निर्वाचन अधिकृत शान्ता मरासिनीबाट आरूषी ढकालको शैक्षिक अभिभाकत्व ग्रहण

 

निर्वाचन अधिकृत शान्ता मरासिनीबाट आरूषी ढकालको शैक्षिक अभिभाकत्व ग्रहण

आज मिति २०७९साल जेठ २० गते स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काभ्रेपलाञ्‍चोक जिल्ला मण्डनदेउपुर नगरपालिकाको निर्वाचन सम्‍पन्‍न गर्न खटिनु भएका निर्वाचन अधिकृत श्री शान्ता नेपाल मरासिनीलाई नवनिर्वाचित नगर प्रमुख श्री टोक बहादुर तामाङले एक समारोहबिच विदाइ गर्नुभयो।

उक्त विदाइ कार्यक्रममा नगर उपप्रमुख श्री विष्णुमणि नेपाल वडा अध्यक्षहरूका साथै राजनीतिक दलका पदाधिकारी प्रतिनिधि तथा प्रमुख प्रशासकिय अधिकृत डा.लोक बहादुर लोप्चन समेतको उपस्थिति रहेको थियो।

निर्वाचन अधिकृत मरासीनी निर्वाचन आयोगको मिति २०७८।१२।२८को निर्णानुसार यस नगरपालिकाको निर्वाचन अधिकृतमा खटिनु भएको थियो। नगर निर्वाचनलाई स्वच्‍छ, निष्पक्ष, पारदर्शी र भयमुक्त ढङ्गले सम्‍पन्‍न गर्न अधिकृत मरासिनीको भूमिका महत्वपूर्ण र अत्यन्तै सह्रानीय रह्यो भन्‍ने उल्‍लेख गर्नुहुँदै नगर प्रमुख तामाङले उहाँको आगामी पेसागत जीवनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो।

साथै निर्वाचन अधिकृतक तथा निर्वाचन अधिकृतको कार्यालय सुरक्षार्थ असइ राजेन्द्र अछामीको नेतृत्‍वमा खटिएको सशत्र प्रहरीको टोलीलाई पनि नगर प्रमुख तामाङले धन्यवाद व्यक्त गर्नु भयो।

यसै समारोहमा सामाजिक भावनाले ओतप्रोत अधिकृत मरासिनीले मणडनदेउपुर नगरपालिका वडा नं  ५ बस्ने ८ वर्षिया छोरी  आरूषी ढकालको  अभिभावकत्व ग्रहण गर्नुभयो। साथै अधिकृत मरासिनी उद्योग मन्त्रालयको उपसचिव हुनु भएकोमा उहाँको पहलमा आजैका दिन यस नगरपालिका वडा नं. ६ स्थित उद्योग ग्रामको उद्योग मन्त्रालयको उद्योग महाशाखा प्रमुखसहित प्राविधिक उपस्थिति र नगरपालिकाको प्रमुख, उपप्रमुखसमेतको उपस्थितिमा स्थलगत अवलोकन र अध्ययन कार्य सम्पन गरियो । यसलाई प्रदेश र सङ्घको तर्फबाट नमुना उद्योग ग्राम स्थापना गर्न विशेष पहल गर्ने प्रतिबद्धता समेत गर्नुभयो ।  उक्त कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपालले पनि धन्यवाद मन्तव्य राख्नु भएको थियो ।साथै नगरप्रमुख तथा उपप्रमुखबाट अधिकृत मरासिनीलाई दोसल्ला ओढाइ कदर पत्रसहित सम्मान एवम् विदाइ गरियो ।

शिक्षा आर्जनबाट मात्रै छोरीहरूलाई सक्षम र आत्मनिर्भर र शक्ति सम्पन्‍न बनाउन सकिन्छ भन्‍ने कुरामा विश्वास राख्‍ने अधिकृत मरासिनीले सम्पूर्ण अभिभावक, आमा बुबाहरुमा छोराछोरी दुवैलाई समान, असल र जीवन उपयोगी शिक्षा दिलाउन अपिल गर्नुभयो।

अधिकृत मरासिनीले आफूले ग्रहण गरेको अभिभावकत्‍व वास्तवमा सामाजिक सेवाको सानो सङ्केत मात्र भएको र यसले मानिसहरूको सामाजिक सेवाप्रतिको भावना अझ जागृत गराउने साङकेतिक उदाहरण मात्र रहेको बताउनु भयो।

कार्यक्रमको अन्त्यमा नगर प्रमुख तामाङले निर्वाचन अधिकृतले स्वस्फुर्त रूपमा विपन्‍न परिवारका एक बालिकाको अभिभावकत्‍व ग्रहण गरी नानीको अध्ययनलाई निरन्तरता दिन गर्नुहुने सहयोगको प्रतिबद्धताप्रति नगरपालिका परिवारकातर्फबाट हार्दिक धन्‍यवाद व्यक्त गर्नुभयो।

                                                           

 

 

 

You might also like