तामाङ निजामति कर्मचारी मन्च (तदर्थ) गठन
काठमाडौँ, २०७८ साल चैत्र ११ गते ।
काठमाडौँको भृकुटी मन्डपमा नेपाल सरकारका तामाङ जातिसम्बद्ध कर्मचारीहरूको एक बैठक बसी तामाङ निजामति कर्मचारी मन्च (तदर्थ) गठन गरिएको छ। नेपाल सरकारको सहसचिव हेमराज तामाङ र तामाङ कर्मचारी सञ्जालका अध्यक्ष टेकराज स्याङतान र सचिव दामोदर स्याङतानसहित अन्य तामाङ कर्मचारीहरूको पहलमा तामाङ निजामति कर्मचारी मन्च गठन गरिएको हो। कार्यक्रममा नेपाल सरकारका विभिन्न कार्यालयमा कार्यरत उपसचिव र शाखा अधिकृतहरूको उपस्थिति रहेको थियो । जसमा उपसचिव डा.लोकबहादुर लोप्चन, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र शाखा अधिकृतहरूको उपस्थिति रहेको थियो ।
उक्त बैठकले नेपाल सरकारका विभिन्न सेवा समूहमा रहेका तामाङ कर्मचारीहरूलाई सेवा समूहगत एवम् संस्थागत रूपमा पहिचान कायम हुने गरी मन्चहरू गठन गरी तामाङ कर्मचारीको पेसागत हकहित र तामाङ समुदायप्रतिको जवाफदेहिता अभिवृत्ति गर्ने कार्य विवरण समेत तयार पारेको थियो । यस मन्चलाई पूर्णता दिनको लागि हाललाई शाखा अधिकृत टंकबहादुर नेगीको संयोजकत्वमा तामाङ कर्मचारी मन्च (तदर्थ) गठन गरिएको छ।जसमा सदस्य सचिवमा शा.अ. सचिव युडेन तामाङ र सदस्यहरूमा शा.अ.असलीमाया तामाङ, शा.अ.छायालाल तामाङ, शा.अ.टेकराज स्याङतान र शा.अ.सावित्रा घिसिङ रहेका छन् ।
यस समितिले आवश्यक तयारी गरी तामाङ निजामति कर्मचारी मन्चलाई विशेष भेला आयोजनामार्फत पूर्णता दिने बताइएको छ।संस्थाको जसको लागि विधान संशोधनदेखि पदाधिकारीको चयन र आगामी नीति, कार्यक्रम तय गरी कार्य सञ्चालन आदि रहेका छन् । केही वर्ष अघि शा.अ. टेकराज स्याङतानको अध्यक्षता र दामोदर स्याङतान सचिव रहेको नेपाल तामाङ कर्मचारी सञ्जाल गठन गरिएको थियो । सम्मरणीय के छ भने सहसचिव रूद्रसिंह तामाङको पहलमा उक्त सञ्जाल गठन गरिएको थियो ।