बागमती प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धी ऐन पारित गरेकोमा धन्यवाद ज्ञापन कार्यक्रम हुने
काठमाडौँ ।मिति २०८०।०७।०१ गते
आज मिति २०८०।०७।०१ का दिन काठमाडौँ बौद्ध स्तुपामा दिनको ५ बजे विभिन्न १८ भन्दा बढी संस्थाहरूको उपस्थिति र संयुक्त आयोजनामा बागमती प्रदेशमा सरकारी कामकाजको भाषा ऐन पारित गरेर ऐतिहासिक कार्यक्रम गरेको आपसमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ। उक्त कार्यक्रममा बागमती प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषा ऐन पारित गर्नको लागि पहल गर्ने सम्बद्ध सबै सङ्घीय सांसद र प्रदेश सभा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम आयोजकहरूले सरकारी कामकाजको भाषामा तामाङ र नेवारी भाषा बागमती प्रदेशमा प्रयोग गर्न कानुनी प्रबन्ध भएको जनाए पनि प्रदेश नेवार र तामाङ बाहेकका अन्य भाषाहरूलाई सरकारी कामकाजमा प्रयोगका लागि निर्णय गरेर प्रदेशस्तरमा लागू गर्न सक्छ। तसर्थ, यसलाई यस प्रदेशमा रहेको सम्पूर्ण भाषिक समुदायको साझा कार्यक्रम बन्दै जाने अपेक्षा गर्न सकिन्छ । साथै स्थानीय तहमा आफ्नै सरकारी कामकाजको भाषा प्रयोग गर्न सकिने सिफारिस समेत भाषा आयोगबाट भएको छ। जसमा विशेष कार्यका लागि थप भाषाहरू समेत सिफारिस भएका छन् ।
सम्मरणीय कुरा रहेको छ भने नेपालाम जेष्ठ १८ गते कालो दिन भनेर मनाउँदै आएकोमा अब उक्त दिनलाई भाषिक खुशियालीको दिनका रूपमा मनाउने चर्चा परिचर्चा समेत हुने थालेको पाइन्छ ।