भीमेश्वर दोलखाको उपमेयरमा संगिता तामाङ-पाख्रिन नै किन ?
भीमेश्वर दोलखा ऐतिहासिन सुन्दर धार्मिक एवम बहुसांस्कृतिक नगर हो ।यो नगर भौगोलिक छटामा जति सुन्दर र विकासको लागि सम्भाव्य छ, त्यसभन्दा बढी विविध जाति, धर्म, संस्कृतिक अनुपम सङ्गम हो ।यो नगर नेपालकै कृषि, उद्योग, धार्मिक र सांस्कृतिक पर्यटनको लागि नेपालकै आकर्षिक गन्तव्य स्थल हो । यस नगरलाई सुन्दर धार्मिक सांस्कृतिक पर्यटकीय नगर बनाई विश्वकै गन्तव्य स्थल बनाउन सकिने सम्भावनाहरू पर्याप्त छन् । स्थानीय कृषिको आधुनिकरण, उद्योग ग्रामको स्थापना, व्यापार र व्यवसायको हब तथा संसारकै पर्यटकीय गन्तव्य बनाउनका लागि यस नगरपालिकाको स्थानीय नीति, नेतृत्व सबल, सक्षम मात्र नभई विविध जाति, धर्म, संस्कृति र समुदायको प्रतिनिधित्व गर्न समावेशी अनुहारको हुनु जरूरी छ। नेपालको संविधान २०७२ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर मर्म र लोकतन्त्रको धर्म पनि हो । तथापि हालसम्म यस नगरपालिकाको नीति निर्माण तहमा समावेशी बहुल चरित्र झल्किन सकेको छैन । तसर्थ लोकतन्त्र आफैँमा गर्दै सिक्दै अभ्यास गरिने पद्धति भएको हुँदा अब भने आम जनतामा भिजेका, राजनीतिक पृष्ठभूमि, भविष्यमा दोलखाको राजनीतिक विरासतलाई केन्द्रीय राजनीतिमा जोड्न सक्ने नेतालाई नगरको प्रमुख र उप्रमुखमा निर्वाचित गर्नु जनता, भीमेश्वर र दोलखाको आजको आजको आवश्यकता हो ।
विशेषतः भीमेश्वर नगरपालिका दोलखाको उपमेयर पदमा संगिता तामाङ पाख्रिन गठबन्धनको तर्फबाट साझा उम्मेदवा त हुँदै हो । उनी दोलखाको विगत, वर्तमान र भविष्यको राजनीतिक विरासत बोक्ने युवा र महिला नेतृ हो ।
संगिता तामाङलाई नै किन भीमेश्वर उपमेयर बनाइनु पर्छ त ?
- समावेशी र समानुपातिक जनप्रतिनिधित्व चयन गर्नः हालसम्म भीमेश्वरमा जनजाति पृष्ठभूमिका प्रमुख उपप्रमुख निर्वाचित भएको छैन, जबकि यस नपामा तामाङ र नेवार जातिको बाहुल्यता छ।
- वाम तथा लोकतान्त्रिक गठबन्धनको साझा उमेद्वारःनेपाल संविधान रक्षा र लोकतन्त्र बचाउन र प्रजातान्त्रिक अभ्यास गर्न गठबन्धन भएको हो । लोकतन्त्रलाई स्थानीय तहले नै संस्कारयुक्त बनाउनको लागि अपरिहार्य छ।
- दोलखाको राजनीतिको विगत, वर्तमान र भविष्यको आधार हुन्- दोलखा जिल्ला भीमबहादुर तामाङ र पशुपति चौलागाई जस्ता इमानदार, त्यागी र सादगी नेताको उद्गम थलो हो । यसले पछिका पुस्ताले निरन्तरता दिनमा उनले सक्ने आँकलन गर्न सकिन्छ ।
