यी पालिका प्रमुखहरु जसले भाषा स्थानीय भाषा ऐन पारित गरेर कार्यान्वयनमा जुटे……………..
काठमाडौँ २०७९ साल फागुन ८ गते ।
नेपालमा सङ्घीया लागू भई स्थानीय निर्वाचनको दोस्रो कार्यकालको पहिलो वर्ष २०७९ सालसम्ममा जम्मा देशभरका ७५३ स्थानीय तहहरूमध्ये मुस्किले ४ वटा स्थानीय तहहरूमा मात्र स्थानीय भाषा ऐन पारित भई कार्यान्वयनमा गएको छ। ती स्थानीय तहहरूमा मण्डनदेरपुर नगरपालिका काभ्रेपलाञ्चोक, खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोक, खिजिदेम्बा गाउँपालिका ओखलढुङगा, हरिहरपुर गाउँपालिका सिन्धुली रहेका छन् । साथै ती गाउँपालिकाहरूमा स्थानीय प्रज्ञा प्रतिष्ठान ऐन, भाषिक तथा सांस्कृतिक सङ्ग्रहालय ऐनका साथै सरकारी कामकाजमा मातृभाषाको कार्यविधि समेत निर्माण भई कार्यान्वयनमा गएको छ।
यसअघि पनि सुर्खेत जिल्लाको चौकुना गाउँपालिकामा स्थानीय भाषा नीति पारित गरिएको थियो जुन नेपालमा भाषा नीति पारित गर्ने पहिलो स्थानीय तह बन्यो । त्यसैगरी दोस्रो स्थानीय सिन्धुली जिल्लाको मरिन गाउँपालिका रहेको थियो । खानीखोला गाउँपालिका र खिजिदेम्बा गाउँपालिकाले समेत स्थानीय भाषा नीति पारित गरेको छ। नेपालमै पहिलो पटक स्थानीय भाषा ऐन पारित गर्ने नगरपालिकामा मण्डनदेउपुर नगरपालिका रहेकोछ भने प्रथम गाउँपालिका खानीखोला गाउँपालिका बनेको छ । यसरी हालसम्म ७५३ मध्ये वटा स्थानीय तहमा मात्र भाषा, संस्कृति र कलासम्बन्धी कानुनी प्रबन्ध भई कार्यान्वयन गएको छ।
स्थानीय भाषा नीतिको मस्यौदा भाषाविद अमृत योञ्जन तामाङ, पूर्व सभाषद रामबहादुर थापा मगर र डा.लोकबहादुर लोप्चनले गर्नुभएको थियो। त्यसैगरी स्थानीय भाषा ऐनको मूल मस्यौदा डा.लोकबहादुर लोप्चन भाषा आयोगको सचिव हुँदा नमुना भाषा ऐनको मस्यौदा तयार गरिएको थियो ।यसको संयोजक भाषाविद अमृत योञ्जन तामाङसहित अधिवक्ता शंकर लिम्बु रहनु भएको थियो । त्यसैको आधारमा डा.लोकबहादुर लोप्चनले स्थानीय भाषा ऐनको मस्यौदा तयार गरी स्थानीय तहहरूलाई सहजीकरण गर्दै आउनु भएको छ। फलतः नेपालको ४ स्थानीय तहमा भाषा ऐन आइसकेको छ। जबकी कुनै पनि प्रदेश सरकार र सङ्घीय सरकार समेत भाषा ऐनको विषयमा अनविज्ञ रहेको देखिन्छ ।