
अकाउन्टविलिटी ल्याब नेपालबाट पाँच जना इमान्दार कर्मचारीहरू सम्मानित
इन्टेग्रीटी आइकन नेपाल २०२२ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेमा सडक विभागका ईन्जििनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ कृषि अनुसन्धान अधिकृत, मोहनकृष्ण महर्जन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख रोशनी देवी कार्की, सीमा प्रशासन कार्यालय, नाम्चेमा कार्यरत शाखा अधिकृत, सुजन कुमारी बर्देवा, र जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तरगत प्रदेश अस्पताल सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह जयसवाल रहेकाछन् । निर्वाचनको समय भएकोले यस वर्षको सम्मान कार्यक्रम सिमित व्यक्तिको उपस्थितिमा सम्पन्न गरिएको थियो । १०० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रशारण हजारौं व्यक्तिले हेरेका थिए ।
पाँच जना आईकन सार्वजनिक भईसकेपछि उनिहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुकासाथै जिल्ला स्थीत सञ्जाल पनि परिचालन गरिएको थियो । सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाईटलबाट अवार्ड गरिएको थियो । जस अन्तरगत, कल्पना अधिकारी ूीभम दथ भ्हबmउभिू, मोहनकृष्ण महर्जन ूक्थmदय िया म्भमष्अबतष्यलू, रोशनी देवी कार्की ूख्यष्अभ ब्नबष्लकत क्ष्लवगकतष्अभू, सुजन कुमारी बर्देवा ूएचबअतष्अब िष्ल ब्अतष्यलू, र राजेश साह जयसवाल ून्चयगलमभम धष्तज ख्बगिभकू टाईटलबाट सम्मानित भएका थिए ।
“ईन्टेग्रिटी आईकन २०२२” बाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिदै कार्यक्रमा “ईन्टेग्रिटी आईकन २०२१” मनमाया भट्टराई पंगेनीले भन्नुभयो “हामीले सेवा प्रवाह गर्दा बोली व्यवहार र शैलीको माध्यमबाट जिम्मेवारी पुरा गर्नुपर्दछ । यसले हाम्रो व्यक्तिगत र व्यवसायिक जिवनलाई सहज र सरल बनाईदिन्छ ।”
सम्पर्कः अस्मिता शर्मा, ९८५१२०३२१९,
बकजmष्तब२बअअयगलतबदष्ष्तिथबिद।यचन