मण्डनदेउपुर न.पा.काभ्रेले पञ्चवर्षीय योजना (२०७९/८०-२०८३/८४) तर्जुमा गर्दै
काठमाडौँ, २०७९ साल जेठ १९ गते ।
मण्डनदेउपुर नगरपालिकाले नवनिर्वाचित मेयर श्री टोकबहादुर वाईबा र उपमेयर विष्णुमणि नेपालको पहलमा विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थितिमा जेठ १९ गते नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना तर्जुमा कार्यान्वयनम गर्नको लागि एक परार्श कार्यशाला आयोजना गरी योजनाको लागि विज्ञहरूबाट विषय क्षेत्रगत राय, सुझाव सङकलन गर्ने कार्य सम्पन्न भयो । उक्त कार्यशालामा मण्डनदेउपुर नगरपालिकासम्बद्ध स्वास्थ्य, शिक्षा, कृषि, सूचना प्रविधि, संस्कृति, स्थानीय शासन विज्ञ महानुभावहरूको सहभागिता रहेको थियो ।
यस कार्यक्रममा नगर उपप्रमुख श्री विष्णुमणि नेपालले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रममा विज्ञहरूबाट नगरपालिकालाई आगामी पाँच वर्षमा समृद्ध बनाउन उचित राय सुझाव प्राप्त हुने अपेक्षा गर्नु भएको थियो ।त्यसैगरी विज्ञ एवम् नेकपा समाजवादी मण्डनदेउपुर नगर कमिटिका अध्यक्ष गोकुल गौतमले स्थानीय निर्वाचन अघि तयार पारिएको गठबन्धनको संयुक्त प्रतिवेदनको प्रस्तुत गर्दै छलफलका लागि अनुरोध गर्नु भएको थियो । यस कार्यशालामा स्वास्थ्य, शिक्षा,कृषि, भाषा, संस्कृति, भौतिक पूर्वाधार एवम् सामाजिक सुरक्षासम्बन्धी विभिन्न क्षेत्रमा विज्ञ व्यक्तिहरूबाट सुझाव प्रस्तुत भएको थियो ।
क्र.सं. | नाम थर | सम्बद्ध क्षेत्र |
१. | श्री टोकबहादुर वाईबा | नगर प्रमुख |
२. | श्री विष्णुमणि नेपाल | नगर उपप्रमुख |
३. | श्री जनार्दन नेपाल | प्र.म.प्रशासनिक सल्लाहकार |
४. | श्री कृष्ण प्रसाद सापकोटा | पूर्व सभासद एवम् सङ्घीयता विज्ञ |
५. | श्री ध्रुवप्रसाद काफ्ले | अध्ययन अनुसन्धान |
६. | डा.राजन पराजुली | सूचना तथा प्रविधि विज्ञ |
७. | श्री गोकुल गौतम | अध्यक्ष, नेकपा समाजवादी म.दे.न.पा |
८. | श्री रामशरण सापकोटा | अध्येता |
९. | श्री कश्यपप्रसाद पौडेल | सभापति नेका मदेनपा |
१०. | डा.दामोदर पौडेल | स्वास्थ्य विज्ञ |
११. | डा.लोकबहादुर लोप्चन | प्रमुख प्रशासकीय अधिकृत नपा |
१२. | श्री अच्युतप्रसाद पौडेल | नेका नेता |
१३. | डा. शंकरप्रसाद ढकाल | खानेपानी विभाग |
१४. | श्री पुष्पप्रसाद बजगाईँ | लेखा अधिकृत |
१५. | श्री काशीनाथ नेपाल | योजना अधिकृत |
१६. | श्री चन्द्रमणि पौडेल | आलेप |
कार्यक्रमको अन्तमा नगरपालिका प्रमुख टोकबहादुर वाईबाले नगरपालिकाले यस अघिको ५ वर्षमा धेरै कार्य गर्ने प्रयास भएको बताउनु भयो । साथै उहाँले आगामी ५ वर्षको नगरपालिकाको योजना निर्माण गरी समृद्ध नगरपालिका निर्माणको लागि योजना तयार पार्न यस कार्यशालाबाट प्राप्त रायसुझाव अत्यन्त उपयोगी रहने विचार राख्नुभयो । आगामी दिनमा पनि विषयविज्ञको सुझाव अनुसार कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।