भीमेश्वर नपा दोलखामा गठनबन्धनबाट मेयरमा ईश्वर मानन्धर र उपमेयरमा संगिता तामाङ (पाख्रिन) को मनोनयन दर्ता

 

भीमेश्वर नपा दोलखामा गठनबन्धनबाट मेयरमा ईश्वर मानन्धर र उपमेयरमा संगिता तामाङ (पाख्रिन) को मनोनयन दर्ता

चरिकोट २०७९ साल बैशाख १२ गते ।

भीमेश्वर नगरपालिका दोलखामा गठबन्धन दलको तर्फबाट बैशाख १२ गतेका दिन निर्वाचन अधिकृतको कार्यालय चरिकोटमा नगर प्रमुख पदमा नेपाली काङ्ग्रेसका नेता ईश्वर मानन्धर र उपमेयरमा नेकपा एकीकृत समाजवादी नेतृ संगिता तामाङ (पाख्रिन) ले मनोनय पत्र दर्ता गराएका छन् । यस नगरपालिकामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन रहेको छ।

यस नगरपालिकामा नेकपा एमालेबाट मेयरमा हरिवंश चौलागाई र उपमेयरमा कमला बस्नेतले मनोनयन पत्र दर्ता गराएका छन् । नेपाली काङ्ग्रेसका ईश्वर मानन्धर र नेकपा एमालेका उपमेयर कमला बस्नेतबाहेक अन्य पदाधिकारी भने नयाँ हुन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेका भरत के.सी. मेयरमा निर्वाचित भएका थिए भने ईश्वर मानन्धरले प्रमुख प्रतिस्पर्धीमा चित्त बुझाउनु परेको थियो । त्यसैगरी कमला बस्नेतले उपमेयरमा विजय प्राप्त गर्दा नेकपा माओवादी केन्द्रको तर्फबाट उपमेयरको उम्मेवारले हार बेहोर्नु परेको थियो । तर यसपटक भने नेकपा एमाले विभाजित भई नेकपा एकीकृत समाजवादी भएको हुँदा गठबन्धनको पल्लाभारी हुने आँकलन गर्न सकिन्छ। तर चुनावको कुरा जनताको मन र मताधिकारमा आधारित हुने हुँदा यसको लागि गठनबन्धनले थप मेहनत गर्नुपर्ने देखिन्छ भने नेकपा एमाले आफ्नो जित कायम राख्न चमत्कारिक प्रयास गर्नुको विकल्प छैन ।

You might also like