- आदिवासी जनजाति, दलित र अल्पसङ्ख्यको आवाजलाई कार्य रूप दिनः उनी आफैँमा जनजाति पृष्ठभूमिका १४ वर्षकै उमेरदेखि निरन्तर दोलखाको राजनीतिमा आबद्ध छिन् । उनी राजनीतिक भूगोल र धरातल समेत भएकी युवा जुझारू नेतृत्व भएको हुँदा यस नगरको सामाजिक सांस्कृतिक रूपान्तरणको कारगर उनी बन्न सक्छिन् ।
- विधि र पद्धतिसहित साझेदारी राजनीतिक र विकास संस्कृति निर्माण गर्नः
वर्तमानमा चाहे राजनीति होस् चाहे विकास साझेदारी विना सम्भव नै छैन तसर्थ अबको केन्द्रीय राजनीति वा प्रदेशदेखि स्थानीय राजनीतिको सम्भाव्य परिदृश्य भनेको सहकार्य वा गठबन्धन नै हो । किनकि सङ्घीय सरकार अबका दिनहरूमा मिलिजुली नै गठन हुन्छन् । यसको अर्थ अबको प्रदेश र केन्द्रीय राजनीतिमा पनि गठबन्धन हाबी हुन्छ। कुनै सहरको विकासको तीनै तहको सरकारको समन्वय र सामञ्जस्यता आवश्यक छ।
- भीमेश्वर नगरमा नयाँ पदाधिकार र उर्जा एवम जोश, जाँगर भित्याउनः
यस नगरपालिकाको विकासको सम्भाव्यता प्रचुर छ नै । यसलाई तीब्र गतिमा साकार पार्न नयाँ जोश, जाँगर र उर्जा सहितको जनप्रतिनिधिको आवश्यकता छ।त्यसको लागि नयाँ पदाधिकारीलाई मतदान दिई नगरको विकासलाई साथ दिनु जनताको कर्तव्य हो ।
- नगरको विकास र रुपान्तरण गर्नः नगर विकासका भौतिक, प्राज्ञिक, सामाजिक-सांस्कृतिक पक्षहरू छन् । स्थानीय प्रज्ञा प्रतिष्ठान गठन, सांस्कृतिक सङ्ग्रहालय स्थापना र अल्पसङख्यक समुदायको आवाज सुनी विशेष कार्यक्रम ल्याउन ।
- बेरोजगारी न्यूनीकरण, विदेश पलायन रोक्न स्थानीय उद्यम र गरीबमुक्त सहर निर्माणः मूलतः अहिले स्थानीय तहमा बेरोजगारीको समस्याले बारी, खेत बाँझिएका छन् । कृषि प्रधान देशमा खेतबारी जोतिन छोडिएको छ भने बूढाबुढी मात्र गाउँमा बस्ने अवस्था सिर्जना भएको छ ।उद्यमको विकास विना स्थानीयमा रोजगारी सिर्जना हुँदैन र विना रोजगार गरिबी हटाउन सकिँदेन । तसर्थ स्थानीय रोजगार सिर्जना, बेरोजगारी समस्या समाधान र गरिबमुक्त नगर निर्माण गर्न ग्रामीण पृष्ठभूमि भएका नेतृत्वको चयन गर्न अपरिहार्य छ।
- सबै तह, वर्ग, क्षेत्रको जनताको पीरमर्का सम्बोधन गर्नः उनी विद्यार्थी आन्दोलनबाट उठेका केन्द्रीय नेतृत्व मात्र स्थानीय प्रारम्भिक कमिटि, जिल्ला हुँदै स्थापित नेतृ हुन्। अनि नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य, नेकपा एस बागमती प्रदेश महिला सङ्घ सचिव समेत हुन् । यी सबै संस्थाहरूको नेतृत्व गरिसकेका जनप्रतिनिधिबाट मात्र भीमेश्वर नगरको सामाजिक –सांस्कृतिक रूपान्तरणको रथ हाँक्न सक्छ ।
त्यसैले,
उल्लिखित उदेश्य प्राप्त गरी भीमेश्वर नगरको सुन्दर, समृद्ध र पर्यटकीय सहर निर्माण गर्न एक मात्र विकल्प उपमेयरमा संगिता तामाङलाई कलम चिन्हमा मतदान गरी विजय गराउनु नै बुद्धिमान ठहरिन सक्छ ।