
तामाङ राष्ट्रिय पुस्तकालयको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न
बौद्ध काठमाडौँ । २०७९ साल साउन २१ गते ।
बौद्ध काठमाडौँ स्थित तामाङ राष्ट्रिय पुस्तकालयको प्रथम अधिवेशन एक समारोहकाबीच तदर्थ समितिका अध्यक्ष श्री अमृत योञ्जन तामाङको संयोजकत्वमा सम्पन्न भएको छ । बौद्ध तामाङ जेष्ठ नागरिक समाजको अध्यक्ष श्री जयमंगल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको समुद्घाटन श्री जयमंगल लामाबाट छुमे बत्ती बालेर राष्ट्रिय पुस्तकालयमा नै भएको थियो ।
यस अधिवेशनमा कोषाध्यक्ष श्री खड्गजित लामाबाट आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । पुस्तकालय स्थापना भएको ८ महिनामा विभिन्न व्यक्तिहरूबाट प्राप्त सहयोगका गरी जम्मा रू. २३ लाखको सम्पत्ति आर्जन भएको छ। पुस्तकालयको अध्यक्षबाट प्रस्तुत भएअनुसार हालसम्म ७ हजार पुस्तकहरू सङ्ककलन भएका छन् जुन सामग्रीहरू In Tamang, on Tamang and by tamang पुस्तकहरू सङकलन गरिएका छन्।पुस्तकालय इन्टरनेट, प्रोजेक्टर,प्रिन्टरको व्यवस्थाका साथै पुस्तकालयमा ५ वटा ठुलाठुला पुस्तक र्याकहरू निर्माण गरी पुस्तकलाई राखिएको छ।
यस अधिवेशनमा पुस्तकालय प्रथम अध्यक्ष अमृत योञ्जन तामाङबाट पुस्तकालयको २० वर्षे दीर्घकालीन सोच प्रस्तुत गर्नु भएको थियो।जसमा पहिलो ५ वर्षको अवधिमा तामाङ राष्ट्रिय पुस्तकालयमा हालसम्म तामाङसम्बन्धी उपलब्ध पुस्तकका साथै महत्वपूर्ण दस्तावेजहरू सङकलन गरिनेछ।अध्यक्षकाअनुसार यस पुस्तकालयलाई डिजिटाइजेसन गरेर वेबसाइट तथा डिजिटल अर्काइभको माध्यमबाट संसारभरिका मानिसहरूले एक क्लिकमा पुस्तकालयको पुस्तकहरूसम्म पहुँच उपलब्ध गराउने प्रबन्ध गरिएको बताउनुभयो।साथै तामाङ भाषाको पाठ्यसामग्रीलाई त्रिभाषिक अनुवाद गर्न यान्त्रीकरण गरिन थालेकोमा काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा.बालकृष्ण बलको नेतृत्व र प्राविधिक सहयोगमा सो कार्य सम्पन्न हुने क्रममा रहेको बताउनु भयो ।
यस अधिवेशनबाट १ लाख भन्दा बढी माथि आर्थिक सहयोग गर्ने विशिष्ट व्यक्तित्वहरूलाई अधिवेशनबाट गरियो। साथै ९ जना व्यक्तिहरूसहितको सल्लाहकार समितिलाई पनि सभाबाट अनुमोदन गरियो।साथै अधिवेशनमा विभिन्न साधारण सदस्यहरूको सूचीबाट अनुमोदन गरिएको थियो।देहायअनुसारको सञ्चालक समिति गठन गरिएको छः
- अध्यक्षः अमृत योञ्जन तामाङ
- सदस्यः खड्गजीत लामा
- सदस्यःमायाडोल्मा लामा
- सदस्यःलक्ष्मी लामा
- सदस्यःईन्द्रकुमार लामा
- सदस्यः निष्णुबहादुर थिङ
- सदस्यः पेमा तामाङ
- सदस्यःछत्राकुमारी लामा
- सदस्यः पेमा छिरिङ तामाङ