तामाङ कर्मचारी मञ्चबाट तामाङ राष्ट्रिय पुस्तकालयका लागि आर्थिक सहयोग प्रदान

 

तामाङ कर्मचारी मञ्चबाट तामाङ राष्ट्रिय पुस्तकालयका लागि आर्थिक सहयोग प्रदान

यो पनि पढ्नुहोस

तामाङ निजामती कर्मचारी संजाल(तदर्थ) समितिको दोस्रो बैठक सम्पन्न भएको छ । आज भएको बैठक काठमाडौँ बौद्ध६ मा रहेको तामाङ राष्ट्रिय पुस्तकालयमा समितिको संयोजक टंकबहादुर नेगीको संयोजकत्वमा भएको थियो । समितिले निकट भविष्यमा सम्पन्न हुन गईरहेको तामाङ कर्मचारी संजालको साधारण सभा सम्पन्न गर्ने लगायतका विषयमा आवश्यक समन्वय, छलफल, सदस्य विस्तार, सहयोग एवं सहजीकरणमा सहयोग गर्ने भनी निर्णय गरेको छ । तदर्थ समितिले उल्लिखित संस्थालाई कर्मचारी विवरण अध्यावधिक तथा परीक्षण गर्न, राष्ट्रिय किताबखाना(निजामती)मा औपचारि अनौपचारिक माध्यमबाट विवरण संकलन गर्न समेत आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । वैठकमा विशेष आमन्त्रितका रुपमा नेपाल सरकारका सहसचिव हेमराज तामाङ उपस्थित हुनु भएको थियो । त्यसैगरी नेपाल सरकारका उपसचिव डा.लोक ब.लोप्चन र भाषा विद् अमृत योञ्जन तामाङको समेत उपस्थिति रहेको थियो । समितिले तामाङ भाषा, संस्कृति र इतिहासको संरक्षण र प्रवर्दनका लागि अघि बढेको तामाङ राष्ट्रिय पुस्तकालयलाई सहयोग स्वरुप रु ७०००।– सहयोग गरेको थियो ।

You might also like