिक विदा दिने प्रतिबद्धता

काठमाडौँ, २०७८ साल माघ १९ गते ।

तामाङ जाति लगायत ह्योल्मो लगायतका नेपालका विभिन्न समुदायले आज २०७८ साल माघ १९ गतेका दिन २८५८ औँ ल्होछार चाडलाई कोभिड-१९ का बावजुद विभिन्न कार्यक्रमका साथ घरघरमा र विशेष कार्यक्रमसहित मनाएको छ। नेपाल तामाङ घेदुङले कोभिडको मापदण्डलाई पालना गर्दै राष्ट्रिय नाचघरमा एक औपचारिक कार्यक्र संस्कृति, पर्यटन र नागरिक मन्त्रीज्यूको विशेष आथित्यमा सांस्कृतिक र साङगीतिक कार्यक्रम गरी ल्होछार मनाएको छ । सम्मानीय प्रधानमन्त्री शेरबहादुर  देउवाज्यूको शुभकामना सन्देश पढिएको उक्त ल्होछार कार्यक्रमको प्रारम्भ तामाङ संस्कार र संस्कृतिअनुसार लामाले मोलम वाचन, ताम्बाले ह्वाइ र बोम्बोले साङ गरेर प्रारम्भ गरिएको थियो । साथै विशेष अतिथिले छुयमे वा वत्ती बालेर कार्यक्रमको विधिवत सुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा तामाङ समुदायका पूर्वमन्त्री, माननीयहरू, तामाङ घेदुङका पदाधिकारी, तामाङ समुदायका विशिष्ट व्यक्तित्व, कलाकार, पत्रकारसहितको सीमित उपस्थिति रहेको थियो। विभिन्न व्यक्तिबाट शुभकमाना मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रममा संस्कृति मन्त्री प्रेम आलेले नेपाल बहुजातीय, बहुभाषिक र सांस्कृतिक मुलुक भएकोले ल्होछारको शुभकमना व्य्क्त गर्दै प्रत्येक वर्ष ल्होछारलगायतका चाडपर्व मनाउन नेपाल सरकार समक्ष अनुरोध गर्नुपर्ने प्रचलनको अन्त्य गरी यस्ता विशेष चाडपर्वलाई सरकारले पात्रोमा नै उल्लेख गर्ने गरी सार्वजिनक विदा  गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।यसका लागि समुदायहरूलाई पहल गर्न र संस्कृति मन्त्रीको हैसियतले आफूले पहल गर्ने बताउनुभयो । कार्यक्रममा तामाङ समुदाय कलाकारहरूबाट गीत गायन र नाचगान प्रस्तुत गरिएको थियो भने यस कार्यक्रमको नेपाल टेलिभिजन र धर्म टिभिबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

You might also like