तामाङ गोइला (पोशाक)सहित संगिता तामाङ (पाख्रिन) को उम्मेदवारी दर्ता

 

तामाङ गोइला (पोशाक)सहित संगिता तामाङ (पाख्रिन) को उम्मेदवारी दर्ता

चरिकोट दोलखा २०७९ साल बैशाख १४ गते ।

भीमेश्वर नगरपालिका दोलखामा पनि नगरपालिका प्रमुख र उपप्रमुख पदसहित वडामा राष्ट्रिय गठबन्धन दलबीच गठबन्धन भएको छ।मेयरमा नेपाली काङ्ग्रेसका इश्वरनारायण मानन्धर र उपमेयरमा संगिता तामाङ (पाख्रिन) ले १२ गते नै  मनोनयन दर्ता गरिसकेका छन् । विशेष र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय चरिकोटमा मनोनयन पत्र दर्ता गर्न पुगेका नेपाल तामाङ घेदुङकी केन्द्रीय सदस्य समेत रहेकी संगिता तामाङ (पाख्रिन) भने तामाङ ग्योइला (पोशाक) मै उपमेयर पदमा मनोनयन पत्र दर्ता गर्न पुगेकी थिइन् ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट मेयर भरत के.सी. र उपमेयरमा कमला बस्नेतले विजय हासिल गरेका थिए । नेकपा एमालेबाट यसपल्ट मेयरमा हरिवंश चौलागाई नयाँ अनुहार देखिए पनि उनी यस अघि नै निर्वाचित वडाध्यक्ष थिए ।निर्वमान उपमेयर कमला बस्नेत भने दोस्रो पल्ट पनि उपमेयरको बाजी मार्न प्रयत्नशील छिन् । त्यसैगरी ईश्वरनारायण मानन्धर अघिल्लो निर्वाचनमा मुख्य प्रतिस्पर्धामा चित्त बुझाउन बाध्य थिए । संगिता तामाङ चाहिँ यसपल्ट नयाँ अनुहारसहित तामाङ बाहुल्य भीमेश्वर नगरपालिकाका युवा एवम् महिला नेतृ हुन् । उनले तामाङ घेदुङको केन्द्रीय सदस्यको गरिमालाई तामाङ ग्योइला लगाएर मनोनयन दर्ता गरी बहुल जातिको साख अभिवृद्धि मात्र गरेकी छैनन्, बहुसंख्यक जातिको पहिचानलाई झल्काउने एकल प्रयास वा पहिलो प्रयास गरेकी  छिन् ।

 

You might also like