गुइँठे कामी र गोथे कामीजस्ता गालीजन्य नामः दलितमाथिको अपमान ।
मण्डनदेउपुर नगरपालिका २०७९ साल भदौ २० गते ।
मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको साविक नयाँगाउँदेउपुर गा.वि.सं. वडा नं. ६ हाल मदेनपा वडा नं. ४ निवासी नवराज वि.क.का पिताको नाम गोथे कामी र बाजेको नाम गुइँठे कामी भेटिएको छ। निज नवराज वि.क.ले जग्गाको नामसारी गर्ने क्रममा उक्त नामहरू पिताको नागरिकता र आफ्नै नागरिकता फेला परेको हो । साथै उनले नगरपालिकामा कर तिर्ने प्रयोजनका लागि भरेको फारममा पिताको नाम जोते कामी भनेर लेखेको पाइएको थियो । अझ उनको नागरिकतामा पिताको नाम गोथो उल्लेख गरिएको छ। यसरी दलित वर्गमाथि नामकरणमै भाषिक हिंसा, अपमान र अवहेलना गरिएको दृष्टान्त यो हो । सङ्घ, प्रदेश र स्थानीय तहबाट व्यक्तिको नामकरणलाई सभ्य संस्कार र संस्कृति अनुकूल गर्न गराउन सूचित गराउन अपरिहार्य देखिन्छ । यस्ता नाम सच्याउने कार्यमा अविलम्ब सरोकारवालाहरू लाग्नुको विकल्प छैन ।