रोशी गाउँपालिकाको २५  विद्यालयहरूमा कक्षा-२ सम्म तामाङ भाषा विषय पठनपाठन

रोशी गाउँपालिकाको २५  विद्यालयहरूमा कक्षा-२ सम्म तामाङ भाषा विषय पठनपाठन

रोशी गाउँपालिका काभ्रेपलाञ्चोक, २०७९ भदौ ५ गते ।

रोशी गाउँपालिकामा वि.सं.२०७७ सालबाट नेपाल तामाङ घेदुङ, भाषा आयोग र यस गाउँपालिकाको सहकार्यमा बहुभाषिक शिक्षा कार्यक्रम लागू गरिएकोमा वि.सं.२०७९ साल भदौ ५ गते गाउँपालिकाले एक छलफलसहितको समीक्षा कार्यक्रम सम्पन् भएको छ। यस अघि रोशी गाउँपालिकाका ७२ वटा विद्यालयका प्रअहरूसँग बहुभाषिक शिक्षा, स्थानीय विषय पाठ्यक्रम र तामाङ भाषा विषय बारेमा अभिमुखीकरण सम्पन्न गरिएको थियो भने तामाङ भाषा विषय शिक्षणका लागि २५ विद्यालयका तामाङ भाषा विषय शिक्षकलाई लिपिसम्बन्धी ७ दिने तालिम समेत प्रदान गरिएको थियो ।हाल २५ विद्यालयहरूमा तामाङ भाषा विषय पठनपाठन हुँदै आएको छ।

गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षता सञ्चालित यस कार्यक्रम उपाध्यक्ष ज्वालासहित विज्ञहरू डा.लोकबहादुर लोप्चन, मानवशास्त्री डा.मुक्त सिं तामाङ, लेखक दुपवाङगेल मोक्तान, तामाङ घेदुङका अन्तर्राष्ट्रिय परिषद उपाध्यक्ष टासी लामा, वडाध्यक्ष र विद्यालय प्रअ र शिक्षकहरूको उपस्थिति रहेको थियो । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले कार्यक्रमको औचित्य व्यक्त गर्दै स्वागत गर्नु भएको थियो। तत्पश्चात भाषा एवम शिक्षा डा.लोकबहादुर लोप्चनले बहुभाषिक शिक्षा र शैक्षिक रूपान्तरणको खाका प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम मानवशास्त्री मुक्त सिं तामाङलगायतका व्यक्तिहरूबाट समीक्षात्मक मन्तव्य राखेका थिए। नवनिर्वाचित अध्यक्ष दिनेश लामा र उपाध्यक्ष ज्वालाबाट सङ्घीय लोकतान्त्रिक मुलुकको समावेशिता अवधारणाअनुसार तामाङलगायत नेवार र मगर जस्ता भाषा विषय र बहुभाषिक शिक्षाको व्यवस्थापन गरी जनअपेक्षा पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भएको थियो ।

You might also